मुख्य समाचार
फोहरले भरिएका बेलुन पठाएपछि उत्तर कोरियासँगको शान्ति सम्झौता रद्द गर्ने दक्षिण कोरियाको घोषणा
फोहरले भरिएका बेलुन पठाएपछि उत्तर कोरियासँगको शान्ति सम्झौता रद्द गर्ने दक्षिण कोरियाको घोषणा

दक्षिण कोरियाले सोमबार उत्तर कोरियासँगको मेलमिलाप सम्झौता निलम्बन गर्ने घोषणा गरेको छ ।


उत्तर कोरियाले फोहरले भरिएका बेलुनहरू दक्षिणतिर पठाएपछि उसलाई दण्डित गर्न मेलमिलाप सम्झौता निलम्बन गर्ने योजना बनाएको दक्षिण कोरियाले बताएको हो । यद्यपि उत्तर कोरियाले आफ्नो बेलुन अभियान रोक्ने बताएको छ ।

उत्तर कोरियाले दक्षिण कोरियाली नागरिक अभियानविरुद्ध आक्रोशित प्रतिक्रिया व्यक्त गर्दै धेरै दिनसम्म दक्षिणतिर फोहर र मलले भरिएका सयौँ बेलुन उडाएको थियो ।




आइतबार दक्षिण कोरियाले जवाफमा ‘असहनीय’ प्रतिशोधात्मक कदम चाल्ने बताएको थियो । यसअघि उत्तर कोरियाले सीमापार बेलुन उडाउन बन्द गर्ने अचानक घोषणा गरेको थियो ।

राष्ट्रपति कार्यालयका अनुसार सोमबार दक्षिण कोरियाली राष्ट्रपतिको राष्ट्रिय सुरक्षा परिषद्ले सन् २०१८ को अन्तर–कोरियाली सम्झौतालाई निलम्बन गर्ने निर्णय गरेको छ ।

उक्त सम्झौताको उद्देश्य दुवै कोरियाबीच आपसी विश्वास पुनःस्थापित नभएसम्म सीमावर्ती शत्रुतालाई कम गर्नु रहेको छ ।

निलम्बनले दक्षिण कोरियालाई उत्तर कोरियासँगको सीमा नजिकै पुनः सैन्य अभ्यास गर्न र उत्तर कोरियाको उक्साहटको प्रभावकारी र तत्काल प्रतिक्रिया दिन अनुमति दिने सुरक्षा परिषद्ले बताएको छ । मङ्गलबार निलम्बनसम्बन्धी प्रस्ताव अनुमोदनका लागि मन्त्रिपरिषद्मा प्रस्तुत गरिने बताइएको छ ।

दक्षिण कोरियाको सीमावर्ती लाउडस्पिकरमार्फत प्योङयाङविरोधी प्रचार प्रसार, के–पप गीत र बाहिरका समाचारहरू पुनः सुरु गर्न सम्झौताको निलम्बन आवश्यक रहेको पर्यवेक्षकहरूले बताएका छन् ।

उनीहरूका अनुसार दुई करोड ६० लाख जनसङ्ख्यामध्ये अधिकांशमाझ विदेशी समाचारमा आधिकारिक पहुँचको अनुमति नभएको र पहिलादेखि नै कठोररूपमा नियन्त्रित उत्तर कोरियामा यस्तो प्रकारको प्रसारण भइसकेको छ ।

सन् २०१८ को सम्झौता तत्कालीन उदारवादी दक्षिण कोरियाली राष्ट्रपति मुन जे–इन र उत्तर कोरियाली नेता किम जोङ उनबीच मेलमिलापको सानो अवधिमा भएको थियो ।

सम्झौताअनुसार कोरियालीहरूलाई एकअर्काविरुद्ध सबै शत्रुतापूर्ण कार्य रोक्न आवश्यक छ । यसमा प्रचार प्रसार र पर्चाबाजी अभियान पनि समावेश छ । तर सम्झौतामा स्पष्टरूपमा नागरिक पत्रपत्रिकामा पनि प्रतिबन्ध लगाउनुपर्छ भनिएको छैन ।

यसबाट दक्षिण कोरियाली कार्यकर्ताहरूलाई प्योङयाङविरोधी पर्चा, दक्षिण कोरियाली नाटक र विश्व समाचारसहितको युएसबी स्टिक तथा उत्तर कोरियामा अमेरिकी डलर खसाउनका लागि बेलुन उडाउन अनुमति प्राप्त भएको छ ।

यस्तो प्रकारको प्रचार अभियानबाट क्रुद्ध भएर उत्तर कोरियाले यसअघि आउने बेलुनहरूमा गोली चलाएको थियो र उत्तरमा दक्षिण कोरियाले बनाएको रिक्त अन्तर–कोरियाली सम्पर्क कार्यालय ध्वस्त बनाएको थियो ।

सन् २०१८ को सम्झौता भङ्ग हुने खतरामा छ । गत नोभेम्बरमा उत्तर कोरियाको जासुसी उपग्रह प्रक्षेपणपछि दुई देशबीच तनाव बढेको छ । यसबाट दुवै कोरियालाई सम्झौता उल्लङ्घन गर्दै कदम चाल्न प्रेरित गरेको जनाइएको छ। दक्षिण कोरियाले फ्रन्टलाइन हवाई निगरानी पुनः सुरु गर्यो भने उत्तर कोरियाले सीमा गार्ड पोस्टहरू पुनःस्थापना गर्यो ।

गत मङ्गलबारदेखि दक्षिण कोरियाका विभिन्न भागमा मल, सिगरेटका टुक्रा, कपडाका टुक्रा, रद्दी कागज बोकेका करिब एक हजार उत्तर कोरियाली बेलुन पाइएका छन् । दक्षिण कोरियाली सेनाका अनुसार बेलुनमा कुनै खतरनाक पदार्थ पाइएको छैन । रासस

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। साहित्यतर्फको नोबेल पुरस्कार हङ्गेरीका लेखक लास्लो क्राज्नाहोर्काइले पाउने भएका छन् । ‘प्रलयकारी भयबिच पनि प्रभावशाली र दूरदर्शी रचनाहरूबाट कलाको शक्ति पुनः पुष्टि’ गरेकाले लास्लोलाई यस वर्षको साहित्यतर्फको नोबेल पुरस्कार दिने निर्णय गरिएको स्विडिश एकेडेमीले जनाएको छ । क्राज्नाहोर्काइका कृति हङ्गेरियन, अङ्ग्रेजी, फ्रेन्च, जर्मन र स्विडिस भाषामा प्रकाशित छन् । उनले विभिन्न चलचित्रका लागि कथा पनि लेखेका ...
। छिमेकी मुलुक भारतको मध्य प्रदेशमा कफ सिरप सेवनबाट कम्तीमा पनि २० जना बालबालिकाको मृत्यु भएपछि कफ सिरफ उत्पादन गर्ने एक कम्पनीका मालिकलाई प्रहरीले पक्राउ गरेको छ । मध्य प्रदेश प्रहरीले चेन्नईस्थित स्रेसन फार्माका मालिक एस रंगनाथनलाई पक्राउ गरेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । यो कम्पनी कोल्ड्रिफ नामक दूषित खोकीको सिरप उत्पादन गरेको मध्य प्रदेश प्रहरीको ...
। इजरायलसँग युद्धविराम सहमति भएसँगै हमास लडाकुले मुक्त गराउने २० जना युद्धवन्दीको नामावली सार्वजनिक भएको छ । तर यो नामावलीमा नेपालका विपिन जोशीको नाम भने छैन । इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितले मुक्त हुने भनिएकाको सूचीमा विपिनको नाम नरहेको जानकारी दिएका हुन् । उनका अनुसार सोमबारभित्र छाड्ने भनिएका २० जना जीवित व्यक्तिहरु सबै इजरायली नागरिकहरु ...
। फिलिपिन्सको मिन्दानाओ केन्द्र भएर शक्तिशाली भूकम्प गएको छ । भूकम्पको तीव्रता ७.४ म्याग्निच्युड मापन भएको अमेरिकी भौगर्भिक सर्भेले जनाएको छ । भूकम्पपछि सुनामीको चेतावनी जारी गरिएको छ । यो समाचार तयार पार्दासम्म भूकम्पले क्षति पुर्‍याएको विवरण आइसकेको छैन । यसअघि ३० सेप्टेम्बरमा फिलिपिन्सको सेबु प्रान्तमा ६.९ म्याग्निच्युडको भूकम्प जाँदा ६९ जनाको मृत्यु भएको थियो भने करिब ...
: रसायनशास्त्रतर्फको नोबेल पुरस्कार विजेताको घोषणा गरिएको छ। स्वीडेनको रोयल स्वीडिश एकेडेमी अफ साइन्सेसले बुधबार पुरस्कार तीन जना वैज्ञानिकले संयुक्त रूपमा प्रदान गरिने घोषणा गरेको हो। पुरस्कार सुसुमु कितागावा, रिचर्ड रोबसन र ओमर एम. याघीलाई प्रदान गरिएको छ। धातु जैविक ढाँचाको विकासका लागि यो पुरस्कार दिइएको हो। यसअघि मंगलबार भौतिकशास्त्रको क्षेत्रमा योगदान दिएको भन्दै वैज्ञानिक जोन क्लार्क, ...