मुख्य समाचार
मेलम्चीको खानेपानी काठमाडौंमा १२ महिना आपूर्तिको व्यवस्था गरिने
मेलम्चीको खानेपानी काठमाडौंमा १२ महिना आपूर्तिको व्यवस्था गरिने

: सरकारले मेलम्ची खानेपानी आयोजनाबाट काठमाडौं उपत्यकामा १२ महिना खानेपानी आपूर्तिको व्यवस्था मिलाउने भएको छ। मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताएका हुन्।


राष्ट्रपति पौडेलले मेलम्ची खानेपानी आयोजनाबाट १२ महिना खानेपानी आपूर्ति हुने व्यवस्था मिलाइ काठमाडौं उपत्यकाको चक्रपथ बाहिर र भक्तपुरको अरनिको राजमार्गसँग जोडिएका क्षेत्रमा क्रमश: खानेपानी आपूर्ति गरिने बताए।

उनले काठमाडौं उपत्यकाको खानेपानी समस्याको दिगो समाधानका लागि शिवपुरी राष्ट्रिय निकुञ्जलगायत जलाधार क्षेत्रमा रहेका स्रोतबाट पानी संकलन गरी वितरण गर्ने प्रवर्द्धन मिलाइने बताए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना–३ फिस्लिङ बजार नजिकै शुक्रबार बिहान भएको सवारी दुर्घटनामा परी घाइते भएका कार चालकको मृत्यु भएको छ । दुर्घटनामा कार चालक कास्कीको पोखरा महानगरपालिका–५ का ३५ वर्षीय समीर ओझाको उपचारका क्रममा पुरानो मेडिकल कलेज भरतपुरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले राससलाई जानकारी दिएको छ। बाँकेको नेपालगञ्जबाट काठमाडौँतर्फ गइरहेको भे १ ...
: चीनको कोरला नाकासँग सिमाना जोडिएको कोरला नाका जोड्ने सडकमा कालोपत्रे गरिने भएको छ। राष्ट्रिय गौरवको कालिगण्डकी करिडोर (बेनी-जोमसोम-कोरला) सडक आयोजनाले पहिलो चरणमा मुस्ताङको वारागुङ मुक्तिक्षेत्रदेखि लोघेकर दामोदरकुण्ड गाउँपालिका घमीसम्मको ५० किमी दुरीको ग्राभेल सडकमा कालोपत्रे गर्न लागिएको हो। राष्ट्रिय गौरवका जोमसोम-कोरला ११० किमी ग्राभेल सडकमध्ये पहिलो चरणमा (कागबेनी-घमी)ग्राभेल सडकलाई कालोपत्रे गर्ने गरी योजना अघि ...
: संघीय संसदअन्तरगत प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयक, २०८१ अन्तर्गत विभिन्न शीर्षकमाथिको छलफलका क्रममा खर्च कटौतीका आठ प्रस्ताव प्रस्तुत गरिएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सांसद प्रेम सुवालले ‘विनियोजन विधेयक, २०८१ अन्तर्गत वन तथा वातावरण मन्त्रालय,खानेपानी मन्त्रालय,सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय शीर्षकको खर्च रकममा उल्लेखित रकम घटाइयोस्’ भनी खर्च कटौतीको प्रस्ताव ...
: मकवानपुर,मनहरी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत देवराज चौलागाईसहित तीनजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मनहरी गाउँपालिकाको वडा नम्बर ६ स्थित लोथर-हाङ्गलाङ्ग-फरिवाङ्ग-पाङ्गथली सडक स्तरोन्नति कार्यमा अनियमितता गरेको आरोपमा तत्कालीन प्रशासकीय अधिकृत देवराज चौलागाई र तत्कालीन इन्जिनियर अमित कुमार ठाकुरविरुद्ध आज विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको आयोगका प्रवक्ता नरहरि घिमिरेले ...
: उत्तरी गोरखामा स्थापित बोर्डर आउटपोस्ट (बिओपी)को टोली र चिनियाँ सुरक्षाकर्मीको टोलीले पहिलो पटक संयुक्त सुरक्षागस्ती गरेको छ। चुमनुब्री गाउँपालिका-१ को साम्दोमा स्थापित बिओपीमा खटिएका सशस्त्र प्रहरीको टोली र चिनियाँ प्रहरी टोलीले शुक्रबार पहिलो पटक संयुक्त गस्ती गरेको सशस्त्र प्रहरीको गोरखास्थित कार्यालय प्रमुख सुमन बोगटीले जानकारी दिए। दुवैतर्फका सीमा सुरक्षा प्रहरीका इञ्चार्ज इन्स्पेक्टर नेतृत्वको टोलीले ...