मुख्य समाचार
नेपाली क्रिकेट टोलीलाई प्रधानमन्त्रीको शुभकामना
नेपाली क्रिकेट टोलीलाई प्रधानमन्त्रीको शुभकामना

— प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वकपमा उत्कृष्ट प्रदर्शनका लागि नेपाली क्रिकेट टोलीलाई शुभकामना दिएका छन् । आज एक वक्तव्य जारी गर्दै उनले विश्वकपले नेपालको पहिचान थप उच्च बनाउने विश्वास व्यक्त गरेका छन् ।

प्रधानमन्त्री दाहालले नेपाली टोलीलाई ऐतिहासिक सफलता प्राप्त हुनेमा आफू विश्वस्त रहेको बताए । सगरमाथा र बुद्धको देश भनेर चिनिने नेपाल अब क्रिकेटको देशका रूपमा समेत स्थापित हुन लागेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले आफ्नो नेतृत्वको सरकारले खेलक्षेत्रको विकास र खेलाडीको प्रोत्साहनका लागि निरन्तर महत्त्वपूर्ण निर्णय गरी कार्यान्वयन गर्दै आइरहेको बताए ।

'एक दशकपछि आज नेपाली क्रिकेट टिम विश्वकपमा खेल्दैछ, यसले नेपालको गौरव थप बढाएको छ, विश्वको ध्यान नेपालतर्फ खिचिएको छ । देशको प्रतिष्ठा बढाउन निरन्तर मेहेनत, संघर्ष र सफलता प्राप्त गरेकामा नेपाली क्रिकेट टिमप्रति धन्यवाद व्यक्त गर्दछु,' प्रधानमन्त्री दाहालले भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणको लिग चरणको २२ औँ खेलमा विराटनगर किंग्सलाई लुम्बिनी लायन्सले ५ विकेटले पराजित गरेको छ। लुम्बिनी लायन्सको यो तेस्रो जित हो। विराटनगरको भने यो दोस्रो हार हो। त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको विराटनगर किंग्सले दिएको १४५ रनको विजयी लक्ष्य पछ्याएको लुम्बिनी लायन्सले १७.४ ओभरमा ५ विकेट ...
। इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत गएराति भएको खेलमा म्यानचेस्टर सिटीले‌ फुलहमलाई पराजित गरेको छ । ९ गोल भएको खेलमा सिटी ५-४ गोलअन्तरले विजयी भएको हो । सिटीको जितमा फिल फोडेनले २ गोल गरे भने एर्लिङ हालान्ड र तिजानी रेइन्दर्सले एक-एक गोल गर्दा एक गोल उपहार पायो । फुलहमका सामुयल चुकुजेले २ गोल गर्दा एमिले स्मिथ रोवी ...
। स्पेनिस लालिगा फुटबलमा बार्सिलोनाले एट्लेटिको मड्रिडमाथि सहज जित हासिल गरेको छ । गएराति घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले ३-१ को जित निकालेको हो । बार्सिलोनाको जितमा राफिन्हा, डानी ओल्मो र फेरान टोरेसले १-१ गोल गरे । एट्लेटिकोका लागि एलेक्स बाइनाले १ गोल गरे । खेलमा सुरुवाती अग्रता भने एट्लेटिकोले नै लिएको थियो । १९औं मिनेटमा बाइनाले ...
। म्यान्चेस्टर सिटीका नर्वेजियन स्ट्राइकर एर्लिङ हालान्डले इंग्लिस प्रिमियर लिग फुटबलमा १०० गोल पूरा गरेका छन् । गएराति फुलहमविरुद्ध सिटीको ५-४ को जितमा गोल गरेका हालान्डले कीर्तिमानी १०० गोल पूरा गरेका हुन् । उनले यो उपलब्धि केवल १११ खेलमै पूरा गरे, जुन इतिहासमै सबैभन्दा छिटो हो । यसअघि एलन शियररले १२४ खेल र ह्यारी केनले १४१ ...
। इन्डोनेसियामा जारी त्रिदेशीय महिला फुटबलमा नेपाल चाइनिज ताइपेइसँग पराजित भएको छ । नेपाललाई चाइनिज ताइपेइले १-० गोलअन्तरले हराएको हो । खेलको ५३औं मिनेटमा के सी हुआङले चाइनिज ताइपेइका लागि गोल गरेकी थिइन् । नेपाल पहिलो खेलमा इन्डोनेसियासँग २-१ ले पराजित भएको थियो भने चाइनिज ताइपेइले इन्डोनेसियालाई ५-० ले पराजित गरेको थियो । नेपाललाई हराएसँगै चाइनिज ताइपेइ यो ...