— भिनिसियस जुनियरले गरेको दुई गोलको मद्दतले रियल म्याड्रिडले मंगलबार युरोपेली च्याम्पियन्स लिग सेमिफाइनल पहिलो लेगमा बायर्न म्युनिकलाई २–२ को बराबरीमा रोकेको छ ।
रियलले २४ औं मिनेटमा भिनिसियको गोलले २४ औं मिनेटमा अग्रता लिएपछि बायर्नले दुई गोल गरेको हो । त्यसमा लिरोय सेन र ह्यारी केनले गोल गरेका थिए । केनले पेनाल्टीबाट गोल गरेका हुन् ।
खेलको ८३ औं मिनेटमा भिनिसियले पनि पेनाल्टीबाट नै गोल फर्काए । यो नतिजाले टाई बराबरीको स्थितिमा रह्यो । अब म्याड्रिडमा दोस्रो लेगको खेल हुनेछ । यो खेल मे ८ मा हुनेछ ।