मुख्य समाचार
‘डज’ मिमको रुपमा चर्चित कुकुर 'काबोसु'को मृत्यु
‘डज’ मिमको रुपमा चर्चित कुकुर 'काबोसु'को मृत्यु

‘डज’ मिमको रुपमा सामाजिक सञ्जालमा चर्चित कुकुर काबोसुको मृत्यु भएको छ । काबोसुको १८ वर्षको उमेरमा मृत्यु भएको बीबीसी समाचारमा उल्लेख छ।


काबोसु १४ वर्षसम्म इन्टरनेटमा मिम्सको माध्यमबाट चर्चित रहेको थियो। काबोसुको फोटो क्रिप्टो मुद्रा 'डज कोइन' मा पनि प्रयोग गरिएको थियो।

सन् २०१० बाट काबुसोको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको हो।


काबोसुको तस्विर एनएफटी डिजिटल नेटवर्कको हिस्सा बनेपछि, 'डज कोइन' क्रिप्टो मुद्रा सिर्जना भयो र यो अहिलेको आठौं ठूलो क्रिप्टो मुद्रा हो।

'डज कोइन' क्रिप्टो मुद्राको बजार मूल्य करिब २३ अर्ब डलर छ।

साथै सोशल मिडिया प्लेटफर्म 'एक्स'का मालिक एलन मस्कले केही समय 'एक्स'मा पनि काबोसुको तस्बिर राखेर लोगो नै परिवर्तन गरेका थिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। मधुमेह, रक्तचाप, मोटोपन, क्यान्सर जस्ता रोगहरूसँग जुधिरहेका मानिसहरूका लागि अमेरिकाले भिसा नियमहरू कडा बनाउने भएको छ । यस्ता रोगहरूसँग सङ्घर्ष गरिरहेका मानिसहरूका लागि अब अमेरिका प्रवेश पाउन कठिन हुन सक्नेछ । अमेरिकी विदेश विभागले शुक्रबार विश्वभरका अमेरिकी दूतावासहरू र वाणिज्य दूतावासहरूलाई गम्भीर स्वास्थ्य समस्या भएका व्यक्तिहरूलाई अमेरिका आउन वा बस्न अनुमति नदिन सर्कुलर गरेको छ ...
। टर्किये (साविकको टर्की)ले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुविरूद्ध वारेन्ट जारी गरेको छ । गाजा क्षेत्रमा नरसंहार गरेको आरोपमा टर्कियेले नेतन्याहु र उनको सरकारका वरिष्ठ अधिकारीहरू विरूद्ध वारेन्ट जारी गरेको हो । टर्किये सरकारले शुक्रबार गिरफतारीका लागि वारेन्ट जारीको घोषणा गरेको समाचार एजेन्सी एएफपीले जनाएको छ । इस्तान्बुल अभियोजक कार्यालयको कुल ३७ जनाविरूद्ध गिरफ्तारीका लागि वारेन्ट जारी गरिएको ...
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सरकारका कुनै पनि अधिकारी यस वर्ष दक्षिण अफ्रिकामा हुने जी-२० सम्मेलनमा सहभागी नहुने घोषणा गरेका छन् । उनले शुक्रबार त्यहाँका सेता किसानहरूमाथि भइरहेको दुर्व्यवहारलाई देखाउँदै अमेरिकी सहभागिता नहुने घोषणा गरेका हुन् । ट्रम्पले यसअघि नै आफू स्वयं पनि उक्त सम्मेलनमा सहभागी नहुने बताएका थिए । उनको सट्टा उपराष्ट्रपति जे.डी. भान्स ...
— तान्जानियाको अदालतले गत साताको हिंसात्मक प्रदर्शनमा सहभागी २ सय ४० जनाविरुद्ध देशद्रोहको मुद्दा अघि बढाएको छ । राष्ट्रपति समिना सुलुलु हसन ९८ प्रतिशत मतसहित निर्वाचित भएको उक्त निर्वाचन निष्पक्ष नरहेको भन्दै प्रदर्शन भएको थियो । अधिकांश विपक्षीहरुलाई यस निर्वाचनमा सहभागी हुन दिइएको थिएन । उनीहरुमध्ये कतिलाई जेलमा राखिएको थियो भने कतिलाई मनोनयन दर्ता गर्न दिइएको ...
— अमेरिकामा ५ हजारभन्दा धेरै उडान प्रभावित भएका छन् । सटडाउनका कारण एयर ट्राफिक कम गर्न उडान कटौती गरिएको पहिलो दिन शुक्रबार ५ हजारभन्दा धेरैको संख्यामा विमान उडान स्थगित वा ढिला भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । सटडाउन जारी रहे आगामी दिन थप उडान कटौती हुनेछन् । संघीय उड्डयन प्रशासन (एफएए) को घोषणाअनुसार ११ नोभेम्बरमा ६ ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम