मुख्य समाचार
सङ्खुवासभामा पेस्तोलसहित एकजना पक्राउ
सङ्खुवासभामा पेस्तोलसहित एकजना पक्राउ

: सङ्खुवासभाको चैनपुर नगरपालिका–१ नूनढाकीबाट कटुवा पेस्तोलसहित एक जना पक्राउ परेका छन्।


जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी निरीक्षक अशोककुमार जबेगुले चैनपुर नगरपालिका–१ नूनढाकीका ४२ वर्षीय दिलकुमार चोङवाङ रहेको जानकारी दिए।

पेस्तोल बोकेर हिँडडुल गर्ने गरेको विशेष सूचनाका आधारमा प्रहरी चौकी नूनढाकी र सङ्खुवासभाको संयुक्त प्रहरी टोलीले एक थान कटुवा पेस्तोलसहित चोङवाङलाई आइबार पक्राउ गरिएको प्रहरी निरीक्षक जबेगुले बताए।




बरामद भएको कटुवा पेस्तोलसहित चोङवाङविरुद्व मुलुकी अपराधसंहिता, २०७४ को हातहतियार तथा खरखजनासम्बन्धी कसूरमा जिल्ला अदालत चैनपुरबाट म्याद थप गरेर अनुसन्धान अघि बढाएको कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: काठमाडौं महानगरपालिकाले सामुदायिक विद्यालयमा ‘सेन्ट्रल किचेन’मार्फत खाजा वितरण गर्ने भएको छ। कामपाको आज बसेको नगरसभाको १५औँ अधिवेशनमा आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै कामपाका प्रमुख बालेन्द्र साह बालेनले जानकारी गराएका हुन्। कामपामा रहेका ८९ वटा सामुदायिक विद्यालयमध्ये दुई सयभन्दा कम विद्यार्थी भएका विद्यालयहरुमा ‘सेन्ट्रल किचेन’मार्फत खाजा वितरण गर्ने नीतिमार्फत ...
: विराटनगरको कोशी अस्पतालमा स्त्री रोग तथा प्रसूति विभागको माथिल्लो तलामा सुत्केरीलाई राख्न ‘पोस्टनेटल वार्ड’ बनाउने योजना अनुरूप ट्रस निर्माण गरियो। सुत्केरीलाई राख्ने ठाउँको अभाव भएपछि ट्रस निर्माण गरेर एकपटकमा ४० जनासम्म अटाउन सकिने हल निकालिएको छ। अस्पतालले अघिल्लो आर्थिक वर्षमै ट्रस निर्माणको ठेक्का लगाएको थियो। लक्ष्मण कन्स्ट्रक्सनले ६५ लाखमा ठेक्का पायो। ठेकेदार कम्पनीले जस्तापाताको ...
: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले विभागीय जिम्मेवारी हेरफेर गरेका छन्। अध्यक्ष लिङ्देनले अन्तर्राष्ट्रिय सम्बन्ध विभागको प्रमुखको जिम्मेवारी आफैंले राखेका छन्। त्यस्तै संयोजित संगठन समन्वय विभागको प्रमुखमा प्रवक्ता गोपाल दाहाल, सम्पर्क समाज समन्वय विभागको प्रमुखमा सहमहामन्त्री धनबहादुर बुढा र युवा विभागको प्रमुखमा सहमहामन्त्री प्रकाश रिमाललाई जिम्मेवारी दिइएको हो।
: देशको एक मात्रै राष्ट्रिय सडक सञ्जालको पहुँच नपुगेको जिल्ला हुम्ला हो। देशका ७६ जिल्लामा सडक सञ्जालको पुगिसकेको छ। तर हुम्ला जिल्ला हालसम्म सडक सञ्जालको पहुँच पुगेको छैन। २०५७ सालबाट सुरु भएको कर्णाली करिडोर सडक २०८० सालसम्म आइपुग्दा पनि सडक सञ्जालसँग हुम्ला जोडिन सकेको छैन। देशका अन्य जिल्लामा गाडीबाट दैनिक उपभोग्य वस्तुको ढुवानी हुने गर्छ। ...
: जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकमा देखिएको राजनीतिक अस्थिरताको शिकार आफ्नो पार्टीलाई बनाइएको बताएका छन्। शुक्रबार जनकपुरमा पत्रकार सम्मेलन गर्दै अध्यक्ष यादवले राजनीतिक अस्थिरताका दौडमा राज्यको प्रयोग वा अन्यबाट आफ्नो पार्टी फुटाइएको बताए। उनले सत्ता टिकाउन आफूले नै जसपा नेपाल फुटाएको भन्दै प्रधानमन्त्रीले भाषण गरेको अवस्थामा अन्य शंका गर्ने अवस्था नरहेको बताए। अध्यक्ष ...