मुख्य समाचार
नेपाल र नेदरल्याण्ड्सबीचको खेल देखाउन टुँडिखेल, तीनकुने र हाँडीगाउँमा ठूलो स्क्रिन
नेपाल र नेदरल्याण्ड्सबीचको खेल देखाउन टुँडिखेल, तीनकुने र हाँडीगाउँमा ठूलो स्क्रिन

— आईसीसी ट्वान्टी-२० विश्वकप क्रिकेटअन्तर्गत नेपाल र नेदरल्याण्ड्स बीचको खेल काठमाडौं महानगरपालिकाले टुँडिखेल, तीनकुने र हाँडीगाउँमा प्रत्यक्ष प्रसारण गर्ने भएको छ । महानगरपालिकाले ओपन डोर्स इन्टरटेनमेन्टको सहआयोजना र खेलकुद मन्त्रालयको सहकार्यमा प्रत्यक्ष प्रसारण गर्ने महानगरपालिकाले जानकारी दिएको हो ।

खेलको प्रत्यक्ष प्रसारण हेर्नका लागि तीनै स्थानमा ठूला एलईडी स्क्रिन राखिने छ । प्रत्यक्ष प्रसारण सुरु हुनु अगाडि टुँडिखेलमा सांगीतिक कार्यक्रमको पनि आयोजना हुने छ । इन्दिरा जोशी, प्रताप दास, रचना रिमाल, महेश काफ्ले र भीयोमा अधिकारीले त्यहाँ सांगीतिक प्रस्तुति दिने भएका छन् ।


प्रत्यक्ष प्रसारण अवधिका लागि सो स्थानमा खाना तथा खाजाका स्टलहरू पनि राखिने छ । ओपन डोर इन्टरनटेनमेन्टका अध्यक्ष एलिन श्रेष्ठका अनुसार आजको टुँडिखेलको प्रत्यक्ष प्रसारणले नेपाली खेलकुद प्रेमीको लागि एउटा अविस्मरणीय क्षण प्रदान गर्ने बताए ।

महानगरले आईसीसी ट्वान्टी-२० विश्वकपअन्तर्गत नेपालका सबै खेलहरू नि:शुल्क रुपमा तीनै स्थानमा देखाइने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणको लिग चरणको २२ औँ खेलमा विराटनगर किंग्सलाई लुम्बिनी लायन्सले ५ विकेटले पराजित गरेको छ। लुम्बिनी लायन्सको यो तेस्रो जित हो। विराटनगरको भने यो दोस्रो हार हो। त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको विराटनगर किंग्सले दिएको १४५ रनको विजयी लक्ष्य पछ्याएको लुम्बिनी लायन्सले १७.४ ओभरमा ५ विकेट ...
। इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत गएराति भएको खेलमा म्यानचेस्टर सिटीले‌ फुलहमलाई पराजित गरेको छ । ९ गोल भएको खेलमा सिटी ५-४ गोलअन्तरले विजयी भएको हो । सिटीको जितमा फिल फोडेनले २ गोल गरे भने एर्लिङ हालान्ड र तिजानी रेइन्दर्सले एक-एक गोल गर्दा एक गोल उपहार पायो । फुलहमका सामुयल चुकुजेले २ गोल गर्दा एमिले स्मिथ रोवी ...
। स्पेनिस लालिगा फुटबलमा बार्सिलोनाले एट्लेटिको मड्रिडमाथि सहज जित हासिल गरेको छ । गएराति घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले ३-१ को जित निकालेको हो । बार्सिलोनाको जितमा राफिन्हा, डानी ओल्मो र फेरान टोरेसले १-१ गोल गरे । एट्लेटिकोका लागि एलेक्स बाइनाले १ गोल गरे । खेलमा सुरुवाती अग्रता भने एट्लेटिकोले नै लिएको थियो । १९औं मिनेटमा बाइनाले ...
। म्यान्चेस्टर सिटीका नर्वेजियन स्ट्राइकर एर्लिङ हालान्डले इंग्लिस प्रिमियर लिग फुटबलमा १०० गोल पूरा गरेका छन् । गएराति फुलहमविरुद्ध सिटीको ५-४ को जितमा गोल गरेका हालान्डले कीर्तिमानी १०० गोल पूरा गरेका हुन् । उनले यो उपलब्धि केवल १११ खेलमै पूरा गरे, जुन इतिहासमै सबैभन्दा छिटो हो । यसअघि एलन शियररले १२४ खेल र ह्यारी केनले १४१ ...
। इन्डोनेसियामा जारी त्रिदेशीय महिला फुटबलमा नेपाल चाइनिज ताइपेइसँग पराजित भएको छ । नेपाललाई चाइनिज ताइपेइले १-० गोलअन्तरले हराएको हो । खेलको ५३औं मिनेटमा के सी हुआङले चाइनिज ताइपेइका लागि गोल गरेकी थिइन् । नेपाल पहिलो खेलमा इन्डोनेसियासँग २-१ ले पराजित भएको थियो भने चाइनिज ताइपेइले इन्डोनेसियालाई ५-० ले पराजित गरेको थियो । नेपाललाई हराएसँगै चाइनिज ताइपेइ यो ...