— कोलकाता नाइटराइडर्सले आईपीएलको अंकतालिकाको दोस्रो स्थानमा सोमबार आफ्नो पकड अझ बलियो बनाएको छ । इडेन गार्डेनमा भएको खेलमा कोलकाताले दिल्ली क्यापिटल्सलाई सजिलै सात विकेटले हरायो ।
कोलकाता २१ बलको खेल बाँकी छँदै जितसम्म पुगेको थियो । जितका लागि १ सय ५४ रनको लक्ष्य पाएको कोलकाताले १६.३ ओभरमा तीन विकेट गुमाएर १ सय ५७ रन बनायो । त्यसमा ओपनर फिल साल्टले ३३ बलमा ६८ रन बनाए ।
त्यसअगाडि दिल्लीले पहिले ब्याटिङ गर्दै ९ विकेटको क्षतिमा १ सय ५३ रन बनाएको थियो । ‘प्लेयर द म्याच’ वरुण चक्रवर्तीले १६ रन मात्र दिएर तीन विकेट लिएपछि दिल्लीले खुलेर रन बटुल्न सकेन । कोलकाता १२ अंकमा दोस्रो स्थानमा छ भने दिल्लीको १० अंक छ ।
पहिलो स्थानमा रहेको राजस्थान रोयल्सको भने १६ अंक छ । राजस्थानले खेलेका ९ खेलमध्ये एकमा मात्र हार बेहोरेको छ ।