मुख्य समाचार
कीर्तपुर क्रिकेट मैदान आसपासमै खेलाडीका लागि आवास बनाउँछौँ : खेलकुदमन्त्री श्रेष्ठ
कीर्तपुर क्रिकेट मैदान आसपासमै खेलाडीका लागि आवास बनाउँछौँ : खेलकुदमन्त्री श्रेष्ठ

— युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले कीर्तिपुर क्रिकेट मैदान आसपासमै खेलाडीहरुका लागि होस्टलको व्यवस्था गरिने बताएका छन् ।


बिहीवार कीर्तिपुर क्रिकेट मैदानको निरीक्षण एवं अवलोकनका लागि पुगेका उनले अन्य देशहरुमा मुख्य मैदान आसपासमै खेलाडीहरुका लागि होस्टलको व्यवस्था हुने गरेको भन्दै नेपालले पनि त्यसको सिको गर्ने बताए ।


उनले त्यसले खेलाडीहरुलाई मैदानमा अभ्यास गर्न जान पनि सहज हुने उनको विश्वास छ । उनले फ्लड लाइट जडानको कुरा केही प्राविधिक र प्रशासनिक त्रुटिका कारण रोकिरहेको भन्दै आगामी आर्थिक वर्षका लागि २० करोड रुपैयाँ छुट्याइएको बताए।

उनले भने, ‘खेलाडीहरुलाई होस्टेल बाहिर खेल मैदान नजिकै हुने गरेको देखियो । नेपालमा पनि त्यसैअनुसार होस्टेल बनाउन हामीले छलफल गरिरहेका छौँ । फ्लड लाइटको कुरा जुन छ, प्राविधिक खालको प्रशासनिक त्रुटिले गर्दा गत वर्ष पनि हुन सकेको थिएन । यस वर्ष पनि हामीले २० करोड राखेका छौँ । व्यवहारिक हिसावले यहाँको संरचनालाई सुदृढीकरण गर्ने र अन्तर्राष्ट्रियस्तरमा अन्य राष्ट्रलाई तिमीहरुको जस्तै संरचना बनाउँदैछौँ भनेर सन्देश दिनु नै हो । विगतको ५ वर्षको भन्दा सबैभन्दा ठूलो बजेट यस वर्ष छ । चाहना असीमित छन्, श्रोत र पुँजी कम छ । जहिले पनि राज्यसँग आश गरेरमात्रै हुँदैन, खेलकुद आफैँ व्यवसायिक हुनुपर्छ ।’

सो क्रममा क्यानका सचिव पारस खड्काले पूर्वाधारको कुरा गर्दा अबको ५ महिनासम्म अन्तर्राष्ट्रिय नरहेकाले क्रिकेट पूर्वाधार बनाउने काममा आफूहरु लागिसकेको बताए । उनले क्रिकेट पिचलाई व्यवस्थित गर्ने, मैदान पुग्ने दर्शकलाई छुट्याएर पुरुष र महिला शौचालय निर्माण गर्ने, भिआईपी क्षेत्रमा स्ट्रक्चर प्लान गर्ने सोच रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत गएराति भएको खेलमा म्यानचेस्टर सिटीले‌ फुलहमलाई पराजित गरेको छ । ९ गोल भएको खेलमा सिटी ५-४ गोलअन्तरले विजयी भएको हो । सिटीको जितमा फिल फोडेनले २ गोल गरे भने एर्लिङ हालान्ड र तिजानी रेइन्दर्सले एक-एक गोल गर्दा एक गोल उपहार पायो । फुलहमका सामुयल चुकुजेले २ गोल गर्दा एमिले स्मिथ रोवी ...
। स्पेनिस लालिगा फुटबलमा बार्सिलोनाले एट्लेटिको मड्रिडमाथि सहज जित हासिल गरेको छ । गएराति घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले ३-१ को जित निकालेको हो । बार्सिलोनाको जितमा राफिन्हा, डानी ओल्मो र फेरान टोरेसले १-१ गोल गरे । एट्लेटिकोका लागि एलेक्स बाइनाले १ गोल गरे । खेलमा सुरुवाती अग्रता भने एट्लेटिकोले नै लिएको थियो । १९औं मिनेटमा बाइनाले ...
। म्यान्चेस्टर सिटीका नर्वेजियन स्ट्राइकर एर्लिङ हालान्डले इंग्लिस प्रिमियर लिग फुटबलमा १०० गोल पूरा गरेका छन् । गएराति फुलहमविरुद्ध सिटीको ५-४ को जितमा गोल गरेका हालान्डले कीर्तिमानी १०० गोल पूरा गरेका हुन् । उनले यो उपलब्धि केवल १११ खेलमै पूरा गरे, जुन इतिहासमै सबैभन्दा छिटो हो । यसअघि एलन शियररले १२४ खेल र ह्यारी केनले १४१ ...
। इन्डोनेसियामा जारी त्रिदेशीय महिला फुटबलमा नेपाल चाइनिज ताइपेइसँग पराजित भएको छ । नेपाललाई चाइनिज ताइपेइले १-० गोलअन्तरले हराएको हो । खेलको ५३औं मिनेटमा के सी हुआङले चाइनिज ताइपेइका लागि गोल गरेकी थिइन् । नेपाल पहिलो खेलमा इन्डोनेसियासँग २-१ ले पराजित भएको थियो भने चाइनिज ताइपेइले इन्डोनेसियालाई ५-० ले पराजित गरेको थियो । नेपाललाई हराएसँगै चाइनिज ताइपेइ यो ...
। एडम रोसिङटनको शतक मद्दतमा पोखरा एभेन्जर्सले सिद्धार्थ बैँक नेपाल प्रिमियर लिग (एनपीएल) मा मंगलबार कर्णाली याक्सलाई ३४ रनले पराजित गर्दै प्लेअफ पुग्ने सम्भावना कायम राखेको छ । पोखराले दिएको २०२ रनको उच्च लक्ष्य पछ्याएको कर्णालील याक्सले १९ ओभरमा सबै विकेट गुमाएर १६७ रन मात्र बनाउन सक्यो । पाँच खेलमा दोस्रो जित हात पारेको पोखराले ४ अंक ...