मुख्य समाचार
अत्यावश्यक वस्तुको अभाव हुन नदिन सरकारले ठोस योजना बनाउँछ : मन्त्री भण्डारी
अत्यावश्यक वस्तुको अभाव हुन नदिन सरकारले ठोस योजना बनाउँछ : मन्त्री भण्डारी

: उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले दुर्गम क्षेत्रमा आयोडिनयुक्त नुनको सहज आपूर्तिको व्यवस्था मिलाउन त्यसतर्फ विशेष ध्यान दिने बताएका छन्। प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै मन्त्री भण्डारीले सडकको अवस्थाका कारण दुर्गम क्षेत्रमा सहज रुपमा सेवा प्रवाह र आपूर्ति गर्न कठिन भएकाले यसतर्फ विशेष ध्यान दिने बताएका हुन्।


अत्यावश्यक वस्तुको अभाव हुन नदिन आवश्यक कार्ययोजना बनाउन लागिएको उनको भनाइ छ। मन्त्री भण्डारीले चाडपर्वमा चिनीको अभाव देखिने गरेकाले यस वर्ष छिट्टै आयात र उत्पादन वृद्धिलाई ध्यान दिइने समेत जानकारी दिए।

सो समितिले दुर्गम क्षेत्रमा आयोडिनयुक्त नुनको सहज आपूर्तिको व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ । बैठकले मुलुकको सुगम स्थानमा आयोडिनयुक्त नुनको सहज आपूर्ति भएपनि दुर्गम क्षेत्रमा आपूर्ति सहज हुन नसकेको निष्कर्ष निकाल्दै दुर्गम क्षेत्रमा नुनको सहज आपूर्तिको व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको हो ।




साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडबाट आपूर्ति हुने गरेको चिनी, रासायनिक मललगायत अत्यावश्यक सामग्रीको गुणस्तरीयता सुनिश्चित गर्दै सरल आपूर्तिको व्यवस्था मिलाउन वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको छ ।

साल्ट ट्रेडिङले विभिन्न शीर्षकमा पाउनुपर्ने भुक्तानीका लागि सहजीकरण गर्न अर्थ मन्त्रालयलाई समेत निर्देशन दिएको समिति सभापति अव्दुल खानले जानकारी दिए।

साल्ट ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले विक्रीको अनुपातमा धेरै स्टक राख्नुपर्ने अवस्थामा संस्थालाई आर्थिक समस्या देखिएको र यसमा राष्ट्र बैंकले कर्जाका लागि सहजीकरण गर्नुपर्ने बताए। उनले आयोडिनयुक्त नुनको मूल्य समायोजन तथा ढुवानीका लागि बजेट सुनिश्चितता गर्नुपर्नेमा जोड दिए।

बैठकमा समिति सदस्यहरुले दुर्गम क्षेत्रमा हुने नुनको अभाव हटाउन सरकारको ध्यानाकर्षण गराएका थिए । त्यस्तै उनीहरुले यसअघि बर्खायाममा रासायनिक मलको अभाव हुने गरेको भन्दै अहिले समयमा नै सहज आपूर्तिको तयारी गर्न समेत सुझाव दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: काठमाडौं महानगरपालिकाले सामुदायिक विद्यालयमा ‘सेन्ट्रल किचेन’मार्फत खाजा वितरण गर्ने भएको छ। कामपाको आज बसेको नगरसभाको १५औँ अधिवेशनमा आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै कामपाका प्रमुख बालेन्द्र साह बालेनले जानकारी गराएका हुन्। कामपामा रहेका ८९ वटा सामुदायिक विद्यालयमध्ये दुई सयभन्दा कम विद्यार्थी भएका विद्यालयहरुमा ‘सेन्ट्रल किचेन’मार्फत खाजा वितरण गर्ने नीतिमार्फत ...
: विराटनगरको कोशी अस्पतालमा स्त्री रोग तथा प्रसूति विभागको माथिल्लो तलामा सुत्केरीलाई राख्न ‘पोस्टनेटल वार्ड’ बनाउने योजना अनुरूप ट्रस निर्माण गरियो। सुत्केरीलाई राख्ने ठाउँको अभाव भएपछि ट्रस निर्माण गरेर एकपटकमा ४० जनासम्म अटाउन सकिने हल निकालिएको छ। अस्पतालले अघिल्लो आर्थिक वर्षमै ट्रस निर्माणको ठेक्का लगाएको थियो। लक्ष्मण कन्स्ट्रक्सनले ६५ लाखमा ठेक्का पायो। ठेकेदार कम्पनीले जस्तापाताको ...
: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले विभागीय जिम्मेवारी हेरफेर गरेका छन्। अध्यक्ष लिङ्देनले अन्तर्राष्ट्रिय सम्बन्ध विभागको प्रमुखको जिम्मेवारी आफैंले राखेका छन्। त्यस्तै संयोजित संगठन समन्वय विभागको प्रमुखमा प्रवक्ता गोपाल दाहाल, सम्पर्क समाज समन्वय विभागको प्रमुखमा सहमहामन्त्री धनबहादुर बुढा र युवा विभागको प्रमुखमा सहमहामन्त्री प्रकाश रिमाललाई जिम्मेवारी दिइएको हो।
: देशको एक मात्रै राष्ट्रिय सडक सञ्जालको पहुँच नपुगेको जिल्ला हुम्ला हो। देशका ७६ जिल्लामा सडक सञ्जालको पुगिसकेको छ। तर हुम्ला जिल्ला हालसम्म सडक सञ्जालको पहुँच पुगेको छैन। २०५७ सालबाट सुरु भएको कर्णाली करिडोर सडक २०८० सालसम्म आइपुग्दा पनि सडक सञ्जालसँग हुम्ला जोडिन सकेको छैन। देशका अन्य जिल्लामा गाडीबाट दैनिक उपभोग्य वस्तुको ढुवानी हुने गर्छ। ...
: जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकमा देखिएको राजनीतिक अस्थिरताको शिकार आफ्नो पार्टीलाई बनाइएको बताएका छन्। शुक्रबार जनकपुरमा पत्रकार सम्मेलन गर्दै अध्यक्ष यादवले राजनीतिक अस्थिरताका दौडमा राज्यको प्रयोग वा अन्यबाट आफ्नो पार्टी फुटाइएको बताए। उनले सत्ता टिकाउन आफूले नै जसपा नेपाल फुटाएको भन्दै प्रधानमन्त्रीले भाषण गरेको अवस्थामा अन्य शंका गर्ने अवस्था नरहेको बताए। अध्यक्ष ...