मुख्य समाचार
दर्शक घटेपछि नेटफ्लिक्सले कपिल शर्माको शो बन्द गरेको हो ?
दर्शक घटेपछि नेटफ्लिक्सले कपिल शर्माको शो बन्द गरेको हो ?

। भारतीय सञ्चारमाध्यमको पछिल्लो रिपोर्टलाई विश्वास गर्ने हो भने नेटफ्लिक्सले ‘द ग्रेट इण्डियन कपिल शर्मा शो’को पाँचौं एपिसोडपछि यसलाई बन्द गर्ने निर्णय गरेको छ । नेटफ्लिक्सले पहिलो एपिसोड प्रसारण भएको पाँच हप्ताभित्र शो अन्त्य गर्ने निर्णय गरेको विवरणमा उल्लेख छ ।

ओटीटी स्रोतका अनुसार यसको अन्तिम एपिसोड छायांकन भइसकेको छ, त्यसपछि मात्र शोको सेट हटाउने काम सुरु भएको छ । शोका लागि कपिल शर्माले प्रति शो करिब ५ करोड भारु पारिश्रमिक लिएको स्रोतले खुलासा गरेको छ ।


शोमा सबैभन्दा बढी प्रशंसा पाएका अभिनेता सुनिल ग्रोवरले प्रति एपिसोड २५ लाख मात्रै पाएका छन् । नेटफ्लिक्सले कति पैसा बाँडेको छ भन्ने थाहा पाउनका लागि सोफामा बसेर हाँसेबापत अर्चना पूरन सिंहलाई प्रति एपिसोड १० लाख भारु दिने गरेको खुलासाले नेटफ्लिक्समा हंगामा मच्चाएको छ ।

यहाँ ध्यान दिनुपर्ने कुरा के छ भने नेटफ्लिक्स वेब–सिरिजको टोलीले कपिल शर्मा शोका मालिक बेला बजारिया एक साताअघि भारत पुग्दा भेटघाटको विशेष व्यवस्था गरेको थियो । तर ठूलो बजेट हुँदाहुँदै पनि शोप्रति दर्शकमा सकारात्मक वातावरण नरहेको भन्दै बेला बजारियाले नै भारत छोडेर शो बन्द गर्ने निर्णय गरेको बताइएको छ ।


बेला बजारियाको आगमनसँगै नेटफ्लिक्सको मुम्बई कार्यालयमा निकै उत्साहपूर्ण वातावरण देखिएको थियो ।

नेटफ्लिक्सले त्यतिबेला ‘द ग्रेट इन्डियन कपिल शो’ लगातार चार हप्तासम्म आफ्नो ग्लोबल सूचीमा गैरअंग्रेजी कार्यक्रमको शीर्ष १० सूचीमा रहने पहिलो भारतीय वेब सिरिज भएको खुलासा गरेको थियो । दर्शकले माया गरेको दाबी पनि त्यतिबेला गरिएको थियो ।

तर इण्डियन एक्सप्रेसले चाहिं नेटफ्लिक्सको विश्वव्यापी र्‍यांकिङमा यो शो पर्न नसकेको र भ्युअर्ससिप घटेको उल्लेख गरेको छ ।

अहिले कपिल शर्मा कलर्स टिभीको अन्ताक्षरी कार्यक्रमको होस्ट बन्ने प्रयासमा छन् तर उनको घट्दो ब्रान्ड भ्यालुका कारण यो कार्यक्रमका लागि प्रायोजक पाउन ठूलो चुनौती छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। ग्लोबल युट्युब स्टार मिस्टर बिस्ट (जिमी डोनाल्डसन)ले तीन बलिउड खान सुपरस्टारहरू शाहरुख, सलमान र आमिरलाई भेटेका छन् । उनले इन्स्टाग्राम स्टोरीमा यो फोटो पोस्ट गरेसँगै इन्टरनेटमा आँधी ल्याएको छ । बलिउडले पनि यो फोटोमाथि प्रतिक्रिया दिएको छ । मिस्टरबिस्टले इन्स्टाग्राम स्टोरीमा सेयर गरेको भाइरल तस्वीर अक्टोबर १६ मा साउदी अरेबियाको रियादमा भएको जोय फोरम २०२५ मा ...
। टेलर स्विफ्टको नयाँ एल्बम ‘द लाइफ अफ अ शोगर्ल’ ले बिलबोर्डको रेकर्ड तोड्दै शीर्ष स्थानमा कब्जा जमाएको छ । चार्ट कम्पनीका अनुसार स्विफ्टको १५ औं एल्बमले ४.००२ मिलियन बराबरका एल्बम युनिट्स (शुद्ध एल्बम बिक्री र स्ट्रिमहरूसहित) सँग डेब्यू गरेको थियो, जुन आधुनिक युगमा अहिलेसम्मकै उच्च संख्या हो । बिलबोर्डका अनुसार, ‘द लाइफ अफ अ शोगर्ल’ले ३४ ...
। अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) ग्लोबल समितिको छैठौं महाधिवेशन २९ असोज (अक्टोबर १५) मा काठमाडौंमा आयोजना हुने भएको छ । धुम्बाराहीस्थित होटल स्मार्टमा आयोजना हुने महाधिवेशन समारोहमा सहभागी हुन विभिन्न मुलुकमा रहेका पदाधिकारी काठमाठौंमा पुगेका छन् । नेपालमा देखिएको असहज परिस्थिति र अन्य कारणले गर्दा अधिवेशनसँगै आयोजना गर्ने भनिएको सांस्कृतिक तथा सम्मान कार्यक्रम यसअघि नै स्थगित ...
। ऋषभ सेट्ठी स्टारर कन्नाडा फिल्म ‘कान्तारा च्याप्टर १’ले भारतीय बक्सअफिसमा उछाल ल्याएको छ । यो फिल्मले भारतीय बक्सअफिसमा केही कीर्तिमान रचेको जनाइएको छ । फिल्मले प्रदर्शनको पहिलो साता विश्वब्यापी ४०० करोड भारु कमाइ गरेको एनडीटीभीले जनाएको छ । फिल्मले पहिलो साता भारतमा मात्र ३७९ करोड भारु (४२ मिलियन अमेरिकी डलर र विदेशबाट ८ मिलियन डलर ...
: ६० करोड ठगीको आरोप लागेकी बलिउड अभिनेत्री शिल्पा शेट्टीसँग घन्टौं बयान लिइएको छ। मुम्बई प्रहरीको आर्थिक अपराध शाखाले शिल्पासँग करिब पाँच घण्टा बयान लिएको भारतीय मिडियाले समाचार प्रकाशित गरेका छन्। बयान उनकै घरमा लिएको प्रहरीले जनाएको छ। शिल्पाका पति तथा व्यवसायी राज कुन्द्रलाई पनि सोही मुद्दामा आरोपित बनाइएको छ। उनको पनि दुईपटक बयान ...