मुख्य समाचार
डोनाल्ड ट्रम्प ३४ कसुरमा दोषी ठहर, राष्ट्रपति चुनाव लड्न पाउँछन् कि पाउँदैनन् ?
डोनाल्ड ट्रम्प ३४ कसुरमा दोषी ठहर, राष्ट्रपति चुनाव लड्न पाउँछन् कि पाउँदैनन् ?

: अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई न्यूयोर्क अदालतले ३४ मुद्दामा दोषी ठहर गरेको छ । व्यावसायिक अभिलेखहरूमा किर्ते गरेको आरोप लागेका पूर्वराष्ट्रपति ट्रम्प ३४ वटा कसुरममा दोषी ठहर भएका हुन्।


उनको सजाय जुलाई ११ मा सुनाइने जनाइएको छ। ट्रम्पले भने उक्त निर्णयको विरोध गर्दै लाजमर्दो र धाँधली भएको बताएका छन् ।

अमेरिकी इतिहासमा वर्तमान वा पूर्व राष्ट्रपतिलाई आपराधिक मुद्दा चलाइएको छ र दोषी ठहराइएको यो पहिलो घटना भएको बताइएको छ।




अमेरिकी राष्ट्रपति जो बाइडेनको अभियान टोलीले ‘कानूनभन्दा माथि कोही नभएको’ भन्दै निर्णयलाई उचित ठहर गरेको छ ।

अमेरिकामा हुन गइरहेको राष्ट्रपति चुनावको लागि डोनाल्ड ट्रम्प रिपब्लिकन पार्टीबाट उम्मेदवार हुन् । ट्रम्पलाई दोषी ठहराएपछि ट्रम्पको अभियान टोलीले उनलाई ‘राजनीतिक बन्दी’को रूपमा प्रस्तुत गरेको र ठूलो संख्यामा मानिसले चन्दा दिएको दाबी गरेको छ ।

बाइडेन सत्तारुढ डेमोक्रेटिक पार्टीबाट राष्ट्रपतिका उम्मेदवार हुन् । उनको अभियान टोलीले ट्रम्पले अझै पनि मतदानमा हार्न बाँकी नै रहेको बताएको छ।

ट्रम्पमाथि २०१६ को राष्ट्रपति चुनाव अघि पोर्न स्टार स्टर्मी डेनियललाई मौन रहन 'हश मनी' भुक्तानी गरेको र आफ्नो कारोबारमा हेरफेर गरेको ३४ आरोप लागेको छ।

ट्रम्पले भने आफूमाथि लगाइएको आरोपहरु अस्वीकार गर्दै आएका थिए।

ट्रम्पले चुनाव लड्न पाउँछन्?

दोषी ठहर भए पनि ट्रम्प यसै वर्ष नोभेम्बरमा हुने अमेरिकी राष्ट्रपति चुनावमा उम्मेदवार बन्न सक्ने छन् ।

अमेरिकी संविधानले राष्ट्रपति पदका उम्मेदवारका लागि कम्तीमा ३५ वर्षको उमेर भएको, संयुक्त राज्यको आजीवन नागरिक भएको र कम्तीमा १४ वर्षसम्म संयुक्त राज्य अमेरिकामा बसेको हुनुपर्ने न्यूनतम योग्यता तय गरेको छ।

आपराधिक अभिलेख भएका उम्मेदवारलाई चुनाव लड्न नदिने कुनै कानुन छैन। जेलमा रहेका व्यक्तिले पनि राष्ट्रपतिको चुनाव लड्न सक्छन् । बीबीसी

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। साहित्यतर्फको नोबेल पुरस्कार हङ्गेरीका लेखक लास्लो क्राज्नाहोर्काइले पाउने भएका छन् । ‘प्रलयकारी भयबिच पनि प्रभावशाली र दूरदर्शी रचनाहरूबाट कलाको शक्ति पुनः पुष्टि’ गरेकाले लास्लोलाई यस वर्षको साहित्यतर्फको नोबेल पुरस्कार दिने निर्णय गरिएको स्विडिश एकेडेमीले जनाएको छ । क्राज्नाहोर्काइका कृति हङ्गेरियन, अङ्ग्रेजी, फ्रेन्च, जर्मन र स्विडिस भाषामा प्रकाशित छन् । उनले विभिन्न चलचित्रका लागि कथा पनि लेखेका ...
। छिमेकी मुलुक भारतको मध्य प्रदेशमा कफ सिरप सेवनबाट कम्तीमा पनि २० जना बालबालिकाको मृत्यु भएपछि कफ सिरफ उत्पादन गर्ने एक कम्पनीका मालिकलाई प्रहरीले पक्राउ गरेको छ । मध्य प्रदेश प्रहरीले चेन्नईस्थित स्रेसन फार्माका मालिक एस रंगनाथनलाई पक्राउ गरेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । यो कम्पनी कोल्ड्रिफ नामक दूषित खोकीको सिरप उत्पादन गरेको मध्य प्रदेश प्रहरीको ...
। इजरायलसँग युद्धविराम सहमति भएसँगै हमास लडाकुले मुक्त गराउने २० जना युद्धवन्दीको नामावली सार्वजनिक भएको छ । तर यो नामावलीमा नेपालका विपिन जोशीको नाम भने छैन । इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितले मुक्त हुने भनिएकाको सूचीमा विपिनको नाम नरहेको जानकारी दिएका हुन् । उनका अनुसार सोमबारभित्र छाड्ने भनिएका २० जना जीवित व्यक्तिहरु सबै इजरायली नागरिकहरु ...
। फिलिपिन्सको मिन्दानाओ केन्द्र भएर शक्तिशाली भूकम्प गएको छ । भूकम्पको तीव्रता ७.४ म्याग्निच्युड मापन भएको अमेरिकी भौगर्भिक सर्भेले जनाएको छ । भूकम्पपछि सुनामीको चेतावनी जारी गरिएको छ । यो समाचार तयार पार्दासम्म भूकम्पले क्षति पुर्‍याएको विवरण आइसकेको छैन । यसअघि ३० सेप्टेम्बरमा फिलिपिन्सको सेबु प्रान्तमा ६.९ म्याग्निच्युडको भूकम्प जाँदा ६९ जनाको मृत्यु भएको थियो भने करिब ...
: रसायनशास्त्रतर्फको नोबेल पुरस्कार विजेताको घोषणा गरिएको छ। स्वीडेनको रोयल स्वीडिश एकेडेमी अफ साइन्सेसले बुधबार पुरस्कार तीन जना वैज्ञानिकले संयुक्त रूपमा प्रदान गरिने घोषणा गरेको हो। पुरस्कार सुसुमु कितागावा, रिचर्ड रोबसन र ओमर एम. याघीलाई प्रदान गरिएको छ। धातु जैविक ढाँचाको विकासका लागि यो पुरस्कार दिइएको हो। यसअघि मंगलबार भौतिकशास्त्रको क्षेत्रमा योगदान दिएको भन्दै वैज्ञानिक जोन क्लार्क, ...