मुख्य समाचार
बेलायत जाने नेपाली फुटबल टोलीको बिदाइ
बेलायत जाने नेपाली फुटबल टोलीको बिदाइ

— इंग्ल्यान्ड जान लागेको नेपाली फुटबल टोलीलाई सोमबार बिदाइ गरिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकज नेम्बाङसहित नेपालका लागि बेलायतका राजदूत रोब फेनले टोलीको बिदाइ गरेका थिए । नेपाली फुटबल टोली मंगलबार त्यसतर्फ जाने कार्यक्रम छ ।

नेपाली राष्ट्रिय टोलीले इंग्ल्यान्डको ‘सी’ टोलीसँग मे ६ अल्डरसटमा मैत्रीपूर्ण खेल खेल्ने कार्यक्रम छ । त्यसअघि मे ३ मा ब्रिटिस आर्मी च्याम्पियन टोलीसँग खेल्ने छ । नेपाली राष्ट्रिय टोली पहिलो पटक बेलायती भूमिमा गएर खेल्न लागेको हो ।



अल्डरसट टाउन एफसीले एन्फा र फुटबल एसोसिएसन (एफए) सँगको सहकार्यमा नेपाली टोलीलाई लन्डन बोलाएर खेलाउन लागेको हो । ८ हजार दर्शक क्षमताको अल्डरसटको मैदान इबीबीमा मे ६ मा नेपालको मुख्य खेल हुनेछ । अल्डरसट नेपालीको बाक्लो उपस्थिति रहेको क्षेत्र हो ।

प्रमुख रक्षक अनन्त तामाङ भने चोटका कारण लन्डन जाने छैनन् । किरण चेम्जोङको कप्तानीमा टोलीमा अभिषेक बराल, विशाल सुनार, छिरिङ लामा, सनिश श्रेष्ठ, अभिषेक लिम्बू, विशाल बस्नेत, विमल पाण्डे, सौभाग्य राई, योगेश गुरुङ, रोहित चन्द, फत्तेमान घले, मणिकुमार लामा, भरत खवास, उत्सव राई, मनीष डाँगी, लाकेन लिम्बू, दिनेश हेन्जन, अञ्जन विष्ट, जिलेस्पीजंग कार्की, हिसुब थपलिया, समीर तामाङ र सन्जीव विष्ट छन् ।

टोलीको मुख्य प्रशिक्षकमा भिन्सेन्जो अल्बर्टो एनिस, प्रवेश कटुवाल (प्रशिक्षक), विनोद महर्जन (गोलकिपिङ प्रशिक्षक), लोकेन्द्र कुँवर (फिजियो), मनीष जोशी (हेड अफ डेलिगेसन), पुरुषोत्तम थापा (अफिसियल), उत्तम भण्डारी (व्यवस्थापक) रहेका छन् ।

एन्फा अध्यक्ष नेम्बाङले पूर्व अध्यक्ष कर्माछिरिङ शेर्पाको पालामा यसको पहल भए पनि कोभिड–१९ का कारण नेपाली टोलीको इंग्ल्यान्ड यात्रा ढिलो भएको जनाए । उनले नेपालको बेलायतसँगको पुरानो सम्बन्ध रहेको र फुटबलले यसलाई अझ बृहत बनाउने अपेक्षा लिएको जनाए । बेलायती राजदूत फेनले नेपाली फुटबल टोलीको इंग्ल्यान्ड यात्राले दुई देशको सम्बन्ध अझै प्रगाढ बनाउने विश्वास लिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। ओमानमा जारी आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटअन्तर्गत समूह बी को खेलमा आज नेपाल र जापान खेल्दै छन् । ओमानको अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमी टर्फ १ मा हुने खेल नेपाली समयअनुसार अपराह्न ४:१५ बजेदेखि सुरु हुनेछ । नेपाल र जापान दुवैले आ-आफ्नो पहिलो खेल जितेका छन् । दुवै टोलीले कुवेतलाई हराएर सुपर ...
। मलेसियासँगको टी-२०आई शृंखला जितेको नेपाली महिला क्रिकेट टोली स्वदेश फर्किएको छ । महिला टोली बिहीबार राति स्वदेश आइपुगेको हो । बुधबार विहान सम्पन्न पाँचौं तथा निर्णायक खेलमा नेपालले मलेसियालाई ५ विकेटले हराउँदै ५ खेलको शृंखला ३-२ ले जितेको थियो । नेपाल पहिलो खेलमा ३ रनले पराजित भएको थियो भने दोस्रो खेलमा ६ विकेटको जित निकालेको थियो ...
। एएफसी एसियन कप छनोटको तेस्रो चरणमा सुरुवाती दुई खेलमा अंक जोड्न नसकेको नेपालले तेस्रो खेलमा भियतनामविरुद्ध अंक जोड्ने लक्ष्य राखेको छ । नेपाली टोलीका मुख्य प्रशिक्षक म्याट रसले भियतनामविरुद्ध ३ अंककै लागि खेल्ने महत्वकांक्षा राखेका छन् । समूह एफ मा रहेका नेपाल र भियतनाम आज साँझ ६:१५ बजे प्रतिस्पर्धामा उत्रँदै छन् । त्यसको अगाडि बुधबार भएको ...
: आइसीसी टी-२० विश्वकप एसिया तथा पूर्वी एसिया प्यासिफिक क्षेत्र छनोटअन्तर्गत पहिलो खेलमा नेपालले कुवेतलाई ५८ रनले हराएको छ। समूह ‘बी’मा रहेको नेपालले पहिलो खेलमा कुवेतलाई फराकिलो अन्तरले हराएको हो। ओमानको अल अमिरत क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४१ रन बनाएको थियो। १४२ रनको विजयी लक्ष्य पछ्याएको ...
: आईसीसी टीट्वेन्टी विश्वकपअन्तर्गत एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटको खेल बुधबारबाट सुरु हुँदा नेपालको नजर तेस्रो विश्वकपमा केन्द्रित रहने छ। सन् २०२६ मा छिमेकी मुलुक भारत र श्रीलंकामा आयोजना हुने आईसीसी टीट्वेन्टी विश्वकपमा छनोट हुने लक्ष्यसहित नेपाली राष्ट्रिय क्रिकेट टोलीले ओमानमा विशेष तयारी गरिरहेको छ। आईसीसी टीट्वेन्टी विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटको समूह ...