मुख्य समाचार
कोशीका मुख्यमन्त्री हिक्मत कार्कीले मागे विश्वासको मत
कोशीका मुख्यमन्त्री हिक्मत कार्कीले मागे विश्वासको मत

: कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभामा विश्वासको मत मागेका छन् । केहीबेरअघि सुरु भएको प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै उनले विश्वासको मत मागेका हुन् । उनी प्रदेशसभाको दोस्रो कार्यकालको तेस्रो मुख्यमन्त्री हुन् । उनी गत बिहीबार मुख्यमन्त्री नियुक्त भएका थिए ।


यता बैठकमा नेपाली कांग्रेस अनुपस्थित भएको छ । कांग्रेसबिना नै बैठक बसेको हो । मुख्यमन्त्रीविरुद्धको मुद्दा सर्वोच्चमा बिचाराधीन रहेको भन्दै कांग्रेस संसद बैठकमा अनुपस्थित भएको हो । सभामुखलाई पत्र लेखेर नै अनुपस्थित भएको सांसद भीम पराजुलीले बताए ।

कोशीको ९३ सदस्यीय संसदमा बहुमतका लागि ४७ जनाको समर्थन आवश्यक पर्छ । कोशीमा एमालेको उपसभामुखसहित ४०, नेपाली कांग्रेसका २९, माओवादीका १३, राष्ट्रिय प्रजातन्त्र पार्टी (सभामुखसहित) का ६, नेकपा (एकीकृत समाजवादी) का ४ र जसपाका १ जना सांसद छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आजको विकासको भोक मेट्न भोलिको पुस्ताले प्रकृतिको तिर्खा बेहोर्नुपर्ने वातावरण सिर्जना गर्नुपर्ने बताएका छन्। बिहीबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले अन्धाधुन्ध विनाश नियन्त्रण गर्नुपर्ने धारणा राखेका हुन्। ‘आजको विकासको भोक मेट्न भोलिको पुस्ताले प्रकृतिको तिर्खा बेहोर्नुपर्ने ढंगले अन्धाधुन्ध विनाश नियन्त्रण गरौँ।’ सांसद शर्माले भने,‘सम्माननीय सभामुख महोदयमार्फत म सम्बन्धित निकाय र ...
: नेकपा एमालेका सचिव योगेश भट्टराईले प्राकृतिक विपद्को पूर्वतयारीमा सरकारको ध्यान पुग्न नसकेको बताएका छन्। बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले विपद जोखिम न्यूनीकरण र पूर्वतयारीमा सरकारको जुन तहको तयारी हुनुपर्ने थियो त्यो नभएको उल्लेख गरेका हुन्। उनले कोशी प्रदेशबाट मनसुन भित्रिएको खुसीको कुरा भएपनि मनसुनले विपद् पनि ल्याइरहेकाले चनाखो हुन सरकारलाई आग्रह गरे। उनले राष्ट्रिय ...
: बागमती प्रदेशको राजधानी रहेको हेटौंडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष आर्थिक वर्ष २०८१/०८२ का लागि २ अर्ब ४३ करोड ८९ लाख ७१ हजार रुपैयाँको बजेट ल्याएको छ। आइतबार बसेको १५ औं नगरसभा बैठकमा हेटौंडा उपमहानगरका उपमेयर राजेश बानियाँले आगामी आर्थिक वर्षको आय व्ययको विवरण प्रस्तुत गरेका हुन्। आगामी आर्थिक वर्षका लागि प्रस्तुत भएको बजेट चालु आर्थिक ...
: नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले बूढीगण्डकी जलविद्युत् आयोजनाको अन्यौलतालाई हटाउनुपर्ने बताएका छन्। आइतबार प्रतिनिधिसभा बैठकमा विभिन्न मन्त्रालय अन्तर्गतको विनियोजन विधेयकमाथि छलफलमा भाग लिदै सांसद् शर्माले बूढीगण्डकी जलविद्युत् मुलुकको गेम चेन्जर परियोजना भएको भन्दै यसलाई बजेट अभाव र सञ्चालनको अन्योलमा पर्न दिन नहुने बताएका हुन्। शर्माले बूढीगण्डकी आयोजना कसले,कसरी र कहिले बनाउने भन्नेमा सरकार स्पष्ट हुनुपर्ने उल्लेख ...
: आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा क्षिरेश्वरनाथ नगरपालिका-५ महेन्द्रनगरका राज नारायण यादवलाई प्रहरीले पक्राउ गरेको छ । ३८ वर्षीय राज नारायणले आफ्नै ३६ वर्षीया श्रीमती रूबी यादवको हत्या गरी मिथिला नगरपालिका-५ स्थित औरही खोला बाबाको मन्दिर छेउको खोल्सामा फालेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ। उनलाई इलाका प्रहरी कार्यालय महेन्द्रनगर र इलाका प्रहरी कार्यालय ढल्केबरबाट खटिएको ...