मुख्य समाचार
टिचिङभित्रै मापदण्डविपरीत औषधि पसल, महानगरले लगायो ताला
टिचिङभित्रै मापदण्डविपरीत औषधि पसल, महानगरले लगायो ताला

। काठमाडौंको त्रिवि शिक्षण अस्पताल (टिचिङ हस्पिटल)को कम्पाउण्डभित्रै मापदण्ड विपरित फार्मेसी सञ्चालन गरेको भेटिएपछि महानगरले ताला लगाएको छ ।

काठमाडौं महानगरपालिकामा टिचिङ हस्पिटलअगाडि म्याद नाघेको औषधि बेचेको गुनासो आएपछि बुधबार महानगरको स्वास्थ्य विभागले अनुगमन गरेको थियो ।

‘एक बिरामी बच्चालाई म्याद नाघेको औषधि बेचेको पाइयो । फार्मेसी सञ्चालन गर्नुपर्ने न्यूनतम मापदण्ड पालना पनि नगरेको पाइएपछि टिचिङको कम्पाउन्डमा रहेको पानोर्मा र पञ्जजन्य गरी २ वटा फार्मेसीमा ताला लगाएका हौं,’ महानगरकी निमित्त स्वास्थ्य विभाग प्रमुख सजिना महर्जनले भनिन् ।

महर्जनका अनुसार फार्मेसीमा रहेको भ्याक्सिनलाई राख्नुपर्ने तापक्रमको मापदण्डमा नराखेको, अनुमतिबिनै नार्कोटिक्स ड्रग्सजन्य औषधी बेचिएको समेत पाइएको छ ।

ताला लगाएका फार्मेसीहरुलाई महानगरले कानुन बमोजिम कारबाही र जरिवाना गरेर मात्रै टिचिङको कम्पाउन्ड बाहिर चलाउन दिने महर्जनले बताइन् । उनले टिचिङको कम्पाउन्डमा निजी फार्मेसी राख्न नमिल्ने नियम रहेको भन्दै अन्य फार्मेसीलाई पनि बाहिर बस्नुपर्ने बताइन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
सुडानमा नरसंहार, साढे २ वर्षयता ४० हजारभन्दा बढीको हत्या
बैतडीमा ट्याक्टर दुर्घटना : एकजनाको मृत्यु, चालक फरार
अमेरिका-चीन सम्बन्ध: तनावको भूमध्यरेखामा शान्तिको ‘हटलाइन’
नेकपा एकीकृत समाजवादी, नेकपा माओवादी केन्द्रसहितका दलहरूबीचसँग एकताको सैद्धान्तिक र नीतिगत विषय टुंगिएको छ
नागढुंगा सुरुङमार्ग सञ्चालनका लागि सेवा प्रदायक छनोट गर्न टेण्डर आह्वान