— डिफेन्डिङ च्याम्पियन नोभाक जोकोभिच सोमबार फ्रेन्च ओपनको चौथो चरणमा अर्जेन्टिनाका फ्रान्सिस्को सेरुन्डुलोलाई ६–१, ५–७, ३–६, ७–५ र ६–३ ले हराएका छन् । सर्बियाली ३७ वर्षीय जोकोभिचका लागि पाँच सेटको एक अर्को जित संघर्षपूर्ण रह्यो ।
खेलका क्रममा उनी चोटबाट बच्न पनि संघर्षरत रहे । अघिल्लो चरणमा पनि कीर्तिमान २४ पल्टका ग्रान्ड स्लाम विजेताले पाँच सेटकै जित निकालेका थिए ।
रोलान्ड ग्यारोसमा अबेर राति सकिएको खेलमा एलेक्जान्डर जेभरेभले होल्गर रुनेलाई ४–६, ६–१, ५–७, ७–६ र ६–२ ले हराए र यस जितसँगै उनी क्वाटरफाइनल पुगेका छन् ।
महिलातर्फ अरयना सबलेन्का पनि क्वाटरफाइनल पुगेकी छिन् । उनले इमा नाभारोलाई सजिलै ६–२ र ६–३ ले हराइन् ।