मुख्य समाचार
विश्वकप क्रिकेट : आयरल्याण्डलाई आठ विकेटले हराउँदै भारतको विजयी सुरुवात
विश्वकप क्रिकेट : आयरल्याण्डलाई आठ विकेटले हराउँदै भारतको विजयी सुरुवात

: भारतले आइसिसी ट्वान्टी–२० विश्वकप क्रिकेटमा आयरल्यान्डलाई पराजित गरेको छ । अमेरिकाको न्युयोर्कस्थित नसाउ काउन्टी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा गए राति सम्पन्न खेलमा भारतले आयरल्यान्डलाई आठ विकेटले पराजित गरेको हो ।


आयरल्यान्डले प्रस्तुत गरेको ९७ रनको लक्ष्य भारतले १२ दशमलव २ ओभरमा दुई विकेट गुमाउँदै पूरा गर्‍यो । भारतका लागि कप्तान रोहित शर्माले सर्वाधिक ५२ रनको योगदान दिए । उनले ३७ बलमा चार चौका र तीन छक्काको मद्दतमा ५२ रन बनाएका हुन् । त्यस्तै ऋषभ पन्तले ३६ रन जोडे ।

आयरल्यान्डका लागि मार्क आदिर र बने ह्वाइटले समान एक/ एक विकेट लिए । त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको आयरल्यान्डले १६ ओभरमा सबै विकेट गुमाउँदै ९६ रनमा समेटिएको थियो । आयरल्यान्डका लागि ग्यारेथ डेलानीले सर्वाधिक २६ रनको योगदान दिए भने जोश लिटिलले १४, कर्टियस क्याम्परले १२ तथा लोर्कन टकरले १० रन बनाए ।




भारतका हार्दिक पाण्डेयाले तीन विकेट लिँदा अर्शदीप सिंह र जसप्रित बुमराहले समान दुई दुई विकेट लिए । त्यस्तै मोहम्मद सिराज र अक्षर पटेलले एक एक विकेट लिए ।

विश्वकपमा भारत र आयरल्यान्ड समूह ‘ए’ मा छन् । उनीहरुको समूहमा अमेरिका, क्यानडा र पाकिस्तान रहेका छन् । यसै समूहको अर्को खेल आज राति ९:१५ बजे पाकिस्तान र अमेरिकाबीच हुनेछ । - रासस

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो संस्करणको लिग चरणका खेलहरू सकिने क्रममा छन्। खेलहरू सकिँदै गर्दा शीर्ष ४ को समीकरण पनि बन्दै गएको छ। शीर्ष ४ मध्ये तीन टिमको नाम पक्का भइसकेको छ। अब प्लेअफमा १ स्थानका लागि ४ टोलीले दाबेदारी प्रस्तुत गर्नेछन्। सुदूरपश्चिम रोयल्सले ६ खेलमा अपराजित रहँदै १२ अंकसहित अंकतालिकाको शीर्ष स्थानमा रहँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्स अपराजित रहँदै पहिलो क्वालीफायर खेल्ने भएको छ। त्रिवि क्रिकेट मैदानमा बिहीबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई ४९ रनले पराजित गरेको हो। सुदूरपश्चिमले अपराजित रहँदै १२ अंकसहित प्लेअफको पहिलो क्वालिफायर खेल्ने पक्का भएको हो। हाल तालिकामा ८ अंकसहित तेस्रो स्थानमा रहेको विराटनगर पनि प्लेअफ पुगेको छ। यो जितसँगै ...
: साफ महिला क्लब च्याम्पियनसिप शुक्रबारदेखि काठमाडौंमा सुरु हुँदैछ। मंसिर १९ देखि पुस ५ गतेसम्म दशरथ रंगशालामा हुने साफ महिला क्लब च्याम्पियनसिपमा दक्षिण एसियाका पाँच राष्ट्रका च्याम्पियन क्लबहरूले प्रतिस्पर्धा गर्दैछन्। नेपालबाट एपीएफ फुटबल क्लब, भारतबाट इस्ट बंगाल, बंगलादेशबाट नसरिन स्पोट्र्स एकेडेमी, भुटानबाट ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसी र पाकिस्तानबाट कराची सिटी एफसी सहभागी हुनेछन्। सबै ...
: नेपाल क्रिकेट संघ (क्यान)ले आइसिसी महिला टी–२० विश्वकपको ग्लोबल क्वालिफायरका लागि २६ जनालाई बन्द प्रशिक्षणमा बोलाएको छ। शुक्रबारदेखि मूलपानी क्रिकेट मैदानमा हुने बन्द प्रशिक्षणका लागि क्यानले २६ जना खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको हो। क्यानले बिहीबार सार्वजनिक गरेको टोलीमा इन्दु बर्मा, राजमती ऐरी, सिता राना मगर, सम्झना खड्का, कविता जोशी, रिया शर्मा, सोमु विष्ट, ...
: नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करण अन्तर्गत लिग चरणको २३ औँ खेलमा पोखरा एभेन्जर्सलाई १३ रनले हराउँदै प्लेअफमा छनोट भएको छ। पोखरालाई हराएसँगै प्लेअफमा छनोट हुने सुदूरपश्चिम रोयल्सपछि काठमान्डु गोर्खाज दोस्रो टिम बनेको हो। काठमान्डु गोर्खाजको जितका लागि साहब आलमले अन्तिम ओभरमा ४ विकेट लिँदै काठमान्डुको जित पक्का गरेका हुन्। त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ ...