मुख्य समाचार
रोहितको प्रयास ब्यर्थ, वेस्ट इन्डिज ‘ए’ को रोमाञ्चक जित
रोहितको प्रयास ब्यर्थ, वेस्ट इन्डिज ‘ए’ को रोमाञ्चक जित

— कप्तान रोहित पौडेलले अर्को उत्कृष्ट इनिङ्स खेले पनि नेपाल आइतबार वेस्ट इन्डिज ‘ए’ विरुद्धको ट्वान्टी २० शृंखलाको दोस्रो खेलमा १० रनले पराजित भएको छ । १६१ सय रनको लक्ष्य लिएर आएको नेपालले त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा ९ विकेट गुमाई १ सय ५० रनमात्र बनाउन सक्यो ।


अन्तिम ओभरमा जितका लागि १६ रनको आवश्यक्ता भएको समयमा नेपालले ६ रनमात्र बनाउन सक्यो । अन्तिम ओभरको पहिलो बलमा १ रन लिन अस्वीकार गरेका रोहितले दोस्रो बलमा म्याथ्यु फोर्डेलाई चौका प्रहार गरे पनि दोस्रो बलमा २ रन लिन खोज्दा आकाश चन्द रनआउट भएका थिए ।



त्यसपछि आएका सागर ढकालले लेग बाईमा १ रन लिएर स्ट्राइक दिए पनि रोहितले अन्तिम दुई बलमा कुनै रन बनाएनन् । यो सँगैं वेस्ट इन्डिजको टोली शृंखला १–१ को बराबरीमा ल्यएको छ । रोहितको शतकमा नेपाले शनिबार पहिलो खेल ४ विकेटले जितेर शृंखलामा अग्रता लिएको थियो ।

रोहित ७१ रन बनाई अविजित रहे । उनले ४८ बल खेली ६ चौका र २ छक्का प्रहार गरे । नेपालको सुरुआत राम्रो थिएन् । कुशल भुर्तेलले पुनः निराश बनाए । उनी २ रनमात्र बनाई ओबेड म्याकोयको बलमा आउट भए । अनिल साहले पनि १ रनमात्र बनाउन सके । लोकेश बमले दुई छक्कासहित १७ रन बनाएपछि ‘क्रयाम्प’ भएका कारण रिटायर्ट हर्ट भएका थिए । तर पुनः आएर उनी सोहि स्कोरमा बोल्ड भए ।

कुशल मल्ल लगातार दोस्रो खेलमा रनआउट भए । शर्ट फाइन लेगमा रहेका फिल्डर केएसी कार्टीको हातमा रहेको बलमा १ रन लिन खोज्दा नन स्ट्राइकमा रहेका रोहितले फर्काइदिएपछि मल्ल रनआउट हुन पुगेका थिए ।

गुलशन झाले आफुले सामना गरेको पहिलो बलमै छक्का प्रहार गरे । उनले कुल ११ बल खेली ३ चौका र २ छक्कासहित २६ रन बनाए । आरिफ शेख १६ बलमा १२ र दीपेन्द्रसिंह ऐरी १ रनमात्र बनाई आउट भए । सोमपाल कामी ३ र आकाश चन्द ७ रनमा रनआउट भए ।

वेस्ट इन्डिज ‘ए’ बाट गुडाकेश मोटीले ४ ओभरमा २२ र म्याकोयले ४ ओभरमा २४ रन खर्चेर २–२ तथा कप्तान रोस्टन चेज र ओसाने थोम्सले १–१ विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ गरेको वेस्ट इन्डिजले १६०–७ को स्कोर बनाएको थियो । सागर ढकाल, भुर्तेल, मल्ल कसिलो बलिङ गरेपछि बलियो वेस्ट इन्डिज ‘ए’ विरुद्ध नेपालले खेल आफ्नो नियणत्रणमा राख्न सकेको थियो । अनुभवी एन्ड्रयु फ्लेचरले एउट एन्डबाट विकेट जोगाएर खेले पनि नियमीत विकेट गइरहँदा क्यारेबियन टोली ठुलो स्कोर बनाउन असफल रहयो ।

सोमपाल र आकाशले १–१ ओभर फालेपछि ल्याइएका देव्रेहाते स्पिनर सागरले पहिलो ओभरमै २ विकेट लिदैं नेपालको वर्चस्वको सुरुआत गरेका थिए । सागरले एलिक एथान्जेलाई ६ रनमा मल्लबाट क्याच आउट गराएका थिए । त्यसको दुई बलपछि उनले जोहनसन चार्ल्सलाई ११ रनमा बोल्ड गरे ।

त्यसपछि चम्किने पालो लेग स्पिनर भुर्तेलको थियो । लेग स्टम्पभन्दा निकै बाहिर पिच भएको बलमा भुर्तेलले वेस्ट इन्डिजका कप्तान चेजलाई अस्भाविक हिसाबमा बोल्ड गरे । फ्लेचरसँग तेस्रो विकेटमा ४८ रन जोडेका चेजले २२ बल खेली २ चौका र १ छक्का प्रहार गरि २३ रन बनाए । भुर्तेलले केइसी कार्टीलाई पनि १० रनमा आउट गरे ।

किमो पाल ८ रन बनाई सोमपालको बलमा बोल्ड भए । हेडन वाल्स ९ रनमा रनआउट भए । सातौं खेलाडीको रुपमा आउट भएका फ्लेचरले ३६ बल खेली ३ छक्कासहित ४३ रन बनाए । उनलाई दीपेन्द्रले आउट गरे ।

वेस्ट इन्डिजको टोलीले अन्तिम दुई ओभरमा ४१ रन जोडेको थियो । सोक्रममा दीपेन्द्रले फालेको अन्तिम ओभरमा टोलीले २२ रन जोडेको थियो । गुडाकेश मोटी ८ बलमा २ चौका र ४ छक्का प्रहार गरि ३३, म्याथ्यु फोर्ड ६ बलमा ११ रन बनाई अविजित रहे ।

सागरले ४ ओभरमा १९ र भुर्तेलले ४ ओभरमा २२ रन खर्चेर २–२ विकेट लिए । मल्लले ४ ओभरमा २३ रनमात्र खर्चेका थिए । दीपेन्द्रले ३ ओभरमा ३९ रन खर्चेर १ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। ओमानमा जारी आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटअन्तर्गत समूह बी को खेलमा आज नेपाल र जापान खेल्दै छन् । ओमानको अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमी टर्फ १ मा हुने खेल नेपाली समयअनुसार अपराह्न ४:१५ बजेदेखि सुरु हुनेछ । नेपाल र जापान दुवैले आ-आफ्नो पहिलो खेल जितेका छन् । दुवै टोलीले कुवेतलाई हराएर सुपर ...
। मलेसियासँगको टी-२०आई शृंखला जितेको नेपाली महिला क्रिकेट टोली स्वदेश फर्किएको छ । महिला टोली बिहीबार राति स्वदेश आइपुगेको हो । बुधबार विहान सम्पन्न पाँचौं तथा निर्णायक खेलमा नेपालले मलेसियालाई ५ विकेटले हराउँदै ५ खेलको शृंखला ३-२ ले जितेको थियो । नेपाल पहिलो खेलमा ३ रनले पराजित भएको थियो भने दोस्रो खेलमा ६ विकेटको जित निकालेको थियो ...
। एएफसी एसियन कप छनोटको तेस्रो चरणमा सुरुवाती दुई खेलमा अंक जोड्न नसकेको नेपालले तेस्रो खेलमा भियतनामविरुद्ध अंक जोड्ने लक्ष्य राखेको छ । नेपाली टोलीका मुख्य प्रशिक्षक म्याट रसले भियतनामविरुद्ध ३ अंककै लागि खेल्ने महत्वकांक्षा राखेका छन् । समूह एफ मा रहेका नेपाल र भियतनाम आज साँझ ६:१५ बजे प्रतिस्पर्धामा उत्रँदै छन् । त्यसको अगाडि बुधबार भएको ...
: आइसीसी टी-२० विश्वकप एसिया तथा पूर्वी एसिया प्यासिफिक क्षेत्र छनोटअन्तर्गत पहिलो खेलमा नेपालले कुवेतलाई ५८ रनले हराएको छ। समूह ‘बी’मा रहेको नेपालले पहिलो खेलमा कुवेतलाई फराकिलो अन्तरले हराएको हो। ओमानको अल अमिरत क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४१ रन बनाएको थियो। १४२ रनको विजयी लक्ष्य पछ्याएको ...
: आईसीसी टीट्वेन्टी विश्वकपअन्तर्गत एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटको खेल बुधबारबाट सुरु हुँदा नेपालको नजर तेस्रो विश्वकपमा केन्द्रित रहने छ। सन् २०२६ मा छिमेकी मुलुक भारत र श्रीलंकामा आयोजना हुने आईसीसी टीट्वेन्टी विश्वकपमा छनोट हुने लक्ष्यसहित नेपाली राष्ट्रिय क्रिकेट टोलीले ओमानमा विशेष तयारी गरिरहेको छ। आईसीसी टीट्वेन्टी विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटको समूह ...