मुख्य समाचार
सिक्किममा दोस्रोपल्ट मुख्यमन्त्री बन्दै पीएस गोले
सिक्किममा दोस्रोपल्ट मुख्यमन्त्री बन्दै पीएस गोले

— सिक्किममा पुन: एकपल्ट सिक्किम क्रान्तिकारी मोर्चा(एसकेएम) ले सरकार बनाउने भएको छ । अप्रिल १९ मा भएको विधानसभा चुनावको मतगणना आइतबार बिहानदेखि जारी छ। सुरुवाती मतपरिणामअनुसार मुख्यमन्त्री प्रेमसिंह तामाङ(पीएस गोले) नेतृत्वको एसकेएम निकै अगाडि रहेको छ ।

भारत निर्वाचन आयोगका अनुसार ३२ सिट रहेको सिक्किम विधानसभामा एसकेएम ३० सिटमा अगाडि रहेको छ । सिक्किममा सरकार बनाउन १७ सिट आवश्यक हुन्छ । त्यस्तै पूर्वमुख्यमन्त्री पवनकुमार चाम्लिङ नेतृत्वको सिक्किम डेमोक्रेटिक फ्रन्ट भने १ सिटमा मात्र अगाडि रहेको छ । सुरुवाती मतपरिणाम नै अन्तिमसम्म कायम रहे एसकेएमको गत चुनावमा भन्दा अब्बल प्रदर्शन सावित हुनेछ ।




सन् २०१९ को चुनावमा एसकेएमले १७ र एसडीएफले १५ सिट जितेको थियो । तर एसडीएफले उपनिर्वाचनमा २ सिट गुमाउन पुगेको थियो । एसडीएफका पवनकुमार चाम्लिङ रदोर्जी छिरिङ लेप्चाले २-२ सिटबाट जितेका थिए । उपनिर्वाचनमा भने एसडीएफले जितेका ती दुवै क्षेत्रमा एसकेएम विजयी भएको थियो । २५ वर्षदेखि सिक्किममा सरकार हाँकिरहेका चाम्लिङले चुनावमा पराजय मात्र भोगेनन्, आफ्नै सांसदहरूलाई पार्टीमा राख्न पनि सकेनन् । चुनाव जितेको केही दिनमा एसडीएफका १० सांसद बीजेपी प्रवेश गरेका थिए । उत्तरपूर्वी भारतीय राज्यहरूमा आफ्नो उपस्थिति बलियो बनाउने रणनीति चालेको बीजेपी एसडीएफका १० सांसद भित्र्याउँदै सिक्किममा दोस्रो ठूलो दल बनेको थियो । बीजेपी प्रवेश गरेका २ सांसद भने पछि एसकेएम प्रवेश गरे ।

तामाङको एसकेएम पार्टी सन् २०१४ मा स्थापना भएको हो  । पूर्वमुख्यमन्त्री नरबहादुर भण्डारीको पार्टी सिक्किम संग्राम परिषद् त्यागेर चाम्लिङ एडीएफले सन् १९९३ मा एसडीएफ गठन गरेका थिए । पार्टी गठनलगत्तै उनले भण्डारीको पार्टीलाई अल्पमतमा पारेका थिए । सन् १९९९ को निर्वाचनपछि चाम्लिङले बहुमत पाएर सरकार बनाएका थिए । ।

चाम्लिड सन् १९९४ देखि २०१९ सम्म सिक्किमको मुख्यमन्त्री बजे । उनी सिक्किमका पाँचौँ मुख्यमन्त्री हुन् । सबभन्दा लामो समय मुख्यमन्त्रीको कुर्सीमा बस्ने उनी पहिलो भारतीय हुन् । उनी २५ वर्षदेखि मुख्यमन्त्रीको कुर्सीमा थिए । उनले पश्चिम बंगालका तत्कालीन मुख्यमन्त्री ज्योति वसुको नामको रेकर्ड पनि तोडेका छन् । यसअघि वसु सबभन्दा बढी समय मुख्यमन्त्री हुने नेता थिए ।


सिक्किममा पहिलो मुख्यमन्त्री काजी लेन्डुप दोर्जे हुन् । इन्डियन नेसनल कंग्रेसबाट जितेका उनी सन् १९७५ मे १६ देखि १८ अगस्ट १९७९ सम्म मुख्यमन्त्री भएका थिए । त्यसपछि करिब तीन महिना अर्थात् १८ अगस्ट १९७९ देखि १८ अक्टोबर १९७९ सम्म राष्ट्रपति शासन लागू भएको थियो ।

करिब तीन महिना लामो संक्रमणकालीन अवस्थापछि नरबहादुर भण्डारी सिक्किमको मुख्य मन्त्री बने । १८ अक्टोबर १९७९ देखि ११ मे १९८४ सम्म । उनी सिक्किम जनता परिषद् नामक पार्टीको नेता थिए । ११ मे १९८४ देखि २५ मे १९८४ सम्म करिब १५ दिन इन्डियन नेसनल कंग्रेसका नेता बीबी गुरुड मुख्यमन्त्री बने । करिब ११ महिनासम्म पुन: राष्ट्रपति शासन लागू भयो ।

८ मार्च १९८५ देखि १७ जुन १९९४ सम्म पुन: नरबहादुर भण्डारी मुख्यमन्त्री बने । त्यो बेला यिनको दलको नाम फेरिएर सिक्किम संग्राम परिषद् बनिसकेको थियो । हाल सिक्किममा यो दलको कुनै अस्तित्व नै छैन । भण्डारीपछि १७ जुन १९९४ देखि १२ डिसेम्बर १९९४ सम्मको करिब ७ महिना सञ्चमान लिम्बू मुख्यमन्त्री बने ।

अरुणाचलमा बीजेपी अगाडि

आइतबार सिक्किमसँगै अरुणाचल विधानसभा चुनावको पनि मतगणना जारी छ । ६० सिट रहेको अरुणाचल विधानसभामा बीजेपीले अग्रता बनाएको छ । अहिलेसम्मको परिणामअनुसार बीजेपी ४० सिटमा अगाडि रहेको छ । त्यस्तै नेसनल पिपल्स पार्टी ८ र पिपल्स पार्टी अफ अरुणाचल ३ सिटमा अगाडि रहेका छन् ।

शनिबार सातौं तथा अन्तिम चरणको मतदान भएसँगै भारतमा १८ औं लोकसभाको चुनाव सम्पन्न भएको छ । डेढ महिना लगाएर केही केन्द्र शासितसहित २८ राज्यमा चुनाव पूरा भएको हो । १९ अप्रिलदेखि प्रारम्भ भएको मतदान सात चरणमा गरी १ जुनमा सकिएको छ । मत गणना भने ४ जुनमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। साहित्यतर्फको नोबेल पुरस्कार हङ्गेरीका लेखक लास्लो क्राज्नाहोर्काइले पाउने भएका छन् । ‘प्रलयकारी भयबिच पनि प्रभावशाली र दूरदर्शी रचनाहरूबाट कलाको शक्ति पुनः पुष्टि’ गरेकाले लास्लोलाई यस वर्षको साहित्यतर्फको नोबेल पुरस्कार दिने निर्णय गरिएको स्विडिश एकेडेमीले जनाएको छ । क्राज्नाहोर्काइका कृति हङ्गेरियन, अङ्ग्रेजी, फ्रेन्च, जर्मन र स्विडिस भाषामा प्रकाशित छन् । उनले विभिन्न चलचित्रका लागि कथा पनि लेखेका ...
। छिमेकी मुलुक भारतको मध्य प्रदेशमा कफ सिरप सेवनबाट कम्तीमा पनि २० जना बालबालिकाको मृत्यु भएपछि कफ सिरफ उत्पादन गर्ने एक कम्पनीका मालिकलाई प्रहरीले पक्राउ गरेको छ । मध्य प्रदेश प्रहरीले चेन्नईस्थित स्रेसन फार्माका मालिक एस रंगनाथनलाई पक्राउ गरेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । यो कम्पनी कोल्ड्रिफ नामक दूषित खोकीको सिरप उत्पादन गरेको मध्य प्रदेश प्रहरीको ...
। इजरायलसँग युद्धविराम सहमति भएसँगै हमास लडाकुले मुक्त गराउने २० जना युद्धवन्दीको नामावली सार्वजनिक भएको छ । तर यो नामावलीमा नेपालका विपिन जोशीको नाम भने छैन । इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितले मुक्त हुने भनिएकाको सूचीमा विपिनको नाम नरहेको जानकारी दिएका हुन् । उनका अनुसार सोमबारभित्र छाड्ने भनिएका २० जना जीवित व्यक्तिहरु सबै इजरायली नागरिकहरु ...
। फिलिपिन्सको मिन्दानाओ केन्द्र भएर शक्तिशाली भूकम्प गएको छ । भूकम्पको तीव्रता ७.४ म्याग्निच्युड मापन भएको अमेरिकी भौगर्भिक सर्भेले जनाएको छ । भूकम्पपछि सुनामीको चेतावनी जारी गरिएको छ । यो समाचार तयार पार्दासम्म भूकम्पले क्षति पुर्‍याएको विवरण आइसकेको छैन । यसअघि ३० सेप्टेम्बरमा फिलिपिन्सको सेबु प्रान्तमा ६.९ म्याग्निच्युडको भूकम्प जाँदा ६९ जनाको मृत्यु भएको थियो भने करिब ...
: रसायनशास्त्रतर्फको नोबेल पुरस्कार विजेताको घोषणा गरिएको छ। स्वीडेनको रोयल स्वीडिश एकेडेमी अफ साइन्सेसले बुधबार पुरस्कार तीन जना वैज्ञानिकले संयुक्त रूपमा प्रदान गरिने घोषणा गरेको हो। पुरस्कार सुसुमु कितागावा, रिचर्ड रोबसन र ओमर एम. याघीलाई प्रदान गरिएको छ। धातु जैविक ढाँचाको विकासका लागि यो पुरस्कार दिइएको हो। यसअघि मंगलबार भौतिकशास्त्रको क्षेत्रमा योगदान दिएको भन्दै वैज्ञानिक जोन क्लार्क, ...