— लुटन टाउनले इंग्लिस प्रिमियर लिगमा शनिबार एभरटनसँग १–१ को बराबरी खेलेको छ र यो नतिजाले रेलिगेसनबाट बच्न संघर्षरत उसलाई अझ गाह्रो पार्नेछ । यस खेल अगाडि एभरटन आफैं रेलिगेसनबाट बच्ने निश्चित भइसकेको थियो ।
एभरटनले खेलको २४ औं मिनेटमा डोमिनिक क्लेभर्ट लेविनको पेनाल्टी गोलले अग्रता लिएको थियो । एलिजह एडेबायोले ३१ औं मिनेटमा बराबरी गोल फर्काए । यो नतिजापछि लुटन २६ अंकमा १८ औं स्थानमा रह्यो ।
उसको ठीक अगाडि समान २६ अंकमा नटिङघम फरेस्ट रहेको छ । एभरटनको भने ३७ अंक भएको छ र १५ औं स्थानमा रहेको छ ।