मुख्य समाचार
इन्टरनेटबाट यसरी हेर्न सकिन्छ नेपाल र नेदरल्यान्ड्सबीचको खेल
इन्टरनेटबाट यसरी हेर्न सकिन्छ नेपाल र नेदरल्यान्ड्सबीचको खेल

: दस वर्षपछि नेपालले आइसीसी टी-२० विश्वकपमा आज पहिलो खेल खेल्दैछ। नेपालले राति ९:१५ मा नेदरल्यान्ड्सविरुद्ध पहिलो खेल खेल्न लागेको हो।


टीभी नहुनेले वा इन्टरनेटबाट कसरी नेपालको खेल हेर्न सकिन्छ भन्ने आम चासो रहेको छ। नेपालको खेल इन्टरनेटको विभिन्न माध्यमबाट हेर्न सकिन्छ। सबैभन्दा भरपर्दो माध्यम भनेको आइसीसी टिभी हो।

आयोजक आइसीसीले आफ्नो वेवसाइट र मोबाइल एपबाट विश्वकपको खेल लाइभ स्ट्रिमिङ गर्दै आएको छ। नेपालको खेल पनि आइसीसीको वेवसाइट वा मोबाइल एपबाट हेर्न सकिन्छ।




त्यसका लागि आइसीसीको आधिकारिक वेवसाइट icc-cricket.com लगिन गर्नुपर्ने हुन्छ। वेवसाइटमा गएपछि videos क्याटोगरीमा क्लिक गर्नुपर्ने हुन्छ। भिडियोज क्याटोगरीमा लाइभ स्ट्रिम भइरहेका र हुन बाँकी खेल तालिकामा देख्न सकिन्छ। भिडियो क्याटोगरीको दोस्रो नम्बरमा नेपाल र नेदरल्यान्ड्सबीच हुने खेलको तालिका दिइएको छ। पहिलो नम्बरमा भने इंगल्यान्ड र स्कटल्यान्डबीच हुने खेलको तालिका रहेको छ। उक्त खेल ८:१५ सुरु हुनेछ।

नेपाल र नेदरल्यान्ड्सबीच हुने खेलको तालिकामा क्लिक गरेपछि 'साइनअप' गर्नुपर्ने हुन्छ। आइसीसीले जीमेल वा फेसबुकबाट साइनअप गर्ने सुविधा दिएको छ। साइनअप गरेपछि भिडियोसहितको स्ट्रिमिङ हेर्न सकिन्छ। साइनअप नगरेसम्म भिडियो स्ट्रिमिङ भने आउँदैन।

त्यस्तै आइसीसीको आधिकारिक एपबाट पनि नेपालको खेल लाइभ हेर्न सकिन्छ। त्यसका लागि तपाइँले बोक्नुभएको मोबाइलको एप स्टोरमा गएर ICC Men's T20 World Cup सर्च गर्नुस्। एक करोड बढी इन्स्टल रहेको उक्त नामको एप डाउनलोड गर्नुस्। एप खुलेपछि भिडियोज क्याटोगरीमा जानुपर्ने हुन्छ। त्यहाँ गएपछि वेवसाइटमा देखाएजसरी नै खेलहरूको तालिका देख्न सकिन्छ। नेपाल र नेदरल्यान्ड्सबीच हुने खेलमा क्लिक गरेर माथि भनिएजस्तै जीमेल वा फेसबुकबाट साइनअप गर्नुपर्ने हुन्छ।

यसरी आइसीसीको आधिकारिक वेवसाइटबाट विश्वकपका खेलहरू हेर्न सकिन्छ। टेलिभिजनका लागि भने स्टार स्पोर्ट्सले प्रत्यक्ष प्रसारण गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणको लिग चरणको २२ औँ खेलमा विराटनगर किंग्सलाई लुम्बिनी लायन्सले ५ विकेटले पराजित गरेको छ। लुम्बिनी लायन्सको यो तेस्रो जित हो। विराटनगरको भने यो दोस्रो हार हो। त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको विराटनगर किंग्सले दिएको १४५ रनको विजयी लक्ष्य पछ्याएको लुम्बिनी लायन्सले १७.४ ओभरमा ५ विकेट ...
। इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत गएराति भएको खेलमा म्यानचेस्टर सिटीले‌ फुलहमलाई पराजित गरेको छ । ९ गोल भएको खेलमा सिटी ५-४ गोलअन्तरले विजयी भएको हो । सिटीको जितमा फिल फोडेनले २ गोल गरे भने एर्लिङ हालान्ड र तिजानी रेइन्दर्सले एक-एक गोल गर्दा एक गोल उपहार पायो । फुलहमका सामुयल चुकुजेले २ गोल गर्दा एमिले स्मिथ रोवी ...
। स्पेनिस लालिगा फुटबलमा बार्सिलोनाले एट्लेटिको मड्रिडमाथि सहज जित हासिल गरेको छ । गएराति घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले ३-१ को जित निकालेको हो । बार्सिलोनाको जितमा राफिन्हा, डानी ओल्मो र फेरान टोरेसले १-१ गोल गरे । एट्लेटिकोका लागि एलेक्स बाइनाले १ गोल गरे । खेलमा सुरुवाती अग्रता भने एट्लेटिकोले नै लिएको थियो । १९औं मिनेटमा बाइनाले ...
। म्यान्चेस्टर सिटीका नर्वेजियन स्ट्राइकर एर्लिङ हालान्डले इंग्लिस प्रिमियर लिग फुटबलमा १०० गोल पूरा गरेका छन् । गएराति फुलहमविरुद्ध सिटीको ५-४ को जितमा गोल गरेका हालान्डले कीर्तिमानी १०० गोल पूरा गरेका हुन् । उनले यो उपलब्धि केवल १११ खेलमै पूरा गरे, जुन इतिहासमै सबैभन्दा छिटो हो । यसअघि एलन शियररले १२४ खेल र ह्यारी केनले १४१ ...
। इन्डोनेसियामा जारी त्रिदेशीय महिला फुटबलमा नेपाल चाइनिज ताइपेइसँग पराजित भएको छ । नेपाललाई चाइनिज ताइपेइले १-० गोलअन्तरले हराएको हो । खेलको ५३औं मिनेटमा के सी हुआङले चाइनिज ताइपेइका लागि गोल गरेकी थिइन् । नेपाल पहिलो खेलमा इन्डोनेसियासँग २-१ ले पराजित भएको थियो भने चाइनिज ताइपेइले इन्डोनेसियालाई ५-० ले पराजित गरेको थियो । नेपाललाई हराएसँगै चाइनिज ताइपेइ यो ...