मुख्य समाचार
संघका नाममा खेलकुलाई बन्धक बनाउनेलाई कारबाही गरिन्छ : खेलकुदमन्त्री
संघका नाममा खेलकुलाई बन्धक बनाउनेलाई कारबाही गरिन्छ : खेलकुदमन्त्री

: खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले खेलकुदलाई कुनै पनि संघले बन्धक बनाएर राख्न नपाउने बताएका छन्।


मंगलबार काठमाडौंमा राष्ट्रिय खेलकुद परिषद् तथा राष्ट्रिय खेल संघद्वारा सञ्चालन गरिने आर्थिक आर्थिक वर्षको कार्यक्रम तालिका सार्वजनिक गर्दै मन्त्री श्रेष्ठले कुनै काम नगर्ने तर संघका नाममा खेलकुलाई बन्धक बनाउनेलाई कारबाही गर्ने चेतावनी समेत दिए। उनले खेलकुदका कार्यक्रम आयोजना नगर्ने संघको कुनै औचित्य नरहेको भन्दै आफूले यस विषयमा अप्रिय निर्णय लिनुपर्ने अवस्था आउन सक्ने उल्लेख गरे।

संघमा देखिएको कुनै समस्या देखिए त्यसलाई समाधान गर्न आफू तयार रहेको उनको भनाइ छ। यसपटक खेलकुद क्षेत्रको बजेट बढेर आएको र सरकारले पनि ८० वटा खेलको आयोजना गर्ने महत्वकांक्षी संकल्प लिएको उनले जानकारी दिए। मन्त्री श्रेष्ठले खेलको क्यालेन्डर सार्वजनिक भएसँगै आफ्नो पहिलो निर्णय कार्यान्वयनमा आएको भन्दै खुसी व्यक्त गरे।




त्यस्तै राखेप सदस्य सचिव टंकलाल घिसिङले सरकारको अग्रसरताका कारण पारदर्शी ढंगले खेलकुदको क्यालेन्डर बनाउन सफल भएको भन्दै यसलाई कार्यान्वयनमा लगिने बताए।

राखेपले सार्वजनिक गरेको कार्यक्रम अनुसार आगामी आर्थिक बर्षमा राखेपले ११ बटा कार्यक्रम गर्नेछ भने ३५ वटा राष्ट्रिय खेल संघमार्फत ६८ वटा अन्तर्राष्ट्रिय कार्यक्रमहरु आयोजना हुनेछन्। त्यस्तै ४१ वटा राष्ट्रिय खेलकुद संघहरुमार्फत १ सय २२ वटा राष्ट्रिय कार्यक्रमहरु आयोजना हुने राखेपले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणको लिग चरणको २२ औँ खेलमा विराटनगर किंग्सलाई लुम्बिनी लायन्सले ५ विकेटले पराजित गरेको छ। लुम्बिनी लायन्सको यो तेस्रो जित हो। विराटनगरको भने यो दोस्रो हार हो। त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको विराटनगर किंग्सले दिएको १४५ रनको विजयी लक्ष्य पछ्याएको लुम्बिनी लायन्सले १७.४ ओभरमा ५ विकेट ...
। इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत गएराति भएको खेलमा म्यानचेस्टर सिटीले‌ फुलहमलाई पराजित गरेको छ । ९ गोल भएको खेलमा सिटी ५-४ गोलअन्तरले विजयी भएको हो । सिटीको जितमा फिल फोडेनले २ गोल गरे भने एर्लिङ हालान्ड र तिजानी रेइन्दर्सले एक-एक गोल गर्दा एक गोल उपहार पायो । फुलहमका सामुयल चुकुजेले २ गोल गर्दा एमिले स्मिथ रोवी ...
। स्पेनिस लालिगा फुटबलमा बार्सिलोनाले एट्लेटिको मड्रिडमाथि सहज जित हासिल गरेको छ । गएराति घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले ३-१ को जित निकालेको हो । बार्सिलोनाको जितमा राफिन्हा, डानी ओल्मो र फेरान टोरेसले १-१ गोल गरे । एट्लेटिकोका लागि एलेक्स बाइनाले १ गोल गरे । खेलमा सुरुवाती अग्रता भने एट्लेटिकोले नै लिएको थियो । १९औं मिनेटमा बाइनाले ...
। म्यान्चेस्टर सिटीका नर्वेजियन स्ट्राइकर एर्लिङ हालान्डले इंग्लिस प्रिमियर लिग फुटबलमा १०० गोल पूरा गरेका छन् । गएराति फुलहमविरुद्ध सिटीको ५-४ को जितमा गोल गरेका हालान्डले कीर्तिमानी १०० गोल पूरा गरेका हुन् । उनले यो उपलब्धि केवल १११ खेलमै पूरा गरे, जुन इतिहासमै सबैभन्दा छिटो हो । यसअघि एलन शियररले १२४ खेल र ह्यारी केनले १४१ ...
। इन्डोनेसियामा जारी त्रिदेशीय महिला फुटबलमा नेपाल चाइनिज ताइपेइसँग पराजित भएको छ । नेपाललाई चाइनिज ताइपेइले १-० गोलअन्तरले हराएको हो । खेलको ५३औं मिनेटमा के सी हुआङले चाइनिज ताइपेइका लागि गोल गरेकी थिइन् । नेपाल पहिलो खेलमा इन्डोनेसियासँग २-१ ले पराजित भएको थियो भने चाइनिज ताइपेइले इन्डोनेसियालाई ५-० ले पराजित गरेको थियो । नेपाललाई हराएसँगै चाइनिज ताइपेइ यो ...