मुख्य समाचार
अन्तिम खेलमा नेपालले वेस्ट इन्डिज एलाई ६ विकेटले हरायो
अन्तिम खेलमा नेपालले वेस्ट इन्डिज एलाई ६ विकेटले हरायो

: अन्तिम खेलमा नेपालले वेस्ट इन्डिज एलाई ६ विकेटले पराजित गरेको छ। कुशल मल्लले आक्रामक ब्याटिङ गरेपछि वेस्ट इन्डिज एले दिएको १७३ रनको लक्ष्य नेपालले ७ बल अगावै पूरा गर्‍यो। मल्लले १८ बलमा ३ चौका र ३ छक्का प्रहार गरे। उनले १९औं भरमा लगातार बाउन्ड्री प्रहार गरेका थिए।


नेपाललाई जित दिलाउन अनिल साह र आसिफ शेखले अर्धशतक प्रहार गरे। अनिलले ४५ बलमा ४ चौका र ४ छक्का प्रहार गरे भने आसिफले ३५ बलमा २ चौका र ५ छक्का प्रहार गरे।

त्यस्तै ओपनर कुशल भुर्तेलले १३ रन बनाएर पेभेलियन फर्किँदा दीपेन्द्र सिंह ऐरीले ५ रन बनाए आउछ भए। रौहित पौडेल क्रिज आए पनि एक बल पनि खेल्न पाएनन्।


यसअघि टस जितेर ब्याटिङ गरेको वेस्ट इन्डिज एले निर्धारित ओभरमा ७ विकेटको क्षतिमा १७२ रन बनाएको थियो। वेस्ट इन्डिज एका लागि कप्तान रोस्टन चेजले ३३ रन,जोनसन चार्ल्सले २४ रन, म्याथ्यु फर्डले २३ रन, कडिम अलेइन र मार्क डेयालले ११/११ रन, फाबिएन एलेनले ३ रन र गुडाकेश मोतीले १ रनको योगदान गरे।

उपकप्तान एलिक अथान्जेले सर्वाधिक ४२ रन र हेडन वाल्सले ७ रन बनाएर अविजित रहे। नेपालका लागि सागर ढकाल र सोमपाल कामीले ३/३ विकेट र अविनाश बोहोराले १ विकेट लिए।

वेस्ट इन्डिज एले यसअघि नै नेपालविरुद्धको सिरिज आफ्नो पक्षमा पारेको थियो। पहिलो खेल पराजित भएको वेस्ट इन्डिज एले लगातार तीन खेल जितेर सिरिज जितेको थियो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। थाइल्याण्डमा हुने एएफसी यू-१७ महिला एसियन कप छनोट खेल्न जाने नेपाली टोलीको बिदाइ गरिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले शुक्रबार एन्फा कम्प्लेक्समा एक कार्यक्रम गरी नेपाली टोलीको बिदाइ गरेको हो । एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङसहित पदाधिकारीहरूले टोलीको बिदाइ गरे । प्रतियोगिता अक्टोबर १३ देखि १७ सम्म हुँदैछ । नेपालले छनोट प्रतियोगितामा आयोजक थाइल्याण्ड र ...
। ओमानमा जारी आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटअन्तर्गत समूह बी को खेलमा आज नेपाल र जापान खेल्दै छन् । ओमानको अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमी टर्फ १ मा हुने खेल नेपाली समयअनुसार अपराह्न ४:१५ बजेदेखि सुरु हुनेछ । नेपाल र जापान दुवैले आ-आफ्नो पहिलो खेल जितेका छन् । दुवै टोलीले कुवेतलाई हराएर सुपर ...
। मलेसियासँगको टी-२०आई शृंखला जितेको नेपाली महिला क्रिकेट टोली स्वदेश फर्किएको छ । महिला टोली बिहीबार राति स्वदेश आइपुगेको हो । बुधबार विहान सम्पन्न पाँचौं तथा निर्णायक खेलमा नेपालले मलेसियालाई ५ विकेटले हराउँदै ५ खेलको शृंखला ३-२ ले जितेको थियो । नेपाल पहिलो खेलमा ३ रनले पराजित भएको थियो भने दोस्रो खेलमा ६ विकेटको जित निकालेको थियो ...
। एएफसी एसियन कप छनोटको तेस्रो चरणमा सुरुवाती दुई खेलमा अंक जोड्न नसकेको नेपालले तेस्रो खेलमा भियतनामविरुद्ध अंक जोड्ने लक्ष्य राखेको छ । नेपाली टोलीका मुख्य प्रशिक्षक म्याट रसले भियतनामविरुद्ध ३ अंककै लागि खेल्ने महत्वकांक्षा राखेका छन् । समूह एफ मा रहेका नेपाल र भियतनाम आज साँझ ६:१५ बजे प्रतिस्पर्धामा उत्रँदै छन् । त्यसको अगाडि बुधबार भएको ...
: आइसीसी टी-२० विश्वकप एसिया तथा पूर्वी एसिया प्यासिफिक क्षेत्र छनोटअन्तर्गत पहिलो खेलमा नेपालले कुवेतलाई ५८ रनले हराएको छ। समूह ‘बी’मा रहेको नेपालले पहिलो खेलमा कुवेतलाई फराकिलो अन्तरले हराएको हो। ओमानको अल अमिरत क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४१ रन बनाएको थियो। १४२ रनको विजयी लक्ष्य पछ्याएको ...