मुख्य समाचार
जथाभाबी औषधि बेच्ने फार्मेसी सञ्चालकसहित चार जना पक्राउ
जथाभाबी औषधि बेच्ने फार्मेसी सञ्चालकसहित चार जना पक्राउ

: चिकित्सकको प्रेस्क्रिप्सनबीना जथाभाबी औषधि बिक्री गर्ने बुटवलका वैदावार फार्मेसीका सञ्चालक कल बहादुर विकसहित चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।


बुटवल उपमहानगरपालिका-११ स्थित कालिकानगरमा सञ्चालन गरिएको उक्त फार्मेसीबाबि विरामीहरूको स्वास्थ्यलाई गम्भीर असर गर्ने खालका औषधिहरू बिक्री वितरण गरिएको पाइएको प्रहरीले बताएको छ। इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरी टोलीले चार जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ।

फार्मेसीका सञ्चालक अछामको तुर्माखात गाउँपालिका-८ निवासी हुन्। स्याङ्जाको वालिङ नगरपालिका १३ का २१ वर्षिय ओम प्रकाश गैरे, देवदह नगरपालिका ७ रुपन्देही निवासी २९ वर्षीय किरण दर्जी र बुटवल उपमहानगरपालिका-२ निवासी ३० वर्षीय मनिस विक पक्राउ परेका छन्।




फार्मेसीको नामको बोर्ड लगाएको (प्रमाण पत्रमा डिस्कामुनी मेडिकल हल बुटवल ८) लेखिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक मनोहरप्रसाद भट्टले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
सुडानमा नरसंहार, साढे २ वर्षयता ४० हजारभन्दा बढीको हत्या
बैतडीमा ट्याक्टर दुर्घटना : एकजनाको मृत्यु, चालक फरार
अमेरिका-चीन सम्बन्ध: तनावको भूमध्यरेखामा शान्तिको ‘हटलाइन’
नेकपा एकीकृत समाजवादी, नेकपा माओवादी केन्द्रसहितका दलहरूबीचसँग एकताको सैद्धान्तिक र नीतिगत विषय टुंगिएको छ
नागढुंगा सुरुङमार्ग सञ्चालनका लागि सेवा प्रदायक छनोट गर्न टेण्डर आह्वान