मुख्य समाचार
कांग्रेस नेता राहुल गान्धी उत्तर प्रदेशको रायबरेलीबाट पनि उम्मेदवार बन्दै
कांग्रेस नेता राहुल गान्धी उत्तर प्रदेशको रायबरेलीबाट पनि उम्मेदवार बन्दै

— भारतीय राष्ट्रिय कांग्रेसका नेता राहुल गान्धी उत्तर प्रदेशको रायबरेली लोकसभा सिटबाट समेत उम्मेदवार बन्ने भएका छन् । राहुलले यसअघि केरलको वायनाड लोकसभा क्षेत्रबाट आफ्नो उम्मेदवारी दर्ता गराइसकेका छन् ।



उत्तर प्रदेशका रायबरेली र अमेठी निकै चासोका साथ हेरिएका क्षेत्र हुन् । शुक्रबार बसेको कांग्रेसको केन्द्रीय चुनाव समिति बैठकले रायबरेलीमा राहुल गान्धी र अमेठीमा किशोरीलाल शर्मालाई उम्मेदवार बनाउने निर्णय गरेको पार्टीका महासचिव केसी वेणुगोपालले जनाएका छन् ।


राहुल गान्धी पहिलो पटक रायबरेलीबाट उम्मेदवार बन्न लागेका हुन् । यसअघि उनी उत्तर प्रदेशको अमेठीबाट ३ पटक सांसद बनेका थिए । पछिल्लो पटक सन् २०१९ मा भने उनले अमेठीमा हार बेहोरेका थिए । २००४,२००९ र २०१४ मा अमेठीबाट जित हात पारेका राहुललाई भारतीय जनता पार्टीकी नेता स्मृति इरानीले ५५ हजार मतान्तरले हराएकी थिइन् । राहुलचष केरलको वायनाडबाट भने विजयी भएका थिए । यसपटक पनि भाजपाले अमेठीमा स्मृति इरानीलाई नै उम्मेदवार बनाएको छ ।

अमेठी यस्तो क्षेत्र हो जहाँ वर्षौंदेखि गान्धी परिवारका सदस्य चुनाव लड्दै आएका छन् । सन् १९९९ पछि पहिलो पटक अमेठीमा गान्धी परिवारबाहिरबाट कांग्रेसले उम्मेदवार बनाएको छ । किशोरीलाल करिब ४ दशकदेखि कांग्रेसमा आबद्ध छन् । एनडीटीभीका अनुसार शर्मा गान्धी परिवारको अत्यन्तै निकट व्यक्ति हुन् । उनी पूर्वप्रधानमन्त्री राजीव गान्धीका करिबीसमेत मानिन्थे । सन् १९९९ मा सोनिया गान्धीलाई अमेठीमा जिताउन उनको महत्त्वपूर्ण भूमिका रहेको थियो ।

रायबरेली क्षेत्रमा भने सोनिया गान्धी सन् २००४ यता लगातार जित्दै आएकी छिन् । यसपटक उक्त क्षेत्रमा कांग्रेसले प्रियंका गान्धीलाई उठाउने अनुमान गरिएको थियो । तर कांग्रेसले उक्त क्षेत्रमा राहुललाई नै उम्मेदवार बनाएको हो । सन् २०१९ मा सोनियाले रायबरेलीमा भाजपाका दिनेशप्रताप सिंहलाई १ लाख ६७ हजार मतान्तरले हराएकी थिइन् । भाजपाले यस पटक पनि सिंहलाई नै उम्मेदवार बनाएको छ ।

सिंहले सोनियासँगको मतान्तर घटाएको भन्दै भाजपाले टिकट दिएको हो । त्यसअघि सोनिया फराकिलो मतान्तरसहित विजयी हुँदै आएकी थिइन् । सन् २०१४ को चुनावमा सोनियाले ३ लाख ५२ हजार मतान्तरले भाजपा उम्मेदवार अजय अग्रवाललाई हराएकी थिइन् । अमेठी र रायबरेलीमा ५औं चरणअन्तर्गत आगामी मे २० मा मतदान हुँदै छ ।

भारतमा १८औं लोकसभा चुनावअन्तर्गत २ चरणका मतदान भइसकेका छन् । तेस्रो चरणअन्तर्गत मे ७ मा १२ राज्यका ९४ क्षेत्रमा मतदान हुँदैछ । २५ मेमा छैटौं र जुन १ मा अन्तिम चरणको मतदान सम्पन्न भएपछि जुन ४ मा मतगणना हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। चीनले स्वदेशमै विकास गरेको हाइड्रोजन इन्धनमा चल्ने ड्रोनले ३० घण्टा लगातार उडान भरेर नयाँ कीर्तिमान कायम गरेको छ । यो जानकारी चीनको हवाइ उद्योग निगम (एभीआईसी) ले दिएको हो । झण्डै ५० किलो तौल वर्गको यो ड्रोन एभीआईसी अन्तर्गतको चेङ्दु एअरक्राफ्ट उद्योग समूह र चिनियाँ प्रतिष्ठित छिङह्वा विश्वविद्यालयले संयुक्त रूपमा विकास गरेका हुन् । हाइड्रोजनको विशेष ...
: डोमिनिकन रिपब्लिकको राजधानी सान्टो डोमिङ्गोमा रहेको एक नाइटक्लबको छत भत्किँदा मृत्यु हुनेको संख्या १८४ पुगेको छ। यस दुर्घटनामा यस देशका धेरै प्रमुख व्यक्तित्वहरूले ज्यान गुमाएका छन्। ४८ घण्टाभन्दा बढी समय बितिसक्दा पनि घटनास्थलमा उद्धार कार्य जारी छ। ७ अप्रिलको राति 'जेट सेट नाइटक्लब' को छत भत्किँदा यो दुर्घटना भएको हो। यस समयमा प्रसिद्ध गायक रबी ...
। चीनले आफ्नो देशमा प्रवेश गर्न अनुमति दिइएका अमेरिकी फिल्मको संख्या घटाउने भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार चिनियाँ उत्पादनहरूमा कर बढाएर १२५% पुर्‍याएको केही समयपछि नै चाइना फिल्म एडमिनिस्ट्रेसनले यो कदमको घोषणा गरेको हो । ‘चीनमा करलाई गलतरुपमा प्रयोग गर्ने अमेरिकी सरकारको गलत कार्यले अमेरिकी फिल्महरूप्रति घरेलु दर्शकको पहुँचलाई अझै कम गर्नेछ’ चाइना ...
। अमेरिकाले चीनमाथि लगाइने भन्सार शुल्क १२५ प्रतिशतबाट बढाएर १४५ प्रतिशत पुर्‍याएको छ। ह्वाइट हाउसले अमेरिका भित्रिने चिनियाँ सामानहरूमा अब कुल १४५ प्रतिशत भन्सार शुल्क लागू हुने बताएको छ । बुधबार राष्ट्रपति डोनाल्ड ट्रम्पले भन्सार शुल्क बढाएर १२५ प्रतिशत पुर्‍याउने घोषणा गरेका थिए। तर अमेरिकी प्रशासनले अघिल्लो घोषणा गर्दा पहिले नै लागू २० प्रतिशत भन्सार शुल्कलाई गणनामा ...
। अमेरिकाको म्यानहाटन नजिकको हडसन नदीमा एक हेलिकोप्टर दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार सबै ६ जनाको ज्यान गएको छ। एसोसिएटेड प्रेस (एपी) का अनुसार बिहीबार दुर्घटनापछि लोअर म्यानहाटन र जर्सी सिटीको बीच पर्ने नदीको दुवै किनारमा आपतकालीन उद्धार कार्य सञ्चालन गरिएको थियो। न्युयोर्क सिटीका मेयर एरिक एडम्सले जानकारी दिँदै भने, ‘दुर्घटनामा स्पेनबाट आएको एक परिवार र पाइलटसहित तीन ...