मुख्य समाचार
नेपालविरुद्ध नेदरल्यान्ड्स : कठिन समूहका नियमित प्रतिद्वन्द्वी
नेपालविरुद्ध नेदरल्यान्ड्स : कठिन समूहका नियमित प्रतिद्वन्द्वी

— नेपाल र नेदरल्यान्ड्सले ट्वान्टी-२० विश्वकपमा मंगलबार आफ्नो पहिलो खेल खेल्दै छन् । कठिन मानिएको समूह ‘डी’ मा नेपाल र नेदरल्यान्ड्स बाहेक, श्रीलंका, दक्षिण अफ्रिका र बंगलादेश रहेका छन् ।

नेपाल १० वर्षयता पहिलो पटक ट्वान्टी-२० विश्वकपमा खेलिरहेको छ । नेपालले सन् २०१४ मा बंगलादेशमा पहिलो पटक ट्वान्टी-२० विश्वकप खेलेको थियो र सोक्रममा हङकङ र अफगानिस्तानलाई पराजित गरेको थियो । आयोजक बंगलादेशसँग पराजित भएर नेपाल थोरै रन अन्तरले दोस्रो चरणमा पुग्नबाट रोकिएको थियो ।


पाँचौं पटक ट्वान्टी-२० विश्वकप खेलिरहेको नेदरल्यान्ड्स २०२२ को पछिल्लो संस्करणमा सुपर १२ मा पुगेको थियो । नेदरल्यान्ड्सले विश्वकपको २२ खेलमा ९ मा विजय हात पारेको छ भने १३ मा पराजय भोगेको छ । पछिल्लो दुई खेल जितेको नेदरल्यान्ड्स मंगलबार नेपाललाई पराजित गरी हृयाट्रिक जित निकाल्ने दाउमा छ ।

हेड टु हेड

नेपाल र नेदरल्यान्ड्स नियमित प्रतिद्वन्द्वी जस्तै हुन् । २०१५ को जुन ३० मा एमस्ट्राडाममा पहिलोपटक आमने सामने भएयता यी दुई बीचको यो १२ औं खेल हो । नेदरल्यान्ड्सले ६ र नेपालले ५ खेल जितेका छन् । मार्चमा काठमाडौंमा भएको त्रिकोणात्मक ट्वान्टी-२० शृंखलामा नेदरल्यान्ड्सले नेपालविरुद्धको ३ मध्येको दुई खेल जितेको थियो, जसमा फाइनलमा नेदरल्यान्ड्सले ६ विकेटको विजय हात पारेको थियो ।


ट्वान्टी -२० अन्तर्राष्ट्रिय

नेदरल्यान्ड्ससँगको खेल नेपालको ट्वान्टी-२० अन्तर्राष्ट्रियमा ८४ औं खेल हुनेछ । नेपालले त्यसमा ४९ खेल जितेको छ भने ३३ मा पराजय भोगेको छ । एक खेल ‘टाई’ भएको थियो, जुन खेल नेपाल र ओमान बीच नोभेम्बरमा कीर्तिपुरमा भएको विश्वकप एसिया छनोटको फाइनल थियो । नेदरल्यान्ड्सले ट्वान्टी-२० अन्तर्राष्ट्रियमा १ सय ३ खेलिसकेको छ । त्यसमा ५३ खेल जितेको छ भने ४८ खेलमा पराजय भोगेको छ । दुई खेल ‘टाई’ मा टुंगिएका छन् ।

भुर्तेल सामु अवसर

कुशल भुर्तेलले ट्वान्टी-२० अन्तर्राष्ट्रियमा ९ अर्धशतक प्रहार गरिसकेका छन् । नेपालबाट उनीभन्दा बढी अर्धशतक दीपेन्द्रसिंह ऐरी (१०) ले मात्र बनाएका छन् । तर भुर्तेल पछिल्लो समय राम्रो लयमा देखिएका छैनन् । उनी अप्रिलमा ओमानमा भएका एसीसी प्रिमियर कप ट्वान्टी २० मा लगातार तीन खेलमा ‘डक आउट’ भएका थिए । वेस्ट इन्डिज ‘ए’ सँगको घरेलु ट्वान्टी २० शृङ्खलाको चार खेलमा उनले ३२ रनमात्र बनाउन सकेका थिए ।

कुशल मल्लको ब्याटिङ स्ट्राइक रेट १६७.२ को छ, जुन नेपाली खेलाडीमा सबैभन्दा उच्च हो । त्यस्तै दीपेन्द्रसिंह ऐरीले ३८.७ को औसतमा रन बनाएका छन् भने उनलाई पछ्याउदै मल्लले २९.७ को औसतमा रन बनाएका छन् ।

नेदरल्यान्ड्सका तीब्र बलर पाउल भान मिकेरेनले ट्वान्टी २० विश्वकपमा १८ विकेट लिइसकेका छन् । उनले खेलेको ट्वान्टी २० विश्वकपको ११ खेलमा एक खेलमा मात्र विकेट लिन सकेका छैनन् ।

खेल अघि कसले के भने

रोहित पौडेल, कप्तान, नेपाल

क्यानडा र अमेरिकाको खेलपछि ‘नाइस नर्भसनेस’ आइरहेको छ । हामी सबै उत्साहित छौं र नेदरल्यान्ड्सको खेललाई लिएर प्रतिक्षामा छौं । नेपालका लागि यो इभेन्ट निकै महत्त्वपूर्ण छ । पछिल्ला दश वर्षदेखि हामी विश्वकपमा खेल्न सकिरहेका थिएनौं । त्यसैले हामी सबै र नेपाल क्रिकेटका लागि यो विश्वकप निकै महत्त्वपूर्ण छ । बच्चा हुँदादेखि नै विश्वकप खेल्ने सपना थियो । अब त्यो सपना पुरा गर्ने अवसर पाइरहेका छौं । साथै जिम्मेवारी पनि आएको छ, त्यो हामी पुरा गर्नेछौं ।

नेदरल्यान्ड्ससहित सहभागी सबै टोली उत्तिकै राम्रा छन् । नेदरल्यान्ड्सविरुद्ध पछिल्लो समय हामी खेल्दै पनि आएका छौं । जसले दबाबलाई झेल्न सक्छ, त्यही टोलीले जित्न सक्छ जस्तो लाग्छ । क्यानडासँग ग्रान्ड प्रेरी क्रिकेट रंगशालामा खेलेको आधारमा भन्नुपर्दा यो विकेटमा अलिकति बाउन्स छ । यो बुझेर हामीले खेल्नुपर्छ । दिउँसो खेलिरहेकाले घाम, उच्च आद्रताहरु पनि हेरेर खेल्नुपर्ने हुन्छ ।

नेदरल्यान्ड्स टिम पनि धेरै राम्रो छ । हाम्रो समूहमा रहेका श्रीलंका, दक्षिण अफ्रिका, बंगलादेश हामी भन्दा राम्रो टोली हुन् । तर दुवै टोलीले एउटै सिमाबाट खेल सुरु गर्ने हो, त्यसैले हामी आफ्नो खेलमा विश्वास गर्छौं ।

रायन कुक, प्रशिक्षक, नेदरल्यान्ड्स

नेपाल राम्रै टोली हो भन्ने हामीलाई थाहा छ, किन भने हामीले उनीहरुसँग हालैका दिनमा खेलेका थियौं । तर हामीले दक्षिण अफ्रिका, बंगलादेश र श्रीलंकासँग पनि हालैका दिनहरुमा खेलेका थियौं ।

त्यो ५० ओभरको विश्वकप र छनोटचरणहरुमा थियो । त्यसैले हामी यो समूहका खेलहरुको प्रतिक्षामा छौं । मलाई विश्वास छ, यो समूहमा ठूलो उथुलपुथल हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणको लिग चरणको २२ औँ खेलमा विराटनगर किंग्सलाई लुम्बिनी लायन्सले ५ विकेटले पराजित गरेको छ। लुम्बिनी लायन्सको यो तेस्रो जित हो। विराटनगरको भने यो दोस्रो हार हो। त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको विराटनगर किंग्सले दिएको १४५ रनको विजयी लक्ष्य पछ्याएको लुम्बिनी लायन्सले १७.४ ओभरमा ५ विकेट ...
। इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत गएराति भएको खेलमा म्यानचेस्टर सिटीले‌ फुलहमलाई पराजित गरेको छ । ९ गोल भएको खेलमा सिटी ५-४ गोलअन्तरले विजयी भएको हो । सिटीको जितमा फिल फोडेनले २ गोल गरे भने एर्लिङ हालान्ड र तिजानी रेइन्दर्सले एक-एक गोल गर्दा एक गोल उपहार पायो । फुलहमका सामुयल चुकुजेले २ गोल गर्दा एमिले स्मिथ रोवी ...
। स्पेनिस लालिगा फुटबलमा बार्सिलोनाले एट्लेटिको मड्रिडमाथि सहज जित हासिल गरेको छ । गएराति घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले ३-१ को जित निकालेको हो । बार्सिलोनाको जितमा राफिन्हा, डानी ओल्मो र फेरान टोरेसले १-१ गोल गरे । एट्लेटिकोका लागि एलेक्स बाइनाले १ गोल गरे । खेलमा सुरुवाती अग्रता भने एट्लेटिकोले नै लिएको थियो । १९औं मिनेटमा बाइनाले ...
। म्यान्चेस्टर सिटीका नर्वेजियन स्ट्राइकर एर्लिङ हालान्डले इंग्लिस प्रिमियर लिग फुटबलमा १०० गोल पूरा गरेका छन् । गएराति फुलहमविरुद्ध सिटीको ५-४ को जितमा गोल गरेका हालान्डले कीर्तिमानी १०० गोल पूरा गरेका हुन् । उनले यो उपलब्धि केवल १११ खेलमै पूरा गरे, जुन इतिहासमै सबैभन्दा छिटो हो । यसअघि एलन शियररले १२४ खेल र ह्यारी केनले १४१ ...
। इन्डोनेसियामा जारी त्रिदेशीय महिला फुटबलमा नेपाल चाइनिज ताइपेइसँग पराजित भएको छ । नेपाललाई चाइनिज ताइपेइले १-० गोलअन्तरले हराएको हो । खेलको ५३औं मिनेटमा के सी हुआङले चाइनिज ताइपेइका लागि गोल गरेकी थिइन् । नेपाल पहिलो खेलमा इन्डोनेसियासँग २-१ ले पराजित भएको थियो भने चाइनिज ताइपेइले इन्डोनेसियालाई ५-० ले पराजित गरेको थियो । नेपाललाई हराएसँगै चाइनिज ताइपेइ यो ...