मुख्य समाचार
युरोपा कन्फ्रेन्स लिगको उपाधि ओलम्पियाकोजलाई
युरोपा कन्फ्रेन्स लिगको उपाधि ओलम्पियाकोजलाई

— ओलम्पियाकोज युरोपेली फुटबलको उपाधि जित्ने पहिलो ग्रिक क्लब भएको छ । उसले बुधबार भएको युरोपा कन्फ्रेन्स लिगको फाइनलमा फियोरेन्टिनालाई १–० लाई पराजित गर्‍यो ।


निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा टुंगिएपछि प्रतिस्पर्धा अतिरिक्त समयमा प्रवेश गरेको थियो । त्यसकै १ सय १६ औं मिनेटमा मोरक्कोका स्ट्राइकर अयोब एल काबीले निर्णायक गोल गरे ।


यसअघि सन् १९७१ मा ग्रिकको प्याथानाइकोज नै युरोपियन कपको फाइनल पुगेको थियो, तर त्यसमा आयाक्ससँग पराजित भएको थियो । सन् २०२१ देखि सुरु भएको युरोपा कन्फ्रेन्स लिग युरोपली क्लब फुटबलको तेस्रो ठूलो प्रतियोगिता हो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: अखिल नेपाल फुटबल संघ (एन्फा)ले आगामी पुस २५ गतेदेखि राष्ट्रिय लिग फुटबल प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको छ। सोमबार बसेको एन्फाको आपतकालीन बैठकका निर्णय सार्वजनिक गर्दै एन्फाले पुस २५ गतेदेखि राष्ट्रिय लिग फुटबल प्रतियोगिता गर्ने र त्यसका लागि ए डिभिजन क्लबहरूलाई टिम दर्ता गर्न खुला गर्ने निर्णय भएको जनाएको हो। बैठकले राष्ट्रिय लिग सम्पन्न ...
: इन्डियन प्रिमियर लिग (आईपीएल)मा पावर हिटरको रूपमा परिचित वेस्ट इन्डिज क्रिकेट टोलीका अलराउन्डर आन्द्रे रसेलले आईपीएलबाट सन्न्यास लिएका छन्। नयाँ सिजनमा उनी अभिषेक नायरको नेतृत्वमा रहेको कोलकाता नाइट राइडर्स (केकेआर)को सपोर्ट स्टाफको हिस्सा हुनेछन्। तर रसेलले विश्वभरका अन्य क्रिकेट लिगमा खेल्न जारी राख्नेछन्। इन्स्टाग्राममा जारी गरिएको एक भावुक भिडियोमा रसेलले आईपीएलबाट सन्न्यासको घोषणा गरेका छन्। 'म तपाईंलाई ...
: राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले परिषद्का सदस्य–सचिव टंकलाल घिसिङलाई बिदाइ गरेको छ। ४ वर्षे कार्यकाल सम्पन्न भएपछि शुक्रबार परिषद्ले सदस्य–सचिव टंकलाल घिसिङको बिदाइ गरेको हो। त्यस्तै ४ वर्षे कार्यकाल पुरा गरेका राखेप बोर्ड सदस्यहरूलाई समेत बिदाइ गरिएको छ। बिदाइ कार्यक्रममा घिसिङले आफ्नो कार्यकालमा खेल र खेलाडीको विकासका लागि विधि प्रक्रिया अनुसार काम गरेको भन्दै ...
: नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणको १३ औँ खेलमा लुम्बिनी लायन्सलाई ७ विकेटले हराउँदै सुदूरपश्चिम रोयल्सले आफ्नो अपराजित यात्रा कायम राखेको छ। बिहीबार त्रिवि क्रिकेट स्टेडियममा भएको पहिलो खेलमा लुम्बिनीले दिएको १४४ रनको मध्यम लक्ष्य पछ्याएको सुदूरपश्चिमले १८.२ ओभरमा ३ विकेट गुमाउँदै १४५ रनसहित लक्ष्य पूरा गरेको हो। यो जितसँगै सुदूरले प्लेअफ सम्भावना बलियो ...
: भारत र श्रीलंकामा आयोजना हुने टी-२० विश्वकपमा नेपाल समूह सीमा परेको छ। आइसीसीले मंगलबार सार्वजनिक गरेको तालिकाअनुसार नेपाल समूह सीमा परेको हो। समूह सीमा नेपालसँगै इंग्ल्यान्ड, वेस्ट इन्डिज, बंगलादेश र इटाली रहेका छन्। त्यस्तै समूह एमा भारत, पाकिस्तान, अमेरिका, नेदरल्यान्ड्स र नामिबिया रहेका छन्। त्यस्तै समूह बीमा अष्ट्रेलिया, श्रीलंका, आरल्यान्ड, निम्बावे र ओमान र ...