मुख्य समाचार
क्यान्सर बिरामीले जिते १ अर्ब ३० करोड डलरको चिठ्ठा
क्यान्सर बिरामीले जिते १ अर्ब ३० करोड डलरको चिठ्ठा

एकजना आप्रवासी अमेरिकी इतिहासकै चौथो सबैभन्दा ठूलो रकमको लट्री अर्थात् भाग्यचिठ्ठा जित्ने व्यक्ति बनेका छन् ।

दक्षिण पूर्वी एसियाली मुलुक लाओसमा जन्मिएर हाल अमेरिकामा बसोबास गर्दै आएका चेङ सेफानले १ अर्ब ३० करोड डलरको पावर बल लट्री जितेका छन् । यो भनेको १ खर्ब ७५ अर्ब रुपैयाँ बराबर हो ।



चेङका अनुसार कैयन् रातसम्म उनले आफ्नो सिरानीमुनि नम्बरहरुको च्यादर बिछ्याएर सुते । उनको सिरानीमुनि कागजहरुको त्यो पुलिन्दा थियो जसमा उनले धेरै हप्तादेखि पावर बल लट्री जित्नका लागि नम्बर लेखेका थिए ।

अमेरिकाको ओरेगन राज्यको पोर्टल्याण्ड सहरमा बस्ने चेङ भन्छन् : मैले भगवानसँग सहयोगको प्रार्थना गरेको थिएँ । मेरा सन्तानहरु सानै छन् र म निकै कमजोर छु । मेरो स्वास्थ्य ठीक छैन ।




उनले गत अप्रिल ७ मा सार्वजनिक गरिएको १.३ अर्ब डलरको लट्रीमा आफ्नो नम्बर मिलाएका थिए र सोमबार उक्त भाग्यचिठ्ठा बापतको रकम चिठ्ठा प्रबन्धकहरुले उनलाई प्रदान गरे ।

तर केवल चेङ मात्र भाग्यमानी होइनन्, त्यो भाग्यचिठ्ठाबाट उनकी श्रीमती र एकजना साथीको पनि भाग्य चम्किएको छ ।

उनले आफ्नी पत्नी तथा साथीसँग मिलेर लट्रीका २० भन्दा धेरै टिकट खरीद गर्नका लागि पैसा जम्मा गरेका थिए र त्यसमध्ये एउटा नम्बरमा उनको भाग्यचिठ्ठा पर्‍यो ।

त्यसैले आफूले जितेको लट्रीबाट २५ प्रतिशत आफ्नी पत्नी डुआनपेन र पचास प्रतिशत आफ्ना मित्र लाइजा चाउलाई दिने उनले बताएका छन् ।
चेंग क्यान्सरका बिरामी हुन् र पछिल्लो ८ वर्षदेखि केमोथेरापी गरिरहेका छन् ।

थाहा छैन, यो पैसा खर्च गर्न मसँग कति समय छ ?

चेङ भन्छन् : मेरो जीवन बदलियो । बस्, भगवानसँग सहयोगको प्रार्थना थियो । अब म आफ्नो परिवारको हेरचाह राम्रोसँग गर्न सक्छु र आफ्ना लागि एकजना राम्रो डाक्टर खोज्नसक्छु ।

साथै लट्रीको रकमबाटै आफ्ना लागि एउटा घर खरीद गर्नेपनि उनको योजना छ ।

चिठ्ठाको रकमको चेक प्राप्त गरेपश्चात् पत्रकारहरुसँग बोल्दै चेङले भनेका थिए : मसँग यतिधेरै पैसा खर्च गर्नका लागि कति समय छ, मलाई थाहा छैन । म कहिलेसम्म बाँचुला, यो पनि थाहा छैन ।

आफूले लट्री जितेपश्चात् सबैभन्दा छिटो पत्नी र साथीलाई खुसीको खबर सुनाउन उनलाई निकै हतार भएको थियो ।

उनी भन्छन्, ‘मैले आफ्नी पत्नीसँग सोधेँ, तिमी कहाँ छौ ? उनले आफू काममा गइरहेकी छु भनिन् । त्यसपछि मैले तिमीले अब कुनै काम गर्न वा जागिर गर्न आवश्यक छैन, भनेँ ।

अमेरिकाको सबैभन्दा ठूलो लट्रीको मूल्य २.०४ अर्ब डलर

टिकट मूल्य बढेसँगै अमेरिकामा १ अर्ब डलर भन्दा धेरै पुरस्कार भएका चिट्ठाहरु सामान्य बनिसकेका छन् । अहिलेसम्मको सबैभन्दा ठूलो लट्री रकम चाहिँ २.०४ अर्ब डलरको थियो, त्यो २०२२ मा घोषणा भएको थियो ।

उक्त लट्रीको नियमलाई संशोधन गरी त्यसलाई अझै कठिन बनाइयो । जसका कारण सो ग्राण्ड पुरस्कार जित्ने सम्भावना कम भएर २९ करोड २२ लाख व्यक्तिमध्ये एकजनालाई मात्र पर्ने भएको छ ।

अमेरिकी इतिहासकै चौथो ठूलो लट्री जितेका चेङको शौख नै लट्री खेलिरहने छ । उनी भन्छन् ः सायद म दोस्रो पटक पनि लट्री जित्छु र पुनः एकपटक भाग्यशाली बन्छु । बीबीसी

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: कालमेगी आँधीका कारण फिलिपिन्समा अहिलेसम्म ५२ जनाको मृत्यु भइसकेको छ भने लाखौं मानिस घरबार छोडेर भागेका छन्। १३ जना अझै बेपत्ता छन्। कालमेगी आँधीले ठूलो क्षेत्र डुबानमा पारेको छ। सबैभन्दा ठूलो बाढी सेबुको घना जनसंख्या भएको मध्य टापुमा आएको छ। यहाँ मृत्यु हुनेको संख्या पनि बढी छ। राहत सहयोग गर्ने क्रममा हेलिकोप्टर दुर्घटना ...
: अमेरिकाको केन्टकीस्थित लुइसभिल विमानस्थलबाट उडान भर्ने क्रममा युपीएस कार्गो विमान दुर्घटना हुँदा कम्तिमा सातजनाको मृत्यु भएको छ। दुर्घटनाको क्रममा विमानमा आगो लागेको थियो। दुर्घटनामा कम्तिमा ११ जना घाइते भएको जनाइएको छ। घाइतेहरूको अस्पतालमा उपचार भइरहेको छ। वरपरका क्षेत्रका बासिन्दाहरूलाई घर भित्रै बस्न सल्लाह दिइएको छ। दुर्घटनाग्रस्त विमानमा ३८ हजार ग्यालन इन्धन थियो। विस्फोटपछि ...
: उत्तर कोरियाले ‘पूर्वाधार पुनर्निर्माण’मा सहयोग गर्न सेप्टेम्बरदेखि करिब पाँच निर्माण सेना पठाएको छ। दक्षिण कोरियाली सांसदले मंगलबार सियोलको गुप्तचर निकायको रिपोर्टलाई उद्धृत गर्दै उत्तर कोरियाबाट करिब पाँच निर्माण सेना रूस पठाइएको जनाएका छन्। उत्तर कोरियाली नेता किम जोङ उन युक्रेनमा जारी युद्धबाट उत्साहित भएका र रुसी सेनासँग लड्न हजारौं सेना पठाएका र यसको बदलामा मस्कोबाट ...
। पाकिस्तानको सर्वोच्च अदालतमा ग्यास सिलिण्डर विस्फोट भएको छ । विस्फोटमा परेर कम्तीमा १२ जना घाइते भएका छन् । इस्लामावाद प्रहरीका आईजी अली नासिर रिजवीका अनुसार अदालतको बेसमेन्टमा रहेको क्यान्टिन (चमेनागृह) मा मंगलबार बिहान १०: ५५ बजेतिर ग्यास सिलिण्डर विस्फोट भएको थियो । विस्फोटले अदालतको पूरै भवन नै हल्लियो । अदालतको चमेनागृहमा वातानुकूलित इकाई मर्मत भइरहेका बेला ...
। उत्तर कोरियाले गत सेप्टेम्बरदेखि यता करिब पाँच हजार सैनिक रूस पठाएको छ । दक्षिण कोरियाली सांसदले मङ्गलबार सियोलको गुप्तचर निकायको रिपोर्टलाई उद्धृत गर्दै उत्तर कोरियाबाट करिब पाँच हजार निर्माण सेना रूस पठाइएको जानकारी दिएका हुन् । ‘पूर्वाधार पुनर्निर्माणमा सहयोग गर्न भन्दै उत्तर कोरियाले निर्माण सैनिक रूस पठाएको उनले बताए । उत्तर कोरियाली नेता किम जोङ उन युक्रेनमा ...