मुख्य समाचार
‘म्याड म्याक्स’देखि ‘ब्याक टु ब्ल्याक’सम्म : मेमा आउँदैछन् ११ हलिउड फिल्म
‘म्याड म्याक्स’देखि ‘ब्याक टु ब्ल्याक’सम्म : मेमा आउँदैछन् ११ हलिउड फिल्म

। बुधबारदेखि अंग्रेजी नयाँ महिना मे १ सुरु हुँदैछ । क्यालेन्डरको पात्रो बदलिनुमात्र हैन, उक्त महिनामा केही प्रतीक्षित हलिउड फिल्म पनि रिलिज र स्ट्रिमिङ तयारीमा छन् ।

मे महिनामा प्रतीक्षित हलिउड फिल्म ‘म्याड म्याक्स’को नयाँ सिक्वेलदेखि जेरी सेनफिल्डको कमेडी फिल्म ‘पप टार्ट्’सम्म रिलिज हुँदैछन् । बीबीसी कल्चरले मे महिनामा आउन लागेका केही प्रतीक्षित अंग्रेजी फिल्मको सूची तयार पारेको छ ।


इफ

यो फिल्मलाई जोन क्रासिन्स्कीले लेखन तथा निर्देशन गरेका हुन् । यो कमेडी र पारिवारिक फिल्ममा रायन रिनोल्ड्स र काइली फ्लेमिङको शीर्ष भूमिका छ । यो फिल्मले बालबालिका र उनीहरुको काल्पनिक साथीको कथा भन्छ । यो फिल्म १७ मेमा आउँदैछ ।


रोबर्ट ड्रिम्स

सारा वरोनको ग्राफिक उपन्यासबाट रूपान्तरित पाब्लो बर्गरको ओस्कारमा मनोनित स्पेनिस–फ्रान्सेली कार्टुनले सन् १९८० को न्यूयोर्कमा एक्लै बस्ने कुकुर नामको कुकुरको रमाइलो कथा बताउँछ । यो फिल्म ९ मेमा रिलिज हुनेछ ।

द गारफिल्ड मूभी

मार्क डिन्डल (द एम्परर्स न्यू ग्रुभ)द्वारा निर्देशित, गारफिल्ड फिल्म एक एक्सन-प्याक कार्टुन हो । क्रिस प्र्याटले गारफिल्डमा आवाज दिएका छन् । यसअघि उनले द लेगो फिल्म र सुपर मारियो ब्रदर्स फिल्मका मुख्य पात्रमा पनि आवाज दिएका छन् । यो फिल्म मे २४ मा रिलिज हुँदैछ ।

ब्याक टु ब्ल्याक

एमी वाइनहाउस आफ्नो पुस्ताको सबैभन्दा महत्वपूर्ण गायक-गीतकारमध्ये एक थिइन्, तर सन् २०११ मा उनको २७ वर्षको उमेरमा मृत्यु भयो । उनीबारेको यो फिल्म १७ मेमा रिलिज हुँदैछ ।



द फल गाइ

सन् १९८० को टेलिभिजन शृंखलामा आधारित र डेभिड लेच (एटोमिक ब्लोन्ड, डेडपूल २)द्वारा निर्देशित यो फिल्मले गोस्लिङलाई कोल्ट सीभर्सको रूपमा प्रस्तुत गर्दछ, एक स्टन्टम्यान जसलाई उनको पूर्व (ब्लन्ट) द्वारा भर्ती गरिन्छ । जब एक चलचित्र स्टार (आरोन टेलर–जोनसन)बेपत्ता हुन्छन्, उनलाई खोज्ने जिम्मेवारी गोस्लिङको पात्रसामु आइपर्छ । यो फिल्म ३ मेमा रिलिज हुँदैछ ।

अनफ्रस्टेड

साँचो कथासँग लगभग कुनै सम्बन्ध नभएको एक रमाइलो प्यारोडिक कमेडी ‘अनफ्रोस्टेड’ जेरी सेनफेल्डद्वारा निर्देशित र सह–लेखन गरिएको फिल्म हो ।

फ्युरिओस : अ म्याड म्याक्स सागा

पहिलो ‘म्याड म्याक्स’ फिल्म रिलिज भएको ४५ वर्ष भइसक्यो । सन् २०१५ मा जर्ज मिलरले २०१५ को ‘म्याड म्याक्स ः फ्युरी रोड’मा पोस्ट–एपोक्यालिप्टिक शृंखलालाई जीवन दिएका थिए । ७९ वर्षीय निर्देशकको काम अझै सकिएको छैन । यो फिल्म उनको पछिल्लो फिल्म फ्युरी रोडको प्रिक्वेल हो जसमा अन्या टेलरलाई शीर्ष पात्रमा कास्ट गरिएको छ । यो फिल्म मे २४ मा रिलिज हुँदैछ ।

किड्न्याप्ड

मार्को बेलोचियोको यो पिरियड ड्रामा फिल्मले सन् १८५८ को बोलोग्नामा एक रात अधिकारीले आफ्नो घरबाट लुटेका ६ वर्षीय यहूदी केटा एडगार्डो मोर्टाराको डरलाग्दो सत्य कथा बताउँछ । यो फिल्म २४ मेमा रिलिज हुँदैछ ।

एज्रा

टोनी गोल्डविनद्वारा निर्देशित यो कमेडी ड्रामामा बबी क्यानाभेलले दुर्लभ प्रमुख भूमिका निर्वाह गरेका छन् । यो फिल्ममा क्यानाभेलले न्यूजर्सी स्ट्यान्ड–अप कमेडियनको भूमिका निर्वाह गरेका छन् । यो फिल्म ३१ मेमा रिलिज हुँदैछ ।

किङ्डम अफ द प्लानेट अफ द एप्स

वेस बलद्वारा निर्देशित यो नयाँ सिक्वेलमा बौद्धिक चिम्पान्स र ओराङ्गुटानले ३०० वर्षसम्म पृथ्वीमा शासन गरेका छन् र बोल्न सक्ने मानिस दुर्लभ छन् । यो फिल्म मे ९ मा रिलिज हुँदैछ ।

द बिज ब्यायज

यो फिल्म डिज्नीमा स्ट्रिम हुनेछ । क्यालिफोर्नियाका तीन सांगीतिक भाईहरु ब्रायन, कार्लन र डेनिस विल्सनले स्थापित गरेको ब्याण्ड बिटल्सबारे यो डकुमेन्ट्रीको कथा आधारित छ । यो नयाँ श्रृंखला २४ मेमा डिज्नी प्लसमा स्ट्रिमिङ हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। ग्लोबल युट्युब स्टार मिस्टर बिस्ट (जिमी डोनाल्डसन)ले तीन बलिउड खान सुपरस्टारहरू शाहरुख, सलमान र आमिरलाई भेटेका छन् । उनले इन्स्टाग्राम स्टोरीमा यो फोटो पोस्ट गरेसँगै इन्टरनेटमा आँधी ल्याएको छ । बलिउडले पनि यो फोटोमाथि प्रतिक्रिया दिएको छ । मिस्टरबिस्टले इन्स्टाग्राम स्टोरीमा सेयर गरेको भाइरल तस्वीर अक्टोबर १६ मा साउदी अरेबियाको रियादमा भएको जोय फोरम २०२५ मा ...
। टेलर स्विफ्टको नयाँ एल्बम ‘द लाइफ अफ अ शोगर्ल’ ले बिलबोर्डको रेकर्ड तोड्दै शीर्ष स्थानमा कब्जा जमाएको छ । चार्ट कम्पनीका अनुसार स्विफ्टको १५ औं एल्बमले ४.००२ मिलियन बराबरका एल्बम युनिट्स (शुद्ध एल्बम बिक्री र स्ट्रिमहरूसहित) सँग डेब्यू गरेको थियो, जुन आधुनिक युगमा अहिलेसम्मकै उच्च संख्या हो । बिलबोर्डका अनुसार, ‘द लाइफ अफ अ शोगर्ल’ले ३४ ...
। अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) ग्लोबल समितिको छैठौं महाधिवेशन २९ असोज (अक्टोबर १५) मा काठमाडौंमा आयोजना हुने भएको छ । धुम्बाराहीस्थित होटल स्मार्टमा आयोजना हुने महाधिवेशन समारोहमा सहभागी हुन विभिन्न मुलुकमा रहेका पदाधिकारी काठमाठौंमा पुगेका छन् । नेपालमा देखिएको असहज परिस्थिति र अन्य कारणले गर्दा अधिवेशनसँगै आयोजना गर्ने भनिएको सांस्कृतिक तथा सम्मान कार्यक्रम यसअघि नै स्थगित ...
। ऋषभ सेट्ठी स्टारर कन्नाडा फिल्म ‘कान्तारा च्याप्टर १’ले भारतीय बक्सअफिसमा उछाल ल्याएको छ । यो फिल्मले भारतीय बक्सअफिसमा केही कीर्तिमान रचेको जनाइएको छ । फिल्मले प्रदर्शनको पहिलो साता विश्वब्यापी ४०० करोड भारु कमाइ गरेको एनडीटीभीले जनाएको छ । फिल्मले पहिलो साता भारतमा मात्र ३७९ करोड भारु (४२ मिलियन अमेरिकी डलर र विदेशबाट ८ मिलियन डलर ...
: ६० करोड ठगीको आरोप लागेकी बलिउड अभिनेत्री शिल्पा शेट्टीसँग घन्टौं बयान लिइएको छ। मुम्बई प्रहरीको आर्थिक अपराध शाखाले शिल्पासँग करिब पाँच घण्टा बयान लिएको भारतीय मिडियाले समाचार प्रकाशित गरेका छन्। बयान उनकै घरमा लिएको प्रहरीले जनाएको छ। शिल्पाका पति तथा व्यवसायी राज कुन्द्रलाई पनि सोही मुद्दामा आरोपित बनाइएको छ। उनको पनि दुईपटक बयान ...