मुख्य समाचार
भिसा नपाएर विश्वकप खेल्न नपाएका सन्दीपले नेपाली टोलीलाई दिए जितको शुभकामना
भिसा नपाएर विश्वकप खेल्न नपाएका सन्दीपले नेपाली टोलीलाई दिए जितको शुभकामना

: पूर्व कप्तानसमेत रहेका क्रिकेटर सन्दीप लामिछानेले नेपाली टोलीलाई जितको शुभकामना दिएका छन्। उनले सामाजिक सञ्जालमार्फत् नेपाली टोलीमा आबद्ध खेलाडीहरूलाई उत्कृष्ट प्रदर्शन गर्न आग्रह गरेका छन्।


उनले विश्वकप यात्राका लागि नेपाली खेलाडीहरूलाई शुभकामना दिँदै जित हासिल गर्न र विश्वभरिका नेपालीलाई गर्व महसुस गराउन आग्रह गरेका छन्। उनले सबै खेलाडीहरूलाई आफ्नो तर्फबाट मायाको सम्झनासमेत पठाएका छन्।

अमेरिकी दूतावासले भिसा नदिएपछि लामिछाने विश्वकप खेल्नबाट वञ्चित भएका थिए। सरकारले कूटनीति नोटछ पठाउँदासमेत अमेरिकाले लामिछानेलाई भिसा दिन अस्विकार गरेको थियो।



बलात्कार अभियोग लागेपछि निलम्बनमा परेका लामिछानेलाई हालै उच्च अदालत पाटनले सफाइ दिएको थियो। अदालतको सफाइपछि नेपाल क्रिकेट संघले लामिछानेमाथि लागाएको निलम्बन फुकुवा गरेको थियो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— म्यानचेस्टर सिटीका व्यवस्थापक पेप ग्वार्डिओलाले मंगलबार क्लबसँग थप एक वर्षको अनुबन्ध गरेका छन् । यससँगै इंग्लिस प्रिमियर लिगमा स्पेनी प्रशिक्षकको बसाइ १० वर्ष पुग्ने भएको छ । ग्वार्डिओला सन् २०१६ मा सिटी आएका थिए र त्यसयता उनले क्लबका लागि १६ उपाधि जितिसकेका छन् । त्यसमा छ प्रिमियर लिग उपाधि पनि पर्छन् । यस सिजनको अन्त्यसँगै ...
— लिभरपुल मिडफिल्डर डोमिनिक सबोस्लाईले पेनाल्टीबाट गरेको गोलमा हंगेरीले यूईएफ नेसन्स लिगमा मंगलबार जर्मनीलाई १–१ को नाटकीय बराबरीमा रोकेको छ । सबोस्लाईले दोस्रो हाफको इन्ज्युरी समयको नवौं मिनेटमा बराबरी गोल गरेका हुन् । जर्मनीले फेलिक्स एनमेचाको गोलले ७६ औं मिनेटमा अग्रता लिएको थियो र जिततर्फ अग्रसर देखिएको थियो । बराबरीका बाबजुद जर्मनीले लिग–वान ग्रुप–थ्री जित्ने निश्चित भइसकेको ...
। यूईएफए नेसन्स लिग फुटबलअन्तर्गत भएको खेलमा स्पेनले रोमाञ्चक जित निकालेको छ । लिग ए समूह ४ अन्तर्गत गएराति भएको खेलमा स्पेनले स्वीट्जरल्याण्डलाई ३-२ गोलअन्तरले हराएको हो । स्पेनको जितमा येरेमी पिनो, ब्रायन गिल र ब्रायन जारागोजाले एक-एक गोल गरे । स्वीट्जरल्याण्डका जोएल मोन्टेरो र एण्डी जेकिरीले एक-एक गोल गरे । रोमाञ्चक खेलमा स्पेनले दुईपटकसम्म अग्रता लिँदा ...
। पाकिस्तानसँगको तीन खेलको टी-२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिज अस्ट्रेलियाले क्लिन-स्वीप गरेको छ । सोमबार भएको तेस्रो खेलमा ७ विकेटको जित निकाल्दै अस्ट्रेलियाले सिरिज ३-० ले जितेको हो । पाकिस्तानले दिएको ११८ रनको लक्ष्य अस्ट्रेलियाले ११.२ ओभरमा ३ विकेट गुमाएर पूरा गर्‍यो । अस्ट्रेलियाका मार्कस स्टोइनिसले २७ बलमा ५ चौका र ५ छक्कासहित ६१ रनको अविजित पारी ...
। नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा हुन लागेको नेपाल प्रिमियर लिग (एनपीएल) को प्रायोजकमा एनसेल पनि जोडिएको छ । एनपीएलको पहिलो संस्करणलाई थप प्रभावकारी बनाउन एनसेललाई ‘पावर्ड बाई’ प्रायोजकका रूपमा अनुबन्ध गरिएको जनाइएको छ । एनपीएलको व्यावसायिक अधिकार व्यवस्थापन गरिरहेको ब्रान्ड डिजिटल लजिक प्रालि र क्यानको संयुक्त पहलमा यो महत्त्वपूर्ण प्रायोजन सम्झौता सम्पन्न भएको हो । यसअघि ...