मुख्य समाचार
इंग्ल्यान्डसामु उपाधि रक्षाको चुनौती
इंग्ल्यान्डसामु उपाधि रक्षाको चुनौती

— इंग्लिस कप्तान जस बटलरलाई लाग्छ, ट्वान्टी–२० विश्वकप क्रिकेटको उपाधि रक्षा गर्न आफ्नो टोली सक्षम छ । भलै, इंग्ल्यान्डले डिफेन्डिङ च्याम्पियनका रूपमा ५० ओभरको एकदिवसीय विश्व कपलाई जोगाउन सकेन । क्यारेबियन क्षेत्र र अमेरिकामा हुने सन् २०२४ को ट्वान्टी–२० विश्व कपमा फेरि एकपल्ट इंग्ल्यान्ड नै उपाधिका लागि बलियो दाबेदार मानिएको छ । दुई वर्षअगाडिको संस्करणमा इंग्ल्यान्डले पाकिस्तानलाई हराएर उपाधि जितेको हो ।

भारतमा सम्पन्न ५० ओभरको विश्वकपको कथा पनि यही थियो । बटलरसँगै लगभग तिनै खेलाडीले त्यो विश्व कप खेलेका थिए, तर नतिजा अत्यन्त खराब रह्यो । इंग्ल्यान्ड सुरुआतका सातमध्ये ६ खेलमा पराजित रह्यो । त्यसमध्ये पहिलो खेलमै इंग्ल्यान्ड न्युजिल्यान्डसँग ९ विकेटले पराजित भएको थियो । त्यसपछि अफगानिस्तानविरुद्धको खेल गुमाएको इंग्ल्यान्ड दक्षिण अफ्रिकाको हातबाट २ सय २९ रन अन्तरले नमिठोसँग हारेको थियो ।

ह्वाइट–बल क्रिकेटमा अहिलेको पुस्ताका सबैभन्दा राम्रा ब्याटरमध्ये एक बटलरले त्यस एकदिवसीय विश्व कपका ९ इनिङ्समा १५.३३ को औसतले १ सय ३८ रन मात्रै बनाएका थिए । त्यतिबेला नै प्रश्न उठेको थियो, के ३३ वर्षीय बटलर तीन फरक भूमिकाले गलेका त हैनन् ? ती भूमिका थिए– ब्याटर, विकेटकिपर र कप्तानको । त्यतिबेला इंग्ल्यान्डका अस्ट्रेलियाली प्रशिक्षक म्याथ्यु मोटको पनि खुबै आलोचना भएको थियो ।

मोटले जसरी पालैपालो खेलाडीलाई खेलाएका थिए, त्यसलाई कमैले मात्र रुचाए । तर भारतमा आफ्नो टिम असफल हुनुका खास कारण रहेको बटलर बताउँछन् । ‘मुख्य कुरा, हामीले भारतमा राम्रो खेल्नै सकेनौं । हामी पूरा प्रतियोगिता क्रममा द्विविधामा रह्यौं, के गर्ने र नगर्ने भनेर,’ उनी भन्छन्, ‘यो हाम्रा लागि ठूलो शिक्षा रह्यो । हामीले कहिलेकाहीं खेलाडीलाई आफूखुसी खेल्ने छुट दिन्छौं, तर यस्तो स्वतन्त्रताले सधैं ठीकसँग काम भने गर्दैन ।’

बटलरका अनुसार अहिलेको ट्वान्टी–२० विश्व कप जित्नका लागि २ सय रनभन्दा माथि बनाउनुपर्ने हुन सक्छ अथवा १ सय ४० रनको रक्षा गर्ने चुनौती पनि आउन सक्छ । ‘हामी यो विश्व कपका क्रममा इंग्ल्यान्ड उत्तिकै बलियो छ भनेर सन्देश दिन चाहन्छौं,’ बटलरले भने, ‘हामी सक्दो राम्रो खेल्न चाहन्छौं । यसपल्ट हामी आफ्नो उद्देश्यमा स्पष्ट छौं, कुनै प्रकारको द्विविधा छैन ।’ एकदिवसीय विश्व कपको तुलनामा अहिलेको प्रतियोगितामा आफ्नो टिम बलियो रहेको उनले सुनाए ।


वेस्ट इन्डिजको घरेलु क्रिकेटबाट बुझेर खेल्न सजिलो होस् भनेर इंग्ल्यान्डले टिममा वेस्ट इन्डिजका पूर्वकप्तान किइरोन पोलार्डलाई प्रशिक्षकका समूहमा समावेश गरेको छ । टिममा तीन उदीयमान खेलाडी छन् । त्यसबाट धेरै आस गर्न सकिनेछ । ती हुन्– ओपनर फिल साल्ट, माथिल्लो क्रमका ब्याटर ह्यारी ब्रुक्स र अलराउन्डर विल ज्याक्स । उनीहरू तीनै जना इंग्ल्यान्ड टिममा आफ्नो छाप छोड्न चाहन्छन् । टिममा निरन्तर सदस्य रहनका लागि पनि उनीहरूलाई त्यो जरुरी छ । तर, टिमका सबैभन्दा हेर्नलायक खेलाडी हुनेछन्, जोफ्रा आर्चर । त्यही पुरानो ५० ओभरको विश्व कपदेखि उनी कुहिनाको चोटका कारण निष्क्रियजस्तै छन् । तर यसपल्टको विश्व कपका लागि टोलीमा फर्केका छन् । उनको सबैभन्दा ठूलो विशेषता हो, उनको जन्म बार्बाडोसमा भएको हो ।

पछिल्लो १४ महिनायता पहिलो पटक इंग्ल्यान्डका लागि खेल्ने क्रममा उनले पाकिस्तानविरुद्ध २८ रनमा २ विकेट लिए र त्यसमा इंग्ल्यान्ड २८ रनले विजयी रह्यो । त्यस जितमा बटलरले ५१ बलमा ८४ रन बनाए र प्लेयर अफ द म्याच बने । उनी मान्छन्, त्यो जितमा आर्चरको प्रदर्शन उत्कृष्ट रह्यो । उनी भन्छन्, ‘इंग्ल्यान्डका लागि विकेट लिएपछि उनमा अपार खुसी देखियो । हामी सबै उनले राम्रो खेलुन् भन्ने चाहन्छौं ।’ आफ्नो जन्मभूमिमा आर्चरको प्रदर्शन कस्तो हुनेछ, त्यो हेर्नलायक रहनेछ । चारै ओभरको खेलमा बलर सीमित हुने भए तापनि आर्चरसामु आफू पूर्णतः चोटमुक्त भएको प्रमाणित गर्नुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। थाइल्याण्डमा हुने एएफसी यू-१७ महिला एसियन कप छनोट खेल्न जाने नेपाली टोलीको बिदाइ गरिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले शुक्रबार एन्फा कम्प्लेक्समा एक कार्यक्रम गरी नेपाली टोलीको बिदाइ गरेको हो । एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङसहित पदाधिकारीहरूले टोलीको बिदाइ गरे । प्रतियोगिता अक्टोबर १३ देखि १७ सम्म हुँदैछ । नेपालले छनोट प्रतियोगितामा आयोजक थाइल्याण्ड र ...
। ओमानमा जारी आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटअन्तर्गत समूह बी को खेलमा आज नेपाल र जापान खेल्दै छन् । ओमानको अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमी टर्फ १ मा हुने खेल नेपाली समयअनुसार अपराह्न ४:१५ बजेदेखि सुरु हुनेछ । नेपाल र जापान दुवैले आ-आफ्नो पहिलो खेल जितेका छन् । दुवै टोलीले कुवेतलाई हराएर सुपर ...
। मलेसियासँगको टी-२०आई शृंखला जितेको नेपाली महिला क्रिकेट टोली स्वदेश फर्किएको छ । महिला टोली बिहीबार राति स्वदेश आइपुगेको हो । बुधबार विहान सम्पन्न पाँचौं तथा निर्णायक खेलमा नेपालले मलेसियालाई ५ विकेटले हराउँदै ५ खेलको शृंखला ३-२ ले जितेको थियो । नेपाल पहिलो खेलमा ३ रनले पराजित भएको थियो भने दोस्रो खेलमा ६ विकेटको जित निकालेको थियो ...
। एएफसी एसियन कप छनोटको तेस्रो चरणमा सुरुवाती दुई खेलमा अंक जोड्न नसकेको नेपालले तेस्रो खेलमा भियतनामविरुद्ध अंक जोड्ने लक्ष्य राखेको छ । नेपाली टोलीका मुख्य प्रशिक्षक म्याट रसले भियतनामविरुद्ध ३ अंककै लागि खेल्ने महत्वकांक्षा राखेका छन् । समूह एफ मा रहेका नेपाल र भियतनाम आज साँझ ६:१५ बजे प्रतिस्पर्धामा उत्रँदै छन् । त्यसको अगाडि बुधबार भएको ...
: आइसीसी टी-२० विश्वकप एसिया तथा पूर्वी एसिया प्यासिफिक क्षेत्र छनोटअन्तर्गत पहिलो खेलमा नेपालले कुवेतलाई ५८ रनले हराएको छ। समूह ‘बी’मा रहेको नेपालले पहिलो खेलमा कुवेतलाई फराकिलो अन्तरले हराएको हो। ओमानको अल अमिरत क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४१ रन बनाएको थियो। १४२ रनको विजयी लक्ष्य पछ्याएको ...