मुख्य समाचार
चीन, जापान र दक्षिण कोरियाबीच सहकार्य बढाउने प्रतिबद्धता
चीन, जापान र दक्षिण कोरियाबीच सहकार्य बढाउने प्रतिबद्धता

: दक्षिण कोरिया, चीन र जापानका शीर्ष नेताबीच पाँच वर्षपछि पहिलो पटक सोमबार भएको बैठकमा क्षेत्रीय स्थिरताका विषयमा छलफल भएको छ । दक्षिण कोरियाका राष्ट्रपति युन सुक योल, चीनका प्रधानमन्त्री ली कियाङ र जापानका प्रधानमन्त्री फुमियो किशिदाले करिब पाँच वर्षपछि पहिलो पटक त्रिपक्षीय वार्ताका लागि सियोलमा भेला भएका हुन् ।


वार्ताको एजेन्डामा उत्तर कोरिया आधिकारिक रुपमा नभए पनि किशिदाले बैठकपछि भने, “तीनै देशले आणविक निःशस्त्रीकरण आफ्नो साझा हितमा हुने पुष्टि गरेका छन् ।”

वार्ता हुनुभन्दा केही घण्टाअघि उत्तर कोरियाले अर्को जासुसी उपग्रह अन्तरिक्षमा पठाउने योजना बनाएको घोषणा गरेको थियो । यसले ब्यालेस्टिक प्रविधिको प्रयोग गरेर परीक्षण गर्नबाट रोक्ने संयुक्त राष्ट्रसङ्घको प्रतिबन्धको उल्लङ्घन गर्नेछ ।




युन र किशिदाले प्योङयाङलाई यो प्रक्षेपण रद्द गर्न आग्रह गरेका थिए भने दक्षिण कोरियाली नेताले यसले क्षेत्रीय र विश्वव्यापी शान्ति र स्थिरतालाई कमजोर पार्ने बताए ।

उनले यदि किमले आफ्नो चौथो प्रक्षेपण अघि बढाएमा ‘निर्णायक’ अन्तर्राष्ट्रिय प्रतिक्रियाका लागि आह्वान गरेका थिए । सियोलले युक्रेनमा प्रयोगका लागि हतियार पठाउने बदलामा रूसी सहयोग आउने दाबी गरेको छ ।

“कोरियाली प्रायद्वीपमा उत्तर कोरियाको आणविक निःशस्त्रीकरण र स्थिरता हाम्रा तीन देशको साझा हितमा छ भन्ने कुरा हामीले फेरि एकपटक पुष्टि गरेका छौं,” किशिदाले बैठकपछि भने ।

विश्लेषकहरूले अन्तरिक्ष प्रक्षेपण क्षमता र ब्यालेस्टिक क्षेप्यास्त्रको विकासबीच महत्वपूर्ण प्राविधिक ओभरल्याप रहेको बताए ।

चीन उत्तर कोरियाको सबैभन्दा ठूलो व्यापारिक साझेदार र प्रमुख कूटनीतिक सहयोगी हो र उसले लामो समयदेखि प्योङयाङको हतियार परीक्षणको निन्दा गर्दै आएको छ ।

चिनियाँ प्रधानमन्त्री लीले आफ्नो उद्घाटन मन्तव्यमा तीनै देश ‘पारस्परिक लाभका लागि सहयोग गर्न इच्छुक रहेको’ बताए ।

“लीले आर्थिक र व्यापारिक मुद्दालाई राजनीतिक खेल वा सुरक्षा मामिलामा बदल्न, संरक्षणवादलाई अस्वीकार गर्न र आपूर्ति शृङ्खलालाई विच्छेद गर्न आह्वान गरेको बेलायती समाचार संस्था रोयटर्सले उल्लेख गरेको छ ।

तीन देशले व्यापार र लगानीका लागि पारदर्शी र पूर्वानुमानयोग्य वातावरण सिर्जना गर्ने र सुरक्षित आपूर्ति शृङ्खला स्थापना गर्ने निर्णय गरेको उनले बताए। - रासस/एएफपी

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। जापानको हिरोशिमा अमेरिकाले आणविक बम खसालेको ८० वर्ष पूरा भएको छ । आणविक बम बिस्फोटको ८० वर्ष पुगेको सन्दर्भ पारेर जापानको पश्चिमी शहर हिरोशिमा हजारौं मानिस भेला भएका छन् । उक्त विस्फोटको प्रभावमा परेर पनि बाँचेकाहरू, जापानका प्रधानमन्त्री शिगेरु इशिबा, हिरोशिमाका मेयर काजुमी मात्सुइसँगै सरकारी अधिकारीहरू, १२० देश तथा क्षेत्रका प्रतिनिधिहरू शान्ति पार्कमा भेला ...
। रुसमा शक्तिशाली भूकम्प गएपछि सुनामीको खतराको बढेको भन्दै जापानमा १९ लाखभन्दा बढी मानिसलाई घर छाड्न आदेश जारी भएको छ । मंगलबार रुसको सुदूरपूर्वी तटीय क्षेत्र कामचट्का प्रायद्वीप नजिक ८.८ म्याग्निच्युडको भूकम्प गएको हो । जापानको मौसम विज्ञान विभागले आफ्नो पूर्वी तटका अधिकांश क्षेत्रमा सुनामीको खतरा जारी भएको अलजजिराले उल्लेख गरेको छ । विभागले समून्द्री क्षेत्रमा ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र जापानबिच एक प्रमुख व्यापार सम्झौतामा सहमत भएको घोषणा गरेका छन्। ट्रम्पले सम्झौताअन्तर्गत जापानले अमेरिकामा ५५० अर्ब डलर लगानी गर्नेछ र १५ प्रतिशत पारस्परिक भन्सार शुल्क तिर्ने जानकारी गराएका छन्। ट्रम्पले आफ्नै सामाजिक सञ्जाल ट्रुथ सोसलमा भनेका छन्,'हामीले जापानसँग एक विशाल सम्झौता सम्पन्न गरेका छौं। सम्भवत: अहिलेसम्मकै सबैभन्दा ...
। जापानको ओसाकामा विश्वमै प्रतिष्ठित मानिने ओसाका कान्साई एक्स्पो (विश्व प्रदर्शनी) सुरु भएको ३ महिनापछि नेपालले मण्डप तयार गरेको छ । निर्माण कम्पनीलाई निर्माण लागत तिर्न नसक्दा एक्स्पो सुरु भएको तीन महिना पछि मात्र नेपाल मण्डप सञ्चालनमा आएको हो । एक्स्पोमा नेपाल मण्डप निर्माणका लागि नेपाल सरकारले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गत व्यापार तथा निकासी प्रवर्द्धन ...
जापानी वैज्ञानिकहरूले सबैभन्दा तीव्र गतिको इन्टरनेटको विकास गरेर नयाँ विश्व कीर्तिमान कायम गरेका छन् । उनीहरूले १.०२ पेटाबाइट्स (१० लाख २० हजार गिगाबाइट) प्रति सेकेन्ड गतिको इन्टरनेट विकास गर्न सफल भएका छन् । इन्टरनेटको यो गति यतिधेरै उच्च हो कि यसमार्फत नेटफ्लिक्समा रहेका सम्पूर्ण भिडियोहरु एक सेकेन्डमै डाउनलोड गर्न सकिन्छ । त्यस्तै १५० जीबी साइजको ...