मुख्य समाचार
खेलमा सफल, राजनीतिमा असफल भाइचुङ : संसदीय चुनावमा छैँटौँ हार
खेलमा सफल, राजनीतिमा असफल भाइचुङ : संसदीय चुनावमा छैँटौँ हार

— भारतीय फुटबल टिमका पूर्वकप्तान भाइचुङ भुटिया सिक्किम विधानसभा चुनावमा पराजित भएका छन् । सिक्किम विधानसभा चुनावमा सिक्किम डेमोक्रेटिङ फ्रन्ट(एसडीएफ)का उम्मेदवार भाइचुङ बार्फुङ क्षेत्रबाट पराजित भएका हुन् ।

भाइचुङलाई सिक्किम क्रान्तिकारी मोर्चाका रिक्साल दोर्जी भुटियाले पराजित गरेका हुन् । रिक्सालले ८ हजार ३ सय ५८ मत प्राप्त गर्दा भाइचुङले ४ हजार १२ मत ल्याए ।


सत्तारुढ सिक्किम क्रान्तिकारी मोर्चाले राज्यमा 'क्लिन स्विप' गरेको छ । विधानसभामा ३२ सिटमध्ये ३१ मा मोर्चा विजयी भएको छ ।

सन् २०१८ मा आफैं हाम्रो सिक्किम पार्टी खोलेका भाइचुङ गत नोभेम्बरमा मात्र पूर्वमुख्यमन्त्री पवन चाम्लिङ नेतृत्वको एसडीएफमा प्रवेश गरेका थिए । उनी एसडीएफका उपाध्यक्षसमेत हुन् ।

भाइचुङ भुटिया संसदीय चुनावमा पराजित भएको यो छैँटौँ पटक हो । उनी २०१४ मा तृणमूल कंग्रेसबाट दार्जीलिङ क्षेत्रबाट लोकसभा चुनाव लडेका थिए । त्यस्तै तृणमूलबाट २०१६ मा सिलिगुडीबाट पश्चिम बंगाल विधानसभा चुनाव पनि लडे तर उनी पराजित भए । त्यसपछि उनी सन् २०१९ मा सिक्किम विधानसभा चुनावमा ग्यांगटोक र तुमेन-लिंगी क्षेत्रबाट उम्मेदवार बनेका थिए । त्यस्तै उनी २०१९ को विधानसभा उपचुनाव मा पनि ग्यांगटोकबाट पराजित भए ।


भाइचुङ फुटबलमा जति सफल मानिए, राजनीतिमा त्यो सफलता पाएका छैनन् । भाइचुङले भारतीय राष्ट्रिय टोलीमा झन्डै १६ वर्ष एकछत्र राज गरेका थिए । सन् २०११ मा अन्तर्राष्ट्रिय फुटबल करिअरबाट सन्न्यास लिएर बसेका उनी फुटबल एकेडेमी चलाएर बसेका थिए । भाइचुङले दिल्लीस्थित जवाहरलाल नेहरु रंगशालामा बायर्न म्युनिखसँगको खेलबाट सन्न्यास लिएका हुन् । उनले भारतका लागि १०० भन्दा बढी खेल खेलेका छन् । अन्तर्राष्ट्रिय प्रतियोगितामा उनले भारतका लागि ४३ गोल गरेका छन् । उनकै नेतृत्वमा भारतीय फुटबल टिमले ३ पल्ट साफ च्याम्पियनसिपसमेत जितेको छ ।

तृणमूल प्रमुख ममता बनर्जीसँगको पारिवारिक सम्बन्धले उनलाई राजनीतिमा ल्याएको बताइन्छ । भाइचुङ राजनीतिमा आउनुअघि डान्स रियालिटी शो ‘झलक दिखलाजा’ मा पनि सहभागी बने । उनी तेस्रो संस्करणको विजेता पनि बनेका थिए ।

सन् १९७६ डिसेम्बरमा सिक्किममा जन्मिएका भाइचुङको फुटबल मोह सानैदेखिको हो । १६ वर्षको उमेरमा यिनले बंगालको चर्चित क्लब इस्ट बंगालवाट खेल्ने थालिसकेका थिए । इस्ट बंगालपछि अर्को चर्चित क्लब मोहन बगानबाट पनि उनले खेले । लगत्तै राष्ट्रिय टिममा अवसर पाए । युरोपेली क्लबहरूबाट खेल्ने पहिलो भारतीय फुटबल खेलाडी पनि हुन् भाइचुङ । १९९९ मा इङ्लिस क्लब बरीले उनीसँग ३ वर्षको सम्झौता गरेको थियो । फुटबलका यी हस्तीले सन् १९९८ मा अर्जुन पुरस्कार, २००८ मा प्रतिष्ठत पद्मश्री, २०१४ मा बंगला भूषणलगायतका सम्मान पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: अनिलकुमार शाह र माज सदाकतको अर्धशतकीय पारीसहित जनकपुरले प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ। नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणमा जनकपुर बोल्ट्सले पहिलो जित निकालेको हो। जनकपुर बा्ल्ट्सले चितवन राइनोजविरुद्ध ६ विकेटको जित निकालेको हो। त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको चितवन राइनोजले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १७६ रन बनाएको ...
: अखिल नेपाल फुटबल संघ (एन्फा)ले आगामी पुस २५ गतेदेखि राष्ट्रिय लिग फुटबल प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको छ। सोमबार बसेको एन्फाको आपतकालीन बैठकका निर्णय सार्वजनिक गर्दै एन्फाले पुस २५ गतेदेखि राष्ट्रिय लिग फुटबल प्रतियोगिता गर्ने र त्यसका लागि ए डिभिजन क्लबहरूलाई टिम दर्ता गर्न खुला गर्ने निर्णय भएको जनाएको हो। बैठकले राष्ट्रिय लिग सम्पन्न ...
: इन्डियन प्रिमियर लिग (आईपीएल)मा पावर हिटरको रूपमा परिचित वेस्ट इन्डिज क्रिकेट टोलीका अलराउन्डर आन्द्रे रसेलले आईपीएलबाट सन्न्यास लिएका छन्। नयाँ सिजनमा उनी अभिषेक नायरको नेतृत्वमा रहेको कोलकाता नाइट राइडर्स (केकेआर)को सपोर्ट स्टाफको हिस्सा हुनेछन्। तर रसेलले विश्वभरका अन्य क्रिकेट लिगमा खेल्न जारी राख्नेछन्। इन्स्टाग्राममा जारी गरिएको एक भावुक भिडियोमा रसेलले आईपीएलबाट सन्न्यासको घोषणा गरेका छन्। 'म तपाईंलाई ...
: राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले परिषद्का सदस्य–सचिव टंकलाल घिसिङलाई बिदाइ गरेको छ। ४ वर्षे कार्यकाल सम्पन्न भएपछि शुक्रबार परिषद्ले सदस्य–सचिव टंकलाल घिसिङको बिदाइ गरेको हो। त्यस्तै ४ वर्षे कार्यकाल पुरा गरेका राखेप बोर्ड सदस्यहरूलाई समेत बिदाइ गरिएको छ। बिदाइ कार्यक्रममा घिसिङले आफ्नो कार्यकालमा खेल र खेलाडीको विकासका लागि विधि प्रक्रिया अनुसार काम गरेको भन्दै ...
: नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणको १३ औँ खेलमा लुम्बिनी लायन्सलाई ७ विकेटले हराउँदै सुदूरपश्चिम रोयल्सले आफ्नो अपराजित यात्रा कायम राखेको छ। बिहीबार त्रिवि क्रिकेट स्टेडियममा भएको पहिलो खेलमा लुम्बिनीले दिएको १४४ रनको मध्यम लक्ष्य पछ्याएको सुदूरपश्चिमले १८.२ ओभरमा ३ विकेट गुमाउँदै १४५ रनसहित लक्ष्य पूरा गरेको हो। यो जितसँगै सुदूरले प्लेअफ सम्भावना बलियो ...