मुख्य समाचार
२५ वर्षपछि उत्तर प्रदेशको चुनाव क्षेत्रमा गान्धी परिवार बाहिरबाट उम्मेदवार
२५ वर्षपछि उत्तर प्रदेशको चुनाव क्षेत्रमा गान्धी परिवार बाहिरबाट उम्मेदवार

। उत्तर प्रदेशको एक निर्वाचन क्षेत्रले २५ वर्षपछि गान्धी परिवार बाहिरबाट उम्मेदवार पाएको छ ।

सन् १९८० देखि गान्धी परिवारले राज गरिरहेको अमेठीले यस वर्षको लोकसभा निर्वाचनमा गान्धी परिवार बाहिरबाट उम्मेदवार पाएको हो । १९७० र १९९० को दशक छोड्ने हो भने त्यहाँ गान्धी परिवारले नै राज गर्दै आएको छ ।


भारतीय कंग्रेसका नेता राहुल गान्धी त्यस निर्वाचन क्षेत्रबाट तीनपटक सांसद चुनिएका थिए । सन् २०१९ मा भने उनी भाजपाकी स्मृति इरानीसँग पराजित हुन पुगे । त्यस निर्वाचन क्षेत्रबाट गान्धी परिवारका सञ्जय गान्धी सन् १९८० मा सांसद चयन भएका थिए । यस्तै, सन् १९८१ देखि सन् १९९१ गरी एक दशकसम्म राजीव गान्धी त्यहाँका सांसद भए । सन् १९९१ देखि सन् १९९८ सम्म त्यहाँ गान्धी परिवार बाहिरबाट सतिश शर्मा सांसद भएका थिए ।

शर्मापछि सन् १९९९ देखि सन् २००४ सम्म त्यहाँबाट सोनिया गान्धी निर्वाचित भइन् । सन् २००४ देखि सन् २०१९ सम्म त्यहाँबाट राहुल गान्धी उम्मेदवार भए । राहुल गान्धीले राय बरेली निर्वाचन क्षेत्र चयन गरेपछि अमेठीमा कंग्रेसले किशोरीलाल शर्मालाई उठाउने भएको छ ।


‘किशोरीलालजी र हाम्रो परिवारबीच निकै पुरानो सम्बन्ध रहेको छ । अमेठी र राय बरेली क्षेत्रका जनताको सेवामा उहाँ अनवरत खटिनुभएको व्यक्ति हो । उहाँमा रहेको जनताको सेवाभावको मूल्यांकन गर्दै गान्धी परिवारले लामो समयसम्म सेवा गरेको क्षेत्र शर्माजीलाई सुम्पिएका छौँ’, नेतृ प्रियंका गान्धीको भनाइ उद्दृत गर्दै टाइम्स अफ इन्डियाले लेखेको छ ।

आफूलाई अवसर दिएकामा शर्माले कंग्रेसलाई धन्यवाद दिएका छन् । गान्धी परिवारबाहिरबाट पछिल्लोपटक त्यहाँ शर्मा अघि सन् १९९८ मा सञ्जय शर्मा उम्मेदवार बनेका थिए । शर्माले भाजपाका सञ्जय सिन्हासँग ३ लाख मतले हार व्यहोरेका थिए ।

सन् १९९९ मा सोनिया गान्धीले त्यहाँ विजय हासिल गरिन् । सन् २००४ मा भने उनी राय बरेली क्षेत्रमा पुगिन् । त्यसपछि २००४, २००९ र २०१४ मा राहुल गान्धी त्यहाँबाट निर्वाचित भए । अमेठी र राय बरेलीमा २० मे मा लोकसभा चुनाव हुनेछ । भाजपाले राय बरेलीमा दिनेश प्रताप सिंहलाइ अघि सारेको छ। सन् २०१९ मा सिंह सोनिया गान्धीसँग पराजित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: कालमेगी आँधीका कारण फिलिपिन्समा अहिलेसम्म ५२ जनाको मृत्यु भइसकेको छ भने लाखौं मानिस घरबार छोडेर भागेका छन्। १३ जना अझै बेपत्ता छन्। कालमेगी आँधीले ठूलो क्षेत्र डुबानमा पारेको छ। सबैभन्दा ठूलो बाढी सेबुको घना जनसंख्या भएको मध्य टापुमा आएको छ। यहाँ मृत्यु हुनेको संख्या पनि बढी छ। राहत सहयोग गर्ने क्रममा हेलिकोप्टर दुर्घटना ...
: अमेरिकाको केन्टकीस्थित लुइसभिल विमानस्थलबाट उडान भर्ने क्रममा युपीएस कार्गो विमान दुर्घटना हुँदा कम्तिमा सातजनाको मृत्यु भएको छ। दुर्घटनाको क्रममा विमानमा आगो लागेको थियो। दुर्घटनामा कम्तिमा ११ जना घाइते भएको जनाइएको छ। घाइतेहरूको अस्पतालमा उपचार भइरहेको छ। वरपरका क्षेत्रका बासिन्दाहरूलाई घर भित्रै बस्न सल्लाह दिइएको छ। दुर्घटनाग्रस्त विमानमा ३८ हजार ग्यालन इन्धन थियो। विस्फोटपछि ...
: उत्तर कोरियाले ‘पूर्वाधार पुनर्निर्माण’मा सहयोग गर्न सेप्टेम्बरदेखि करिब पाँच निर्माण सेना पठाएको छ। दक्षिण कोरियाली सांसदले मंगलबार सियोलको गुप्तचर निकायको रिपोर्टलाई उद्धृत गर्दै उत्तर कोरियाबाट करिब पाँच निर्माण सेना रूस पठाइएको जनाएका छन्। उत्तर कोरियाली नेता किम जोङ उन युक्रेनमा जारी युद्धबाट उत्साहित भएका र रुसी सेनासँग लड्न हजारौं सेना पठाएका र यसको बदलामा मस्कोबाट ...
। पाकिस्तानको सर्वोच्च अदालतमा ग्यास सिलिण्डर विस्फोट भएको छ । विस्फोटमा परेर कम्तीमा १२ जना घाइते भएका छन् । इस्लामावाद प्रहरीका आईजी अली नासिर रिजवीका अनुसार अदालतको बेसमेन्टमा रहेको क्यान्टिन (चमेनागृह) मा मंगलबार बिहान १०: ५५ बजेतिर ग्यास सिलिण्डर विस्फोट भएको थियो । विस्फोटले अदालतको पूरै भवन नै हल्लियो । अदालतको चमेनागृहमा वातानुकूलित इकाई मर्मत भइरहेका बेला ...
। उत्तर कोरियाले गत सेप्टेम्बरदेखि यता करिब पाँच हजार सैनिक रूस पठाएको छ । दक्षिण कोरियाली सांसदले मङ्गलबार सियोलको गुप्तचर निकायको रिपोर्टलाई उद्धृत गर्दै उत्तर कोरियाबाट करिब पाँच हजार निर्माण सेना रूस पठाइएको जानकारी दिएका हुन् । ‘पूर्वाधार पुनर्निर्माणमा सहयोग गर्न भन्दै उत्तर कोरियाले निर्माण सैनिक रूस पठाएको उनले बताए । उत्तर कोरियाली नेता किम जोङ उन युक्रेनमा ...