मुख्य समाचार
दक्षिण अफ्रिकाको निर्वाचनमा ३ दशकपछि मण्डेलाको पार्टीले बहुमत गुमाउने संकेत
दक्षिण अफ्रिकाको निर्वाचनमा ३ दशकपछि मण्डेलाको पार्टीले बहुमत गुमाउने संकेत

। दक्षिण अफ्रिकामा निर्वाचनको प्रारम्भिक परिणाम सार्वजनिक भएको छ । प्रारम्भिक निर्वाचन परिणामले ३० वर्षपछि अफ्रिकन नेशनल कंग्रेस एएनसीले संसदमा बहुमत गुमाउने संकेत देखाएको बीबीसीले उल्लेख गरेको छ ।

हालसम्म १४ प्रतिशत निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक हुँदा पूर्वराष्ट्रपति नेल्सन मण्डेलाको दल एएनसीले ४३ प्रतिशतले अग्रता कायम राखेको छ भने अर्को दल डीएले २६ प्रतिशत मत प्राप्त गरेको छ ।


पूर्व राष्ट्रपति ज्याकोब जुमाको दल एमके पार्टीले ८ प्रतिशत मत पाएको छ । निर्वाचनको सम्पूर्ण परिणाम एक सातापछि आउने छ । प्रारम्भिक परिणामले त्यहाँ अब गठबन्ध सरकार बन्ने स्केत देखाएको छ । भ्रष्टाचार, अपराध तथा बेरोजगार मौलाउँदा एएनसीको जनसमर्थन घटेको छ ।

यसपटकको निर्वाचनमा ७० वटा राजनीतिक दल र ११ स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा थिए । दक्षिण अफ्रिकामा संघीय सदन तथा ९ वटा प्रदेशसभाका लागि निर्वाचन भएको थियो । प्रारम्भिक परिणामले एनएनसीप्रति अझैपनि जनता भ्रममा रहेको देखाएको विश्लेषकहरुको अभिमत छ ।




यस निर्वाचनले दक्षिण अफ्रिकाको लोकतान्त्रिक प्रणालीलाइ अझै संक्रमणकालीन अवस्थामा धकेल्ने जोखिम रहेको विश्लेषक रिचार्ड कलाण्डले बीबीसीसँग भनेका छन् ।

‘हामी लोकतन्त्रको अर्को चरणमा प्रवेश गरेका छौँ । संभवत हामी संक्रमणकालीन अवस्थामा पनि पुग्नसक्ने जोखिम छ । हाम्रो लोकतन्त्र प्रतिस्पर्धात्मक र परिपक्व बन्ने संभावनासँगै राजनीति धुमिल हुने चुनौती प्रारम्भिक निर्वाचन परिणामले देखाएको छ,’ उनले भने ।

प्रतिपक्षी दल डेमोक्रेटिक एलायन्स डीएले अन्य १० राजनीतिक दलसँग सहकार्य गरेको छ । सत्ता बनाउन आवश्यक संख्या जुटेमा एएनसीलाई रोक्ने उसको लक्ष्य छ ।

डीएको यो संभावनाका लागि एएनसीको मत ५० प्रतिशत भन्दा कम आउनुपर्छ । गत निर्वाचनमा एएनसीले ५७.५ प्रतिशत मत पाउँदा डिएले २१ प्रतिशत मत पाएको थियो ।

दक्षिण अफ्रिकामा राष्ट्रपति संसदबाटै चयन हुने भएकाले वर्तमान राष्ट्रपति क्रिल रमाफोसानै सत्तामा हुनेछन् । एएनसीले बहुमत गुमाएपनि संसदको ठूलो दल भने बन्ने निश्चित छ ।

दक्षिण अफ्रिकाको निर्वाचनमा २ करोड ७० लाख मतदाता दर्ता भएका थिए । ती मध्ये युवा मतदाताको संख्या बढी थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। साहित्यतर्फको नोबेल पुरस्कार हङ्गेरीका लेखक लास्लो क्राज्नाहोर्काइले पाउने भएका छन् । ‘प्रलयकारी भयबिच पनि प्रभावशाली र दूरदर्शी रचनाहरूबाट कलाको शक्ति पुनः पुष्टि’ गरेकाले लास्लोलाई यस वर्षको साहित्यतर्फको नोबेल पुरस्कार दिने निर्णय गरिएको स्विडिश एकेडेमीले जनाएको छ । क्राज्नाहोर्काइका कृति हङ्गेरियन, अङ्ग्रेजी, फ्रेन्च, जर्मन र स्विडिस भाषामा प्रकाशित छन् । उनले विभिन्न चलचित्रका लागि कथा पनि लेखेका ...
। छिमेकी मुलुक भारतको मध्य प्रदेशमा कफ सिरप सेवनबाट कम्तीमा पनि २० जना बालबालिकाको मृत्यु भएपछि कफ सिरफ उत्पादन गर्ने एक कम्पनीका मालिकलाई प्रहरीले पक्राउ गरेको छ । मध्य प्रदेश प्रहरीले चेन्नईस्थित स्रेसन फार्माका मालिक एस रंगनाथनलाई पक्राउ गरेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । यो कम्पनी कोल्ड्रिफ नामक दूषित खोकीको सिरप उत्पादन गरेको मध्य प्रदेश प्रहरीको ...
। इजरायलसँग युद्धविराम सहमति भएसँगै हमास लडाकुले मुक्त गराउने २० जना युद्धवन्दीको नामावली सार्वजनिक भएको छ । तर यो नामावलीमा नेपालका विपिन जोशीको नाम भने छैन । इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितले मुक्त हुने भनिएकाको सूचीमा विपिनको नाम नरहेको जानकारी दिएका हुन् । उनका अनुसार सोमबारभित्र छाड्ने भनिएका २० जना जीवित व्यक्तिहरु सबै इजरायली नागरिकहरु ...
। फिलिपिन्सको मिन्दानाओ केन्द्र भएर शक्तिशाली भूकम्प गएको छ । भूकम्पको तीव्रता ७.४ म्याग्निच्युड मापन भएको अमेरिकी भौगर्भिक सर्भेले जनाएको छ । भूकम्पपछि सुनामीको चेतावनी जारी गरिएको छ । यो समाचार तयार पार्दासम्म भूकम्पले क्षति पुर्‍याएको विवरण आइसकेको छैन । यसअघि ३० सेप्टेम्बरमा फिलिपिन्सको सेबु प्रान्तमा ६.९ म्याग्निच्युडको भूकम्प जाँदा ६९ जनाको मृत्यु भएको थियो भने करिब ...
: रसायनशास्त्रतर्फको नोबेल पुरस्कार विजेताको घोषणा गरिएको छ। स्वीडेनको रोयल स्वीडिश एकेडेमी अफ साइन्सेसले बुधबार पुरस्कार तीन जना वैज्ञानिकले संयुक्त रूपमा प्रदान गरिने घोषणा गरेको हो। पुरस्कार सुसुमु कितागावा, रिचर्ड रोबसन र ओमर एम. याघीलाई प्रदान गरिएको छ। धातु जैविक ढाँचाको विकासका लागि यो पुरस्कार दिइएको हो। यसअघि मंगलबार भौतिकशास्त्रको क्षेत्रमा योगदान दिएको भन्दै वैज्ञानिक जोन क्लार्क, ...