मुख्य समाचार
टी-२० विश्वकप : नेदरल्यान्ड्सविरुद्धको खेलबाट शानदार सुरुवात गर्ने लक्ष्यमा नेपाल
टी-२० विश्वकप : नेदरल्यान्ड्सविरुद्धको खेलबाट शानदार सुरुवात गर्ने लक्ष्यमा नेपाल

: आइसीसी टी-२० विश्वकप २०२४ अन्तर्गत नेपालले आज पहिलो खेल खेल्दैछ। समूह डीमा रहेको नेपालले अमेरिकाको डालासस्थित ग्रान्ड प्रिएरी क्रिकेट रंगशालामा नेपाली समय अनुसार राति आज राति ९ :१५ बजे नेदरल्यान्ड्सविरूद्ध खेल्न लागेको हो।


समूह डीमा नेपालसहित दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्यान्ड्स छन्। नेपालले दोस्रो खेल श्रीलंकासँग जुन ११, तेस्रो खेल दक्षिण अफ्रिकासँग जुन १४ र चौथो खेल बंगलादेशसंग जुन १६ मा खेल्नेछ। नेपालले १० वर्षपछि विश्वकप खेल्दैछ ।

सुपर-८ को लक्ष्य राखेको नेपाललाई पहिलो खेलमा जित दर्ता गर्नु आवश्यक छ। अहिलेसम्म टी-२० आईमा १२ खेलमध्ये नेपाल ५ खेलमा विजयी, ६ खेलमा पराजित र १ खेल नतिजाविहीन बनाएको छ। टी-२० विश्वकपमा भने नेपाल र नेदरल्यान्ड्स पहिलो पटक प्रतिस्पर्धामा उत्रदैछन् । नेपालले घरेलु मैदानमा भने दबाबमा राख्ने गरेको छ।




नेपालस्थित अमेरिकी दूतावासले क्रिकेटर सन्दीप लामिछानेलाई भिसा अस्वीकार गर्दा उनी अमेरिकामा हुने खेलमा सहभागि हुन नपाउने भएका छन्।

को-को छन् आसिसीको सूचीमा ?

नेपाली टोली :
रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, अनिलकुमार साह, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, ललित राजवंशी, करण केसी, गुल्सन झा, सोमपाल कामी, प्रतिक जिसी, सन्दीप जोरा, अभिनाश बोहरा, सागर ढकाल र कमलसिंह ऐरी।

अफिसियल :

मोन्टि देशाइ (प्रशिक्षक), वसन्त शाही (सहायक प्रशिक्षक), नन्दन फाद्निस (क्रिकेट कन्सल्टेन्ट), रड एस्टविक (बलिङ कन्सल्टेन्ट), प्रदीप मजगैया (व्यवस्थापक), दिवाकर घले (टिम लिडर), होम नाथ पन्त (डाक्टर), विक्रम न्यौपाने (फिजियो), रमण शिवाकोटी (एनालिस्ट), अब्दुल शतार (फिटनेस ट्रेनर) ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणको लिग चरणको २२ औँ खेलमा विराटनगर किंग्सलाई लुम्बिनी लायन्सले ५ विकेटले पराजित गरेको छ। लुम्बिनी लायन्सको यो तेस्रो जित हो। विराटनगरको भने यो दोस्रो हार हो। त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको विराटनगर किंग्सले दिएको १४५ रनको विजयी लक्ष्य पछ्याएको लुम्बिनी लायन्सले १७.४ ओभरमा ५ विकेट ...
। इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत गएराति भएको खेलमा म्यानचेस्टर सिटीले‌ फुलहमलाई पराजित गरेको छ । ९ गोल भएको खेलमा सिटी ५-४ गोलअन्तरले विजयी भएको हो । सिटीको जितमा फिल फोडेनले २ गोल गरे भने एर्लिङ हालान्ड र तिजानी रेइन्दर्सले एक-एक गोल गर्दा एक गोल उपहार पायो । फुलहमका सामुयल चुकुजेले २ गोल गर्दा एमिले स्मिथ रोवी ...
। स्पेनिस लालिगा फुटबलमा बार्सिलोनाले एट्लेटिको मड्रिडमाथि सहज जित हासिल गरेको छ । गएराति घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले ३-१ को जित निकालेको हो । बार्सिलोनाको जितमा राफिन्हा, डानी ओल्मो र फेरान टोरेसले १-१ गोल गरे । एट्लेटिकोका लागि एलेक्स बाइनाले १ गोल गरे । खेलमा सुरुवाती अग्रता भने एट्लेटिकोले नै लिएको थियो । १९औं मिनेटमा बाइनाले ...
। म्यान्चेस्टर सिटीका नर्वेजियन स्ट्राइकर एर्लिङ हालान्डले इंग्लिस प्रिमियर लिग फुटबलमा १०० गोल पूरा गरेका छन् । गएराति फुलहमविरुद्ध सिटीको ५-४ को जितमा गोल गरेका हालान्डले कीर्तिमानी १०० गोल पूरा गरेका हुन् । उनले यो उपलब्धि केवल १११ खेलमै पूरा गरे, जुन इतिहासमै सबैभन्दा छिटो हो । यसअघि एलन शियररले १२४ खेल र ह्यारी केनले १४१ ...
। इन्डोनेसियामा जारी त्रिदेशीय महिला फुटबलमा नेपाल चाइनिज ताइपेइसँग पराजित भएको छ । नेपाललाई चाइनिज ताइपेइले १-० गोलअन्तरले हराएको हो । खेलको ५३औं मिनेटमा के सी हुआङले चाइनिज ताइपेइका लागि गोल गरेकी थिइन् । नेपाल पहिलो खेलमा इन्डोनेसियासँग २-१ ले पराजित भएको थियो भने चाइनिज ताइपेइले इन्डोनेसियालाई ५-० ले पराजित गरेको थियो । नेपाललाई हराएसँगै चाइनिज ताइपेइ यो ...