मुख्य समाचार
चीन र अरब राष्ट्रबीच नवप्रवर्तनसहित ५ क्षेत्रमा सहकार्यको घोषणा
चीन र अरब राष्ट्रबीच नवप्रवर्तनसहित ५ क्षेत्रमा सहकार्यको घोषणा

। चीन र अरब राष्ट्रबीच आपसी सहकार्यको घोषणा भएको छ । चिनियाँ राष्ट्रपति सी जिनपिङले चीन र अरबबीच विभिन्न पाँच क्षेत्रमा सहकार्य अघि बढ्ने घोषणा गरेको ग्लोबल टाइम्सले उल्लेख गरेको छ ।

चीन-अरब राज्य सहकार्यक मञ्चको सभालाई सम्बोधन गर्दै सीले सहकार्यका पाँच ढाँचा अघि सारेका हुन् । चीन र अरबबीच गतिशील नवप्रवर्तन, विस्तारित सहयोग र लगानीमा नवीनत सहकार्य, ऊर्जा क्षेत्रमा वृहत सहकार्यको घोषणा भएको हो ।




यस्तै, आर्थिक र व्यापारिक रुपमा आपसी हित र जनस्तरमा आदनप्रदानमार्फत थप सहकार्यको पनि घोषणा भएको ग्लोबल टाइम्सले उल्लेख गरेको छ ।

नवप्रवर्तनअन्तर्गत चीन र अरबले संयुक्त रुपमा अरबमा १० वटा अत्याधुनिक स्वास्थ्य प्रयोगशाला निर्माण गर्नेछन् । यस्तै यान्त्रिक बौद्धिकतामा आधारित प्रविधिमा उनीहरुबीच सहकार्यको घोषणा भएको छ ।




यस्तै ऊर्जा क्षेत्रमा हरित ऊर्जामा सहकार्य गर्ने र आधुनिक कृषि प्रणालीका साथै सूचना प्रविधिमा सहयोग गर्ने घोषणा गरिएको छ । यस्तै दुई मुलुकबीच अन्तरिक्षको प्रविधिमा पनि सहकार्यको घोषणा भएको छ ।

चीन-अरब राष्ट्र सहकार्य मञ्च स्थापना भएको दुई दशक पुगेको छ । योबीचमा अरब राष्ट्र र चीनबीच राम्रो व्यापारिक सम्बन्ध स्थापना भएको छ । अरब राष्ट्रसँग व्यापार गर्ने मुलुकमा चीन अग्रपंक्तिमै छ ।

अरब राष्ट्र र चीनबीच बीआरआईमा पनि सहकार्यको सम्झौता छ । जसअन्तर्गत २०० भन्दा बढी परियोजनामा आपसी सहकार्य भइरहेको छ । यसबाट २ अर्ब मानिस लाभान्वित हुने अपेक्षा राखिएको छ ।

चीन र अरब राष्ट्रबीच हाल ४०० अर्बको व्यापार भएको छ । सहकार्यको नयाँ ढाँचामार्फत यस व्यापारलाइ बढोत्तरी दिने आपसी अपेक्षा रहेको छ ।

बिहीबार सम्मेलनमा सम्बोधन गर्दै सीले चीन र अरबबीचको सहकार्य नयाँ उचाइमा अघि बढिरहेको बताएका छन् । उनले चीनले अरबसँग रणनीतिक साझेदारी गर्दै आपसी सम्बन्धलाई नयाँ उचाइमा लान तयार रहेको समेत उल्लेख गरेका छन् ।

चिनियाँ प्रधानमन्त्री सीले सन् २०२६ को चीन-अरब सम्मेलन आफ्नो मुलुकले आयोजना गर्ने बताएका छन् । ‘मध्यपूर्व सम्भावनानै सम्भावना रहेको भूमी हो । यद्यपि यसमा क्षेत्र युद्धमा मडारिरहेको छ । न्यायिक रुपमा युद्धको निरुपण गर्दै शान्ति कायमका लागि सबैको सहयोग आवश्यक छ । चीन दुई राज्यको अवधारणामा अडिग छ र इजरायल प्यालेस्टाइनको युद्ध अन्त्यको पक्षमा छ,’ उनले सम्बोधनमा भनेका छन् ।

चीनले प्यालेस्टाइनलाई स्वतन्त्र राज्यको मान्यतामा विगतदेखिनै समर्थन गर्दै आएको छ । सीले गाजामा मानवीय सहायताका लागि एक अर्ब युआन सहयोगको समेत घोषणा गरेका छन् ।

चीनले द्वन्द्वपछिको पुर्ननिर्माणका लागि पाँच अर्ब युआन सहयोगको प्रतिबद्धतासमेत व्यक्त गरेका छन् । यस्तै उनले प्यालेस्टाइन शरणार्थीहरुलाई सहयोगका निम्ति राष्ट्रसंघीय निकायलाई ३० लाख डलर सहयोग गर्ने घोषणा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। साहित्यतर्फको नोबेल पुरस्कार हङ्गेरीका लेखक लास्लो क्राज्नाहोर्काइले पाउने भएका छन् । ‘प्रलयकारी भयबिच पनि प्रभावशाली र दूरदर्शी रचनाहरूबाट कलाको शक्ति पुनः पुष्टि’ गरेकाले लास्लोलाई यस वर्षको साहित्यतर्फको नोबेल पुरस्कार दिने निर्णय गरिएको स्विडिश एकेडेमीले जनाएको छ । क्राज्नाहोर्काइका कृति हङ्गेरियन, अङ्ग्रेजी, फ्रेन्च, जर्मन र स्विडिस भाषामा प्रकाशित छन् । उनले विभिन्न चलचित्रका लागि कथा पनि लेखेका ...
। छिमेकी मुलुक भारतको मध्य प्रदेशमा कफ सिरप सेवनबाट कम्तीमा पनि २० जना बालबालिकाको मृत्यु भएपछि कफ सिरफ उत्पादन गर्ने एक कम्पनीका मालिकलाई प्रहरीले पक्राउ गरेको छ । मध्य प्रदेश प्रहरीले चेन्नईस्थित स्रेसन फार्माका मालिक एस रंगनाथनलाई पक्राउ गरेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । यो कम्पनी कोल्ड्रिफ नामक दूषित खोकीको सिरप उत्पादन गरेको मध्य प्रदेश प्रहरीको ...
। इजरायलसँग युद्धविराम सहमति भएसँगै हमास लडाकुले मुक्त गराउने २० जना युद्धवन्दीको नामावली सार्वजनिक भएको छ । तर यो नामावलीमा नेपालका विपिन जोशीको नाम भने छैन । इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितले मुक्त हुने भनिएकाको सूचीमा विपिनको नाम नरहेको जानकारी दिएका हुन् । उनका अनुसार सोमबारभित्र छाड्ने भनिएका २० जना जीवित व्यक्तिहरु सबै इजरायली नागरिकहरु ...
। फिलिपिन्सको मिन्दानाओ केन्द्र भएर शक्तिशाली भूकम्प गएको छ । भूकम्पको तीव्रता ७.४ म्याग्निच्युड मापन भएको अमेरिकी भौगर्भिक सर्भेले जनाएको छ । भूकम्पपछि सुनामीको चेतावनी जारी गरिएको छ । यो समाचार तयार पार्दासम्म भूकम्पले क्षति पुर्‍याएको विवरण आइसकेको छैन । यसअघि ३० सेप्टेम्बरमा फिलिपिन्सको सेबु प्रान्तमा ६.९ म्याग्निच्युडको भूकम्प जाँदा ६९ जनाको मृत्यु भएको थियो भने करिब ...
: रसायनशास्त्रतर्फको नोबेल पुरस्कार विजेताको घोषणा गरिएको छ। स्वीडेनको रोयल स्वीडिश एकेडेमी अफ साइन्सेसले बुधबार पुरस्कार तीन जना वैज्ञानिकले संयुक्त रूपमा प्रदान गरिने घोषणा गरेको हो। पुरस्कार सुसुमु कितागावा, रिचर्ड रोबसन र ओमर एम. याघीलाई प्रदान गरिएको छ। धातु जैविक ढाँचाको विकासका लागि यो पुरस्कार दिइएको हो। यसअघि मंगलबार भौतिकशास्त्रको क्षेत्रमा योगदान दिएको भन्दै वैज्ञानिक जोन क्लार्क, ...