मुख्य समाचार
उच्च मनोबलका साथ मैदानमा उत्रिन्छौं : कप्तान पौडेल
उच्च मनोबलका साथ मैदानमा उत्रिन्छौं : कप्तान पौडेल

: राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले उच्च मनोबलका साथ मैदानमा उत्रिने बताएका छन्। आइसीसी टी-२० विश्वकप खेल्न अमेरिकामा रहेका कप्तान पौडेलले राष्ट्रिय झण्डा काँधमा बोकेर विजयको ताज पहिरिने आशा राखेका छन्।


अमेरिका र वेस्ट इन्डिजमा सुखद नतिजा ल्याउने उनको भनाइ छ। यसका लागि दर्शकहरूको हौसला र माया उतिकै जरुरी रहेको उनले बताए।

कप्तान पौडेलले लेखेका छन्, 'दश वर्षको पर्खाइपछि नेपाल राष्ट्रको सपना साकार पार्दै दोस्रोपटक टी-२० विश्वकप क्रिकेटमा सहभागी हुँदैछौं। अमेरिका र वेस्ट इन्डिजमा हुने यस प्रतियोगितामा छनौट हुन र सुखद नतिजा ल्याउन निरन्तर हौसला प्रदान गर्नुहुने तपाईं सबै क्रिकेटप्रेमी दर्शक, कोच, क्यान तथा हामीलाई माया गर्नुहुने सबैजना हाम्रो प्रेरणाका श्रोत हुनुहुन्छ। राष्ट्रको झण्डा काँधमा बोकेर उच्च मनोबलका साथ विजयको ताज पहिरिने सदैव हाम्रो प्रयास हुनेछ। सधैंजस्तो यसपटक पनि तपाईंहरू सबैको निरन्तर माया र हौसलाको अपेक्षा गर्दछौं।'




विश्वकपमा नेपाल समूह डीमा रहेको छ। नेपालले पहिलो खेल मंगलबार नेदरल्यान्ड्सविरुद्ध खेल्दैछ। दोस्रो खेल अमेरिकामै श्रीलंकासँग खेलेर नेपाली टोली वेस्ट इन्डिज प्रस्थान गर्नेछ। त्यहाँ दक्षिणा अफ्रिका र बंगलादेशसँग खेल्नेछ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। थाइल्याण्डमा हुने एएफसी यू-१७ महिला एसियन कप छनोट खेल्न जाने नेपाली टोलीको बिदाइ गरिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले शुक्रबार एन्फा कम्प्लेक्समा एक कार्यक्रम गरी नेपाली टोलीको बिदाइ गरेको हो । एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङसहित पदाधिकारीहरूले टोलीको बिदाइ गरे । प्रतियोगिता अक्टोबर १३ देखि १७ सम्म हुँदैछ । नेपालले छनोट प्रतियोगितामा आयोजक थाइल्याण्ड र ...
। ओमानमा जारी आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटअन्तर्गत समूह बी को खेलमा आज नेपाल र जापान खेल्दै छन् । ओमानको अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमी टर्फ १ मा हुने खेल नेपाली समयअनुसार अपराह्न ४:१५ बजेदेखि सुरु हुनेछ । नेपाल र जापान दुवैले आ-आफ्नो पहिलो खेल जितेका छन् । दुवै टोलीले कुवेतलाई हराएर सुपर ...
। मलेसियासँगको टी-२०आई शृंखला जितेको नेपाली महिला क्रिकेट टोली स्वदेश फर्किएको छ । महिला टोली बिहीबार राति स्वदेश आइपुगेको हो । बुधबार विहान सम्पन्न पाँचौं तथा निर्णायक खेलमा नेपालले मलेसियालाई ५ विकेटले हराउँदै ५ खेलको शृंखला ३-२ ले जितेको थियो । नेपाल पहिलो खेलमा ३ रनले पराजित भएको थियो भने दोस्रो खेलमा ६ विकेटको जित निकालेको थियो ...
। एएफसी एसियन कप छनोटको तेस्रो चरणमा सुरुवाती दुई खेलमा अंक जोड्न नसकेको नेपालले तेस्रो खेलमा भियतनामविरुद्ध अंक जोड्ने लक्ष्य राखेको छ । नेपाली टोलीका मुख्य प्रशिक्षक म्याट रसले भियतनामविरुद्ध ३ अंककै लागि खेल्ने महत्वकांक्षा राखेका छन् । समूह एफ मा रहेका नेपाल र भियतनाम आज साँझ ६:१५ बजे प्रतिस्पर्धामा उत्रँदै छन् । त्यसको अगाडि बुधबार भएको ...
: आइसीसी टी-२० विश्वकप एसिया तथा पूर्वी एसिया प्यासिफिक क्षेत्र छनोटअन्तर्गत पहिलो खेलमा नेपालले कुवेतलाई ५८ रनले हराएको छ। समूह ‘बी’मा रहेको नेपालले पहिलो खेलमा कुवेतलाई फराकिलो अन्तरले हराएको हो। ओमानको अल अमिरत क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४१ रन बनाएको थियो। १४२ रनको विजयी लक्ष्य पछ्याएको ...