— स्पेनका तेस्रो वरीयताका कार्लोस अल्काराजले फेलिक्स एगरलाई सजिलै पराजित गर्दै आइतबार फ्रेन्च ओपनको क्वाटरफाइनलमा स्थान बनाएका छन् । उनले क्यानाडाका एगरलाई ६–३, ६–३ र ६–१ ले हराए ।
अब क्वाटरफाइनलमा विम्बल्डन विजेता एल्काराजले स्टिफन सिसिपासको सामना गर्नेछन् । सिसिपासले अर्को खेलमा म्याट आरनाल्डीलाई ३–६, ७–६, ६–२ र ६–२ ले हराए ।
महिलातर्फ इगा स्वाटिक क्वारटफाइलन पुगेकी छिन् । उनले यसका लागि अनाटासिया पोटापोभालाई ६–० र ६–० ले पन्छाइन् । यो जितका लागि दुई पल्टका डिफेन्डिङ च्याम्पियन स्वाटिकलाई ४० मिनेट मात्रै लागेको थियो ।