मुख्य समाचार
सुपर–८ मा पुगे नेपाली राष्ट्रिय टिमलाई ३० लाख
सुपर–८ मा पुगे नेपाली राष्ट्रिय टिमलाई ३० लाख

: वाईवाई चाउचाउले जारी आईसीसी टी–२० विश्वकपमा सहभागी नेपाली राष्ट्रिय टिमलाई प्रोत्साहित गर्न ठूलो राशिको पुरस्कार घोषणा गरेको छ। जारी विश्वकपको सुपर–८ मा पुग्न सफल भएमा नेपाली राष्ट्रिय टिमलाई वाइ वाइले नगद ३० लाख रुपैयाँ पुरस्कार दिने सीजी फुड्स नेपालले जनाएको छ।


यो घोषणासँगै नेपाली क्रिकेटको राष्ट्रिय टिमले जारी टी–२० विश्वकपको सुपर–८ पुग्नासाथ वाईवाईको तर्फबाट नगद ३० लाख रुपैयाँ प्राप्त गर्नेछ। यसका साथै वाईवाईले जारी विश्वकपमा नेपालको जीतको श्रृखंला अगाडि बढाउन खेलाडीको मनोबल उच्च पार्ने उद्देश्यले अन्य विभिन्न पुरस्कारको पनि घोषणा गरेको छ। प्रत्येक रन बनाएबापत १ हजार, चौकामा ८ हजार, छक्कामा १२ हजार, विकेटमा १५ हजार, अर्धशतकमा ५० हजार, शतकमा १ लाख र नेपाली टिमको जितमा १ लाख ५० हजार रुपैयाँ नगद उपलब्ध गराउनेछ।

नेपाल क्रिकेट संघ (क्यान) सँगको सहकार्यमा यी पुरस्कार घोषणा गरिएको हो। यसका लागि सीजी फुड्स नेपाल र क्यानवीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ।




यस पुरस्कार घोषणाले नेपाली खेलाडीलाई उच्च प्रदर्शन गर्न थप प्रोत्साहन मिल्ने विश्वास गरिएको छ। चौधरी गु्रपअन्तर्गतको सीजी फुड्सले विगत २० वर्षदेखि नेपालको यू–१९ क्रिकेटको प्रायोजन गर्दै आएको छ। वाईवाईले त्यो बेलादेखि नेपालको क्रिकेट विकासका लागि लगानी गर्न थालेको थियो जुन बेला क्रिकेट खेलको मैदानमा दर्शक नै हुँदैन्थे।

‘हामी प्रत्येक नेपालीलाई नेपाली राष्ट्रिय टिमले टी–२० क्रिकेट विश्वकपको ट्रफी उचालेको हेर्न चाहना छ। हाम्रा खेलाडीहरू त्यसका लागि योग्य छन् तापनि उनीहरूको हौसलालाई अझैमाथि उठाउनु हाम्रो कर्तव्य हो’, चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले भने, ‘वाईवाई विगत २० वर्षदेखि नेपाली क्रिकेटको विकासमा सहयात्रा गरिरहेको छ। र, नेपालले विश्वकप खेल्ने यस ऐतिहासिक क्षणमा वाईवाई हाम्रा खेलाडीकै साथमा छ भन्ने यो अर्को प्रमाण हो।’

नेपालले टी–२० विश्वकपको शृंखलाअन्र्तगत पहिलो खेल नेदरल्यान्डसँग आज (मंगलबार) खेल्दै छ। त्यस्तै, टेस्ट मान्यताप्राप्त साउथ अफ्रिका, श्रीलंका र बंगलादेशसँग पनि नेपालले पहिलो चरणमा खेल्ने तालिका छ। सोमबार बेलुका समूह डी को पहिलो खेलमा श्रीलंकालाई ६ विकेटले हराउँदै दक्षिण अफ्रिकाले विजयी सुरुआत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणको लिग चरणको २२ औँ खेलमा विराटनगर किंग्सलाई लुम्बिनी लायन्सले ५ विकेटले पराजित गरेको छ। लुम्बिनी लायन्सको यो तेस्रो जित हो। विराटनगरको भने यो दोस्रो हार हो। त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको विराटनगर किंग्सले दिएको १४५ रनको विजयी लक्ष्य पछ्याएको लुम्बिनी लायन्सले १७.४ ओभरमा ५ विकेट ...
। इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत गएराति भएको खेलमा म्यानचेस्टर सिटीले‌ फुलहमलाई पराजित गरेको छ । ९ गोल भएको खेलमा सिटी ५-४ गोलअन्तरले विजयी भएको हो । सिटीको जितमा फिल फोडेनले २ गोल गरे भने एर्लिङ हालान्ड र तिजानी रेइन्दर्सले एक-एक गोल गर्दा एक गोल उपहार पायो । फुलहमका सामुयल चुकुजेले २ गोल गर्दा एमिले स्मिथ रोवी ...
। स्पेनिस लालिगा फुटबलमा बार्सिलोनाले एट्लेटिको मड्रिडमाथि सहज जित हासिल गरेको छ । गएराति घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले ३-१ को जित निकालेको हो । बार्सिलोनाको जितमा राफिन्हा, डानी ओल्मो र फेरान टोरेसले १-१ गोल गरे । एट्लेटिकोका लागि एलेक्स बाइनाले १ गोल गरे । खेलमा सुरुवाती अग्रता भने एट्लेटिकोले नै लिएको थियो । १९औं मिनेटमा बाइनाले ...
। म्यान्चेस्टर सिटीका नर्वेजियन स्ट्राइकर एर्लिङ हालान्डले इंग्लिस प्रिमियर लिग फुटबलमा १०० गोल पूरा गरेका छन् । गएराति फुलहमविरुद्ध सिटीको ५-४ को जितमा गोल गरेका हालान्डले कीर्तिमानी १०० गोल पूरा गरेका हुन् । उनले यो उपलब्धि केवल १११ खेलमै पूरा गरे, जुन इतिहासमै सबैभन्दा छिटो हो । यसअघि एलन शियररले १२४ खेल र ह्यारी केनले १४१ ...
। इन्डोनेसियामा जारी त्रिदेशीय महिला फुटबलमा नेपाल चाइनिज ताइपेइसँग पराजित भएको छ । नेपाललाई चाइनिज ताइपेइले १-० गोलअन्तरले हराएको हो । खेलको ५३औं मिनेटमा के सी हुआङले चाइनिज ताइपेइका लागि गोल गरेकी थिइन् । नेपाल पहिलो खेलमा इन्डोनेसियासँग २-१ ले पराजित भएको थियो भने चाइनिज ताइपेइले इन्डोनेसियालाई ५-० ले पराजित गरेको थियो । नेपाललाई हराएसँगै चाइनिज ताइपेइ यो ...