मुख्य समाचार
जापानका अनुसन्धानकर्ताद्वारा विश्वको पहिलो काठको उपग्रह निर्माण
जापानका अनुसन्धानकर्ताद्वारा विश्वको पहिलो काठको उपग्रह निर्माण

: जापानी अनुसन्धानकर्ताहरूले विश्वको पहिलो काठको उपग्रह बनाएका छन्। क्योटो विश्वविद्यालय र लगिङ कम्पनी सुमितोमो वन विज्ञान विभागका वैज्ञानिकहरूले बनाएको प्रयोगात्मक उपग्रहको प्रत्येक भाग मात्र दश सेन्टिमिटर रहेको छ।


विकासकर्ताहरूले म्याग्नोलिया काठबाट बनेको लिग्नोस्याट नामक उपग्रह अर्को हप्ता अन्तरिक्ष एजेन्सी जाक्सालाई हस्तान्तरण गर्ने योजना बनाएका छन्। यसलाई सेप्टेम्बरमा केनेडी स्पेस सेन्टरबाट स्पेसएक्स रकेटद्वारा अन्तरिक्षमा पठाइनेछ। त्यहाँबाट उपग्रहलाई यसको शक्ति र स्थायित्व परीक्षण गर्न जापानी आईएसएस प्रयोग मोड्युलबाट प्रक्षेपण गरिनेछ।

'उपग्रहले अनुसन्धानकर्तालाई तथ्याङ्क पठाउनेछ जसले दबाबका सङ्केत र उपग्रहले कतिसम्मको तापक्रम थेग्न सक्छ भनेर जाँच गर्न सक्छन्, सुमितोमो वन विज्ञान विभागका प्रवक्ताले बुधबार बताए।




'धातुबाट नबनेका उपग्रहहरू मुख्यधारमा रहनुपर्छ', अन्तरिक्ष यात्री र क्योटो विश्वविद्यालयका विशेष प्राध्यापक ताकाओ डोईले पत्रकार सम्मेलनमा भने।

सिर्जनाकर्ताहरुले उपकरण वायुमण्डलमा पुनःप्रवेश गर्दा काठको सामग्री पूर्ण रूपमा जलेको हुने र यसका कारण उपग्रह पृथ्वीमा फर्कँदा हानिकारक धातुका कणहरु उत्पादन नहुने बताएका छन्। यी धातुका कणले वातावरण र दूरसञ्चारमा नकारात्मक प्रभाव पार्न सक्छ,' विकासकर्ताहरूले मङ्गलबार काठको उपग्रहको निर्माण पूरा भएको घोषणा गर्ने क्रममा बताए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। जापानको हिरोशिमा अमेरिकाले आणविक बम खसालेको ८० वर्ष पूरा भएको छ । आणविक बम बिस्फोटको ८० वर्ष पुगेको सन्दर्भ पारेर जापानको पश्चिमी शहर हिरोशिमा हजारौं मानिस भेला भएका छन् । उक्त विस्फोटको प्रभावमा परेर पनि बाँचेकाहरू, जापानका प्रधानमन्त्री शिगेरु इशिबा, हिरोशिमाका मेयर काजुमी मात्सुइसँगै सरकारी अधिकारीहरू, १२० देश तथा क्षेत्रका प्रतिनिधिहरू शान्ति पार्कमा भेला ...
। रुसमा शक्तिशाली भूकम्प गएपछि सुनामीको खतराको बढेको भन्दै जापानमा १९ लाखभन्दा बढी मानिसलाई घर छाड्न आदेश जारी भएको छ । मंगलबार रुसको सुदूरपूर्वी तटीय क्षेत्र कामचट्का प्रायद्वीप नजिक ८.८ म्याग्निच्युडको भूकम्प गएको हो । जापानको मौसम विज्ञान विभागले आफ्नो पूर्वी तटका अधिकांश क्षेत्रमा सुनामीको खतरा जारी भएको अलजजिराले उल्लेख गरेको छ । विभागले समून्द्री क्षेत्रमा ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र जापानबिच एक प्रमुख व्यापार सम्झौतामा सहमत भएको घोषणा गरेका छन्। ट्रम्पले सम्झौताअन्तर्गत जापानले अमेरिकामा ५५० अर्ब डलर लगानी गर्नेछ र १५ प्रतिशत पारस्परिक भन्सार शुल्क तिर्ने जानकारी गराएका छन्। ट्रम्पले आफ्नै सामाजिक सञ्जाल ट्रुथ सोसलमा भनेका छन्,'हामीले जापानसँग एक विशाल सम्झौता सम्पन्न गरेका छौं। सम्भवत: अहिलेसम्मकै सबैभन्दा ...
। जापानको ओसाकामा विश्वमै प्रतिष्ठित मानिने ओसाका कान्साई एक्स्पो (विश्व प्रदर्शनी) सुरु भएको ३ महिनापछि नेपालले मण्डप तयार गरेको छ । निर्माण कम्पनीलाई निर्माण लागत तिर्न नसक्दा एक्स्पो सुरु भएको तीन महिना पछि मात्र नेपाल मण्डप सञ्चालनमा आएको हो । एक्स्पोमा नेपाल मण्डप निर्माणका लागि नेपाल सरकारले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गत व्यापार तथा निकासी प्रवर्द्धन ...
जापानी वैज्ञानिकहरूले सबैभन्दा तीव्र गतिको इन्टरनेटको विकास गरेर नयाँ विश्व कीर्तिमान कायम गरेका छन् । उनीहरूले १.०२ पेटाबाइट्स (१० लाख २० हजार गिगाबाइट) प्रति सेकेन्ड गतिको इन्टरनेट विकास गर्न सफल भएका छन् । इन्टरनेटको यो गति यतिधेरै उच्च हो कि यसमार्फत नेटफ्लिक्समा रहेका सम्पूर्ण भिडियोहरु एक सेकेन्डमै डाउनलोड गर्न सकिन्छ । त्यस्तै १५० जीबी साइजको ...