मुख्य समाचार
इन्टरनेट अवरुद्ध गरे हदैसम्मको कारबाही गर्ने प्राधिकरणको चेतावनी
इन्टरनेट अवरुद्ध गरे हदैसम्मको कारबाही गर्ने प्राधिकरणको चेतावनी

— भरपर्दो एवं गुणस्तरीय सेवाको सुनिश्चितता गरी उपभोक्तालाई निर्वाध रूपमा इन्टरनेट सेवा उपलब्ध गराउन नियामक नेपाल दूरसञ्चार प्राधिकरणले सम्बन्धित सेवा प्रदायकहरूलाई निर्देशन दिएको छ । अत्यावश्यक सेवाअन्तर्गत पर्ने इन्टरनेट सेवा अवरुद्ध गरे कानुन बमोजिम हदैसम्मको कारबाही गर्ने पनि प्राधिकरणले विज्ञप्तीमार्फत सेवा प्रदायकहरूलाई जानकारी गराएको उल्लेख छ ।


बिहीबार (बैशाख २०) मा केही इन्टरनेट सेवा प्रदायकहरूको इन्टरनेट सेवा अवरुद्ध भएको सम्बन्धमा प्राधिकरणको गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तीमा भनिएको छ । प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलद्वारा हस्तारक्षरित विज्ञप्तीमा प्राधिकरणको अनुगमन तथा निरीक्षणबाट केही सेवा प्रदायकको सेवा अवरुद्ध भएको पुष्टि भएको र तत्काल प्राधिकरणबाट लिइएको पहलकदमी र सरोकारवालाहरूबाट भएको सहयोग एवं समन्वयले केही समयभित्र नै इन्टरनेट सेवा सुचारु भएको उल्लेख छ ।


'नेपाल सरकार र प्राधिकरणलाई समेत आरोप लगाइ विभिन्न सञ्चार माध्यमहरूमा ब्यान्डविथ खरिद बापतको विदेशी मुद्रा भुक्तानीको सिफारिस नगरेको भनी जनमानसमा भ्रम पार्ने गरी प्रकाशित धारणा, विज्ञप्ति एवं समाचारहरूप्रति प्राधिकरणको ध्यानाकृष्ट भएको छ,' विज्ञप्तीमा भनिएको छ, 'सेवा प्रदायकहरूले सेवा प्रदान गरे बापत दूरसञ्चार ऐन, २०५३ को दफा ३२ र दूरसञ्चार नियमावली, २०५४ को नियम २६ बमोजिम कूल वार्षिक आम्दानीमा चार प्रतिशत रोयल्टी र नेपाल दूरसञ्चार प्राधिकरण (ग्रामीण दूरसञ्चार विकास कोष विनियमावली, २०६८ को विनियम ५(१) बमोजिम दुई प्रतिशत ग्रामीण दूरसञ्चार विकास कोष रकम बुझाउनुपर्ने व्यवस्था छ ।'

उल्लिखि प्रावधानअनुरुप धेरैजसो सेवा प्रदायकले नियमानुसार बुझाउनुपर्ने रकम भुक्तान गरी निर्वाध रूपमा प्राधिकरणबाट विदेशी मुद्रा सटही सिफारिस लगायतका सहजीकरणका सुविधाहरु लिइरहेको प्राधिकरणले स्पष्ट पारेको छ । तथापी, केही सेवा प्रदायकहरूले रोयल्टी र आटीडीएफ शुल्क नतिरेपछि त्यसको बक्यौता चुक्ता गर्न पटक-पटक निर्देशन दिँदासमेत अटेर गरेको प्राधिकरणको ठहर छ । 'वर्षौंदेखि प्राधिकरणबाट बक्यौता भुक्तानीको लागि बारम्बार ताकेता गर्दा समेत नियमानुसार बुझाउनुपर्ने बाँकी बक्यौता रकम विभिन्न बहाना गरी हालसम्म भुक्तानी नभएको अवस्थामा दूरसञ्चार उपकरण आयात तथा विदेशी मुद्रा सटही सिफारिससम्बन्धी (कार्यविधि) विनियमावली २०७६ को ४(घ) बमोजिम विदेशी मुद्रा सिफारिस गर्न मिल्ने नदेखिएको छ,' विज्ञप्तीमा भनिएको छ ।

यो उक्त विषय सर्वोच्च अदालतमा समेत विचाराधीन रहेको अवस्थामा दूरसञ्चारजस्तो अत्यावश्यक सेवा गैरजिम्मेवारीपूर्वक अवरुद्ध हुनुलाई स्वाभाविक रूपमा लिन नसकिने प्राधिकरणको दाबी छ । इन्टरनेट सेवा प्रदायकहरूले भने हिजो करिब ६ घण्टा अवरुद्ध भएको इन्टरेट हाल सुचारु अवस्थामा रहे पनि फेरि नकाटिएला भन्ने कुराको सुनिश्चितता नभइसकेको जनाएका छन् । भारतको अपस्ट्रिम प्रदायक भारती एयरटेलले नेपालतर्फ पठाउँदै आएको ब्यान्डविथको इन्टरनेसनल लिंक विच्छेद गरिदिएको थियो । सरकार, प्राधिकरण र सेवा प्रदायक सबैको आग्रहपछि इन्टरनेट सुचारु भएको हो । तथापी, एयरटेलले यस विषयमा हालसम्म कुनै औपचारिक जानकारी नदिएकाले के कसो हुने भन्ने ठेगान नरहेको सेवा प्रदायक बताउँछन् ।

‘हिजो साँझ इन्टरनेट सटडाउन भएपछि आईएसपी कम्पनीहरूले आ-आफ्नै तर्फबाट र आइस्पानले पनि एयरटेललाई ब्यान्डविथ खरिदको रकम भुक्तानी गर्न प्रयास भइरहेकाले इन्टरनेट रिस्टोर गरिदिन आग्रह गर्दै इमेल गरेका थियौें‌,’ इन्टरनेट सेवा प्रदायकहरूको छाता संस्था आइस्पानका प्रमुख कार्यकारी अधिकृत सुभाष खड्काले भने, ‘विदेशी मुद्रा सटही सिफारिस नभएकाले हामीले पेमेन्ट गर्न सकेका छैनौं तर यसमा सक्दो प्रयास गरिरहेका छौं, केही समय हेरीदेऊ भनेर इमेल पठायौं । त्यसपछि इन्टरनेट सुचारु त भयो तर कुनै जवाफ आएको छैन । कहिले के हुन्छ भन्ने कुराको निश्चितता छैन ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्कीको नाममा फेक अकाउन्ट बनाएको पाइएको छ। प्रधानमन्त्रीको नाम उल्लेख गरी फेक आइडी बनाइ फेसबुक/ट्वीटर जस्ता सामाजिक सञ्जालबाट समाचार पोष्ट गरेको पाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सहसचिव एवं प्रवक्ता रविलाल शर्माले यस किसिमका गैरकानुनी कार्य गर्नेलाई कानुनबमोजिम कारवाही हुने बताए। उनले भने,' प्रधानमन्त्री सुशीला कार्कीको नाम उल्लेख गरी ...
। अमेरिकामा सामाजिक सञ्जाल टिकटकको स्वामित्व स्थानीय कम्पनीले खरिद गर्ने भएको छ । अमेरिकामा चल्ने टिकटकको स्वामित्व खरिद गर्न अनुमति दिने कार्यकारी आदेशमा राष्ट्रपति डोनाल्ड ट्रम्पले हस्ताक्षर गरेका हुन् । चीनको स्वामित्वमा रहेको टिकटकको अमेरिकी कारोबार त्यहीँको स्थानी कम्पनी र अन्तर्राष्ट्रिय लगानीकर्तालाई बेच्ने निर्णयलाई कार्यान्वयन गर्ने कार्यकारी आदेशमा ट्रम्पले हस्ताक्षर गरेका समाचार संस्था रोयटर्सले उल्लेख गरेको छ ...
: चिप निर्माता एनभिडियाले अग्रणी एआई कम्पनी ओपनएआईमा ठुलो लगानी गर्ने भएको छ। कम्पनीले ओपनएआईमा १०० अर्ब डलर लगानी गर्ने भएको हो। यसको सहयोगमा नयाँ डाटा सेन्टर र अन्य कृत्रिम बुद्धिमत्ता पूर्वाधार निर्माण गर्ने उल्लेख छ। एआईको बढ्दो मागलाई ध्यानमा राख्दै दुवै कम्पनीले यो निर्णय गरेका हुन्। ओपनएआई र एनभिडियाले रणनीतिक सम्झौताको सम्बन्धमा एक पत्रमा ...
: मेटाका सीईओ मार्क जुकरबर्गले धेरै नयाँ उत्पादन लन्च गरेका छन्। यीमध्ये एक मेटा रे–ब्यान डिस्प्ले हो। यसमा हेड–अप डिस्प्ले सुविधा छ। यसले प्रयोगकर्तालाई चस्मामा सिधै पाठ, भिडियो, नक्सा, आदि हेर्न सकिन्छ। यो लन्च मेटा कनेक्ट २०२५ कार्यक्रमको क्रममा गरिएको हो। मेटा कनेक्ट २०२५ कार्यक्रम क्यालिफोर्नियाको मेलानो पार्कमा सुरु भएको थियो। यहाँ मेटाको मुख्यालय छ। ...
। एप्पलले अहिलेसम्मकै सबैभन्दा पातलो आइफोन लञ्च गरेको छ । मंगलबार आफ्नो विशेष वार्षिक समारोहमार्फत् एप्पलले जम्मा ५.६ मिलिमिटर मोटो आइफोन एयर सार्वजनिक गरेको हो । त्यसक्रममा एप्पलका सिइओ टिम कुकले आइफोन एयरलाई आइफोन प्रविधिमा अहिलेसम्मकै ठूलो फड्को रहेको र यो गेमचेन्जर स्मार्टफोन भएको बताएका छन् । आइफोन एयरमा ६.५ इन्चको सुपर रेटिना एक्सडिआर डिस्प्ले छ, जसमा ...