मुख्य समाचार
मेक्सिकोमा चुनावी अभियानको कार्यक्रममा ‘स्टेज’ भत्किँदा ९ जनाको मृत्यु
मेक्सिकोमा चुनावी अभियानको कार्यक्रममा ‘स्टेज’ भत्किँदा ९ जनाको मृत्यु

बिहीबार उत्तरी मेक्सिकोमा चुनावी अभियानका लागि निर्माण गरिएको कार्यक्रमस्थल (स्टेज) हुरीका कारण भत्किँदा एक बालकसहित ९ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।


नुएभो लियोनका गभर्नर स्यामुएल गार्सियाका अनुसार दुर्घटनामा परी घाइते भएकामध्ये अहिलेसम्म नौ जनाको मृत्यु भएको र अन्य ५० जना घाइते अवस्थामा उपचार भइरहेको छ ।

स्थानीय सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत सार्वजनिक ‘भिडियो फुटेज’ मा दुर्घटनाको दर्दनाक दृश्यलाई देखिन्छ । भिडियोमा स्टेजबाट भाग्दै गरेका मानिसहरूलाई कैँद गरिएको छ ।




गभर्नर गार्सियाले सामाजिक सञ्जाल एक्समा सान पेड्रो गार्जा गार्सिया सहरमा भएको उक्त घटनालाई एउटा त्रासदीको रूपमा वर्णन गरेका छन्।

पिडितका आफन्तहरुले हावाको तीव्र बेगका कारण स्टेज खसेको बताएका छन् । भिडियो सामाग्रीमा सैनिकहरू जमिनमा छरिएका भग्नावशेष र अभियान पोस्टरहरूले भरिएको मैदानमा मेडिकल टोलीहरूले शवहरू भ्यानमा सार्दै गरेको देखिएको थियो ।

कार्यक्रम सान पेड्रो गार्जा गार्सियाका मेयरका लागि सिटिजन्स मुभमेन्ट उम्मेद्वार लोरेनिया क्यानावतीका लागि चुनाबी र्‍याली र अभियान समापनपछि सम्बोधनका लागि तयार पारिएको थियो । कार्यक्रममा पार्टीका सिनेटर र सांसदहरूका उम्मेद्वारहरूले पनि भाग लिएका थिए ।

मेक्सिकोको मौसम विज्ञान शाखाले घटनाअघि नै ७० किलोमिटर प्रति घण्टाको हावाले नुएभो लियोन र अन्य उत्तरी राज्यहरूमा सम्भावित आँधीबेहरी आउने चेतावनी दिएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। मधुमेह, रक्तचाप, मोटोपन, क्यान्सर जस्ता रोगहरूसँग जुधिरहेका मानिसहरूका लागि अमेरिकाले भिसा नियमहरू कडा बनाउने भएको छ । यस्ता रोगहरूसँग सङ्घर्ष गरिरहेका मानिसहरूका लागि अब अमेरिका प्रवेश पाउन कठिन हुन सक्नेछ । अमेरिकी विदेश विभागले शुक्रबार विश्वभरका अमेरिकी दूतावासहरू र वाणिज्य दूतावासहरूलाई गम्भीर स्वास्थ्य समस्या भएका व्यक्तिहरूलाई अमेरिका आउन वा बस्न अनुमति नदिन सर्कुलर गरेको छ ...
। टर्किये (साविकको टर्की)ले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुविरूद्ध वारेन्ट जारी गरेको छ । गाजा क्षेत्रमा नरसंहार गरेको आरोपमा टर्कियेले नेतन्याहु र उनको सरकारका वरिष्ठ अधिकारीहरू विरूद्ध वारेन्ट जारी गरेको हो । टर्किये सरकारले शुक्रबार गिरफतारीका लागि वारेन्ट जारीको घोषणा गरेको समाचार एजेन्सी एएफपीले जनाएको छ । इस्तान्बुल अभियोजक कार्यालयको कुल ३७ जनाविरूद्ध गिरफ्तारीका लागि वारेन्ट जारी गरिएको ...
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सरकारका कुनै पनि अधिकारी यस वर्ष दक्षिण अफ्रिकामा हुने जी-२० सम्मेलनमा सहभागी नहुने घोषणा गरेका छन् । उनले शुक्रबार त्यहाँका सेता किसानहरूमाथि भइरहेको दुर्व्यवहारलाई देखाउँदै अमेरिकी सहभागिता नहुने घोषणा गरेका हुन् । ट्रम्पले यसअघि नै आफू स्वयं पनि उक्त सम्मेलनमा सहभागी नहुने बताएका थिए । उनको सट्टा उपराष्ट्रपति जे.डी. भान्स ...
— तान्जानियाको अदालतले गत साताको हिंसात्मक प्रदर्शनमा सहभागी २ सय ४० जनाविरुद्ध देशद्रोहको मुद्दा अघि बढाएको छ । राष्ट्रपति समिना सुलुलु हसन ९८ प्रतिशत मतसहित निर्वाचित भएको उक्त निर्वाचन निष्पक्ष नरहेको भन्दै प्रदर्शन भएको थियो । अधिकांश विपक्षीहरुलाई यस निर्वाचनमा सहभागी हुन दिइएको थिएन । उनीहरुमध्ये कतिलाई जेलमा राखिएको थियो भने कतिलाई मनोनयन दर्ता गर्न दिइएको ...
— अमेरिकामा ५ हजारभन्दा धेरै उडान प्रभावित भएका छन् । सटडाउनका कारण एयर ट्राफिक कम गर्न उडान कटौती गरिएको पहिलो दिन शुक्रबार ५ हजारभन्दा धेरैको संख्यामा विमान उडान स्थगित वा ढिला भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । सटडाउन जारी रहे आगामी दिन थप उडान कटौती हुनेछन् । संघीय उड्डयन प्रशासन (एफएए) को घोषणाअनुसार ११ नोभेम्बरमा ६ ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम