: काठमाडौंस्थित भारतीय राजदूतावासले नेपाली क्रिकेट टोलीलाई जितको शुभकामना दिएको छ। दूतावासले सामाजिक सञ्जालमार्फत् टी-२० विश्वकप खेलिरहेको नेपाललाई शुभकामना दिएको हो।
भारतीय विदेशमन्त्री एस जयशंकर नेपाल भ्रमणमा आएका बेला नेपाल क्रिकेट संघका पदाधिकारीसँग भेटवार्ता गरेका थिए। सोही भेटको तस्बिरसहित दूतावासले नेपाललाई सुपर ८ मा पुग्न कामनासमेत गरेको छ।
विदेशमन्त्री एस जयशंकरले नेपालको क्रिकेट र पूर्वाधारमा भारतले सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए। भारत सरकारकै पहलमा नेपाली टोलीले गुजरातमा प्रदेशस्तरीय टोलीसँग त्रिकोणात्मक सिरिज खेलेको थियो। विश्वकपको पहिलो खेलमा आज नेपालले नेदरल्यान्ड्सको सामना गर्दैछ।