मुख्य समाचार
राहुल गान्धी केरलको वायनाड र उत्तर प्रदेशको रायबरेली दुवै क्षेत्रबाट जित्दै
राहुल गान्धी केरलको वायनाड र उत्तर प्रदेशको रायबरेली दुवै क्षेत्रबाट जित्दै

— भारतीय कांग्रेसका नेता राहुल गान्धी दुवै क्षेत्रमा विजयउन्मुख रहेका छन् । केरलको वायनाड र उत्तर प्रदेशको रायबरेली दुवै क्षेत्रमा गान्धी ३ लाखभन्दा बढी मतको अन्तरले अगाडि रहेका छन् ।


गान्धी सन् २०१९ मा वायनाडबाट विजयी भएका थिए भने उत्तर प्रदेशको अमेठीमा भने भाजपाकी स्मृति इरानीसँग पराजित भएकी थिइन् । यसपल्ट इरानी अमेठीमा कांग्रेस नेता किशोरीलाल शर्मासँग पछाडि परेकी छिन् । राहुल गान्धी वायनाडमा भारतीय कम्युनिस्ट पार्टीकी एनी राजाभन्दा ३ लाख ६० हजारभन्दा बढी मतान्तरले अगाडि रहेका छन् । गान्धीले ६ लाख ४१ हजार ७ सय २५ मतसहित अग्रता बनाएका छन् ।




त्यस्तै उत्तर प्रदेशको रायबरेलीमा गान्धी भाजपाका दिनेशप्रताप सिंहभन्दा ३ लाख ८८ हजार बढी मतान्तरले अगाडि रहेका छन् । गान्धीले ६ लाख ८४ हजार मत ल्याउँदा सिंहले २ लाख ९५ हजार मत ल्याएका छन् ।

उत्तर प्रदेशको अमेठीबाट कांग्रेस नेता राहुल गान्धी ३ पटक सांसद बनेका थिए । पछिल्लो पटक सन् २०१९ मा भने उनले अमेठीमा हार बेहोरेका थिए । २००४,२००९ र २०१४ मा अमेठीबाट जित हात पारेका राहुललाई भारतीय जनता पार्टीकी नेता स्मृति इरानीले ५५ हजार मतान्तरले हराएकी थिइन् ।

भारतीय निर्वाचन आयोगका अनुसार भाजपा नेतृत्वको एनडीए गठबन्धन बहुमतभन्दा अगाडि देखिएको छ । एनडीए गठबन्धन २९३ स्थानमा अगाडि रहँदा कांग्रेस नेतृत्वको इन्डिया गठबन्धन भने २३३ स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: चिनियाँ विदेशमन्त्री वाङ यीले भारत र चीनबीचको साझेदारी कुनै तेस्रो देशविरुद्ध नभएको बताएका छन्। बिहीबार इस्लामाबादमा पाकिस्तानका विदेशमन्त्री तथा उपप्रधानमन्त्री इशाक दारसँगको संयुक्त पत्रकार सम्मेलनमा वाङ यीले भारत र चीनबीचको साझेदारीले अन्य कुनै देशलाई असर नगर्ने बताएका हुन्। उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाएको करको प्रभाव समयसँगै देखिने बताए। तर यसले भारतको रुससँगको मित्रतालाई ...
: थाइल्यान्ड (थाई) अदालतले शुक्रबार पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्राविरुद्ध लगाइएको शाही अपमान र देशद्रोहको आरोप खारेज गरेको छ। यो आरोप २०१५ मा निर्वासनमा रहँदा थाक्सिनले दक्षिण कोरियाली पत्रिकालाई दिएको अन्तर्वार्तासँग सम्बन्धित छ। दोषी ठहरिएमा उनलाई १५ वर्षसम्मको जेल सजाय हुने थियो। अन्तर्वार्तामा उनले थाइल्याण्डको शीर्ष शाही सल्लाहकार निकाय प्रिभी काउन्सिललाई २०१४ को सैन्य विद्रोहमा सहयोग ...
: इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले बन्धकहरूको रिहाइसहित ʻइजरायललाई स्वीकार्यʼ सर्तमा गाजा युद्ध अन्त्यका लागि वार्ताको निर्देशन दिएका छन्। नेतान्याहूले इजरायली सेनालाई बताएअनुसार मन्त्रिपरिषद्ले अन्तर्राष्ट्रिय र घरेलु विरोधका बाबजुद गाजा शहरको उत्तरी भागमा ठुलो आक्रमणको योजनालाई अनुमोदन गरेको छ। कतार र इजिप्टका मध्यस्थकर्ताले तयार पारेको ६० दिने युद्धविराम प्रस्तावमा हमास सोमबार सहमत भएको छ। कतारका अनुसार ...
: श्रीलंकाका पूर्वराष्ट्रपति रनिल विक्रमसिंघेलाई सरकारी कोषको दुरुपयोग गरेको आरोपमा पक्राउ गरिएको छ। उनीमाथिको यो आरोप राष्ट्रपति हुँदा गरेका विदेश भ्रमणसँग सम्बन्धित रहेको त्यहाँको प्रहरीले जनाएको छ। सन् २०२३ मा न्यूयोर्कमा आयोजित संयुक्त राष्ट्र संघको महासभाबाट फर्कने क्रममा उनी सरकारी खर्चमा व्यक्तिगत कामका लागि आफ्नी श्रीमतीसँग लन्डनमा बसेको आरोप छ। उनलाई शुक्रबार राजधानी कोलम्बोको मजिस्ट्रेट ...
— अमेरिकामा अवैध रूपमा बसोबास गर्नेहरूको संख्या हालसम्मकै उच्च रहेको प्यु रिसर्च सेन्टर (पीआरसी) ले जनाएको छ । पीआरसीले बिहीबार सार्वजनिक गरेको तथ्यांकअनुसार, २०२३ मा उक्त संख्या १ करोड ४० लाख पुगेको छ । जुन २०२२ को भन्दा २२ लाखले बढी हो । यसअघि २००७ मा अवैध आप्रवासीको संख्या १ करोड २२ लाखसम्म पुगेको पीआरसीको रिपोर्टमा उल्लेख छ । पछिल्लो ...