मुख्य समाचार
कुवेतमा ११ दिनदेखि रसुवाकी युवती सम्पर्कविहीन
कुवेतमा ११ दिनदेखि रसुवाकी युवती सम्पर्कविहीन

: रोजगारीका लागि कुबेत पुगेकी उत्तरगया गाउँपालिका –४ की २९ वर्षीया कमला वाइवा ११ दिनदेखि हराइरहेकी छन्।


उनको खोजी कार्य गरिदिन आफन्तले अनुरोध गरेका छन् ।

रोजगारीका लागि २१ महिनाअघि कुवेत पुगेकी कमला वाइवा बेपत्ता भएपछि खोजी कार्य जारी रहेको छ । परिवारले खोजीका लागि सामाजिक अभियन्ता सावित्री अधिकारीलाई र सबै सञ्चार माध्यमममा अनुरोध गरेका छन् ।




छोरीसँग अन्यत्र काम गर्ने वा नेपाल फिर्ता पठाइदिने भनेर कम्पनीले पासपोर्ट मागेपछि सम्पर्कविहीन भएको र अधिकारीको पहलमा खोजी भइरहेको परिवारले बताएको छ। खोजीका लागि सक्दो सहयोग गरिदिन कमलाका बाबु काजीमान वाइवाले सवैलाई अनुरोध गरेका छन् । वाइवा समेत २६ जना कुवेतमा हराइरहेको सूचना छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। थाइल्यान्डमा अलपत्र परेका एक जना नेपाली नागरिकको उद्धार गरी नेपाल फिर्ता ल्याइएको छ । थाइल्यान्डस्थित नेपाली दूतावासले १ जना नेपाली नागरिकको उद्धार गरी नेपाल फिर्ता गरेको जनाएको छ । दूतावासका अनुसार आकर्षक रोजगारीको प्रलोभनमा पारी लाओसको गोल्डन ट्र्याङ्गलमा लगेर गैरकानुनी रूपमा काम गर्न बाध्य बनेका ती नेपाली नागरिक भागेर थाइल्यान्ड छिरेका थिए । थाई सरकारी निकायको ...
: मलेसिया सरकारले त्यहाँको अध्यागमन कानुन उल्लंघन गर्ने १३ जना नेपालीलाई निष्काशन(डिपोर्ट) गरेको छ । उनीहरू गत साता काठमाडौं आइपुगेका छन् । वैदेशिक रोजगारीका लागि विभिन्न मेनपावरमार्फत् त्यहाँ पुगेका उनीहरूले कम्पनी फेर्ने,प्रवेशाज्ञाको म्याद सकिएपछि समेत काम गर्नेलगायत अध्यागमन कानुन उल्लंघन गरेपछि मलेसिया सरकारले निष्काशन गरेको हो । अध्यागमन प्रहरीले पक्राउ गरेपछि अनुसन्धान गरी मालिन्दो एयरलाइन्सको ...
— गत मंगलबार चीनको स्वशासित क्षेत्र तिब्बतको डिङ्ग्री काउन्टीका भूकम्पपीडितलाई ल्हासास्थित नेपाली महावाणिज्यदूतावासको सहजीकरणमा त्यहाँ रहेको संस्था नेपाली दुःख निवारण कल्याणकोषले ल्हासामा बसोबास गरिरहेका नेपाली समुदायबाट सङ्कलन भएको ३७ लाख १७ हजार पाँच सय ३० रुपैयाँ प्रदान गरिएको छ । ल्हासास्थित रेडक्रस कार्यालयमा आज आयोजित कार्यक्रममा कल्याणकोषका अध्यक्ष कुञ्जो धार्के नेपालीले ल्हासा रेडक्रसका प्रमुख लियो यिदोङलाई ...
: दक्षिण कोरियामा गैरकानुनी रुपमा बसेका थप चारजना नेपालीलाई निष्काशन गरिएको छ। अध्यागमन स्रोतका अनुसार निष्काशित हुनेमा दुर्गाबहादुर राई, खुमबहादुर छत्याल, बिनोद निरौला र विजय पुन रहेका छन्। उनीहरू गत साता कोरियन एयरबाट काठमाडौं आएका हुन्। कोरियामा गैरकानुनी रुपमा बसेका उनीहरूलाई त्यहाँको अध्यागमन कार्यालयले पक्राउ गरि नेपाल पठाएको हो। पछिल्लो समय गैरकानुनी रुपमा ...
: अमेरिकाको उत्तरी भर्जिनियाको एक होटलमा रहेको बरफको पोखरीमा कार डुब्दा २ जना नेपालीको मृत्यु भएको छ। बिहीबार बिहान भर्जिनियाको चान्टिलीमा रहेको एक होटल बाहिर १० फिट गहिरो पोखरीमा कार डुबेको अवस्थामा फेला परेको र त्यस कारभित्र दुई जना नेपालीको शव भेटिएको सञ्चारमाध्यमहरुमा उल्लेख छ। प्रहरीले लगभग बिहान ७:३० बजेतिर हिउँमा चिप्लिएर पोखरीमा कार खसेको ...