मुख्य समाचार
श्रीलंकामा जन्मदर घट्यो, मृत्युदरमा वृद्धि
श्रीलंकामा जन्मदर घट्यो, मृत्युदरमा वृद्धि

: श्रीलंकाको जन्मदरमा ब्यापक गिरावट आएको छ। सन् २०२० देखि श्रीलंकाको जन्मदर निरन्तर घटिरहेको एजेन्सीहरूले उल्लेख गरेका छन्।

श्रीलंकाका रजिस्ट्रार जनरल विभागका एक वरिष्ठ अधिकारीका अनुसार जन्मदरमा गिरावट आउनुको साथै मृत्युदर बढेको हो।
वरिष्ठ डेपुटी रजिस्ट्रार जनरल, महान्यायाधिवक्ता लक्षिका गणपोलाले सन् २०२० अघि वार्षिक जन्मदर तीन लाख २५ हजार रहे पनि हालः सन् २०२३ मा घटेर दुई लाख ८० हजार पुगेको बताए।


उनले वार्षिक मृत्यु बढेर एक लाख ८० हजार पुगेको बताए। सन् २०२० अघि यो संख्या एक लाख ४० हजार थियो। यो प्रवृत्तिले श्रीलंकाको जनसंख्या वृद्धिमा प्रतिकूल असर पार्ने उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: गाजा शहरबाट प्यालेस्टिनीहरूको पलायन जारी छ। एक दिनअघि इजरायलले गाजा सहर कब्जा गर्ने उद्देश्यले आक्रमण सुरु गरेको घोषणा गरेपछि हजारौँ प्यालेस्टिनीहरूले सहर छोड्न थालेका छन्। रातभर बमबारीका बीचमा गाजामा हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले तीन अलग–अलग आक्रमणमा बाल अस्पताललाई लक्षित गरिएको बताएको छ। मन्त्रालयका अनुसार अस्पतालका आधा बिरामी र उनीहरूका परिवार भाग्न बाध्य भएका ...
: भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको जन्मदिनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फोन गरेर शुभकामना दिएका छन्। भारतीय प्रधानमन्त्री मोदीलाई फोनबाट शुभकामना दिएको ट्र्म्पले जानकारी दिएका छन्। उनले सोही क्रममा रुस र युक्रेन युद्धबारे पनि आफूहरूबिच छलफल भएको बताएका छन्। ट्रम्पले ट्रुथ सोसलमा पोस्ट गर्दै भनेका छन्,'मेरो साथी प्रधानमन्त्री नरेन्द्र मोदीसँग फोनमा धेरै राम्रो कुराकानी भयो। मैले ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो सम्पत्तिबारे अष्ट्रेलियाका पत्रकारले सोधेको प्रश्नको कडा जफा दिएका छन्। एक अष्ट्रेलियाका पत्रकारले राष्ट्रपति ट्रम्पलाई राष्ट्रपतिको कार्यकाल सुरू भएदेखि तपाईं कति धनी भन्दै प्रश्न गरेका थिए। त्यसको जवाफमा ट्रम्पले प्रश्नले नै अष्ट्रेलियालाई ठूलो चोट पु्र्‍याएको प्रतिक्रिया दिएका छन्। उनले भने,'मेरो विचारमा तपाईं अहिले अष्ट्रेलियालाई धेरै क्षति पुर्‍याइरहनु भएको छ।' अष्ट्रेलियाका ब्रोडकास्टिङ ...
: अमेरिकी सेनाले अन्तर्राष्ट्रिय पानी सीमामा भेनेजु्एलाको लागुऔषध बोकेको डुंगामा आक्रमण गरी ध्वस्त बनाएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकातर्फ गइरहेको उक्त डुंगा आक्रमण गरी ध्वस्त बनाएको बताएका छन्। ट्रमका अनुसार उक्त घटनामा तीनजनाको मृत्यु भएको छ। उनले यो कारवाही 'हिंसक लागुऔषध तस्करी गिरोह'विरुद्ध भएको दावी गरेका छन्। यद्दपि उनले डुंगामा लागुऔषध रहेको कुनै प्रमाण दिएका ...
: कतारले गाजाको नियन्त्रण कब्जा गर्न इजरायलको स्थल कारबाहीको निन्दा गरेको छ। कतारको विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै गाजाको यो अभियानलाई भ्रातृ प्यालेस्टिनी जनता विरुद्धको युद्धको कार्य र नरसंहारको विस्तारको रुपमा लिएको जनाएको छ। 'इजरायलले गाजाको नियन्त्रण कब्जा गर्न सुरू गरेको ठूलो मात्रामा स्थल आक्रमणको कतारले कडा निन्दा गर्दछ। कतारले यसलाई भ्रातृ प्यालेस्टिनी जनता विरुद्धको ...