मुख्य समाचार
समय चिन्न नसकेसम्म आदिवासी चलचित्र विश्वसामु लैजान सकिन्न : उपसभामुख राना
समय चिन्न नसकेसम्म आदिवासी चलचित्र विश्वसामु लैजान सकिन्न : उपसभामुख राना

— प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानाले समय चिन्न नसकेसम्म आदिवासी चलचित्रलाई विश्वसामु लैजान नसकिने बताएकी छन् । उनले समयानुसार चलचित्रमा काम गर्नुपर्ने बताएकी हुन् ।

चौथो नेपाल आदवासी जनजाति चलचित्र महोत्सवको अवसरमा काठमाडौंमा बुधबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उपसभामुख रानाले नेपालीहरू काम ढिलासुस्ती गर्छन् भन्ने उखान कोट्याउँदै आदिवासी जाति कामहरू बिस्तारै गर्ने किसिमको रहेको भन्दै समयानुसार काम गर्न सिक्नुपर्ने बताइन् ।




‘आदिवासी चलचित्र महोत्सव मनाइराख्दा म के भन्न चाहन्छु भने यो जलवायु परिवर्तनको विषयमा पनि आदिवासी जनजातिसँग जोडेर चलचित्र बनाउनुपर्छ । अहिले पर्खने बेला छैन । एक्सन लिनुपर्छ । आदिवासी जाति बिस्तारै गर्छौं, तर समयानुसार हामी परिवर्तन गर्नुपर्छ,' उपसभामुख रानाले भनिन्, 'हामी नेपाली ढिला छौँ, त्यसमा आदिवासी जनजाति त एकदमै ढिला छौँ । पहिलो हामीले समयलाई चिन्नुपर्छ । समयलाई चिन्न नसकेसम्म आदिवासी चलचित्रलाई विश्वसामु लैजान सक्नुहुन्न । विश्वमा प्रसिद्धि कमाउने हो भने आदिवासी जनजातिको संस्कृति र सभ्यता विश्वमा चिनाउने भए समय चिन्न सक्नुपर्छ ।’

अभिनेता दयाहाङ राईले चलचित्रभित्र भन्ने कुरा आफैँभित्र भएका कथा भएको बताए । उनले आफैँभित्र कथाहरु धेरै रहेको र त्यसलाई फरक-फरक तरिकाबाट बुझिने बताए । उनले समाज र आफूलाई कसरी बुझ्दा रहेछौँ भन्नेकुरा चलचित्रमा भनिने बताए । अहिलेको बजारमा चलचित्र स्थापित नगरी कुनैपनि कुरा परिवर्तन नहुने उनको भनाइ थियो । आदिवासी जनजातिहरूको मूल्य मान्यता बोकेको चलचित्र नै अहिलेको मुलधारमा बगिरहेको उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
दिल्ली उच्च अदालतले बलिउड अभिनेता अजय देवगनको व्यक्तित्व अधिकारको रक्षा गर्दै उनीबारेका डीपफेक भिडियो तथा उनको नाममा अनधिकृत प्रयोग भएका सामग्री हटाउन आदेश दिएको छ । यसअघि अदालतले ऐश्वर्या राय बच्चन, अभिषेक बच्चन, करण जोहर र कुमार सानुजस्ता सेलिब्रेटीको मुद्दामा पनि यस्तै आदेश दिएको थियो । देवगनले युट्युबलाई “कुनै पनि एआई-मोडेललाई तालिम दिन’ अपलोड गरिएका भिडियो/सामग्री प्रयोग ...
। कृत्रिम बुद्धिमता (एआई) बाट सिर्जना गरिएका ३ गीतले पछिल्लो साता बिलबोर्ड र स्पोटीफाईको ‘ग्लोबल चार्ट’ को शीर्ष स्थान कब्जा गरेका छन् । ‘ब्रेकिङ रस्ट’ नामक एक समूहले सिर्जना गरेको गीतहरू ‘वाक माई वाक’ र ‘लिभिङ अन बरोड टाइम’ले स्पोटीफाईको अमेरिकाको ५० भाइरल गीतको सूचीमा स्थान बनाएका छन् । नयाँ आश्रय स्थल निर्माणको विरोधमा जेडब्लू ब्रोकन भेटेरानद्वारा ...
। बलिउड अभिनेत्री सन्नी लियोनीले चितवन हात्ती महोत्सवमा हुने क्रुरताको अन्त्य गर्न आग्रह गरेकी छिन् । पशु हितको क्षेत्रमा कार्य गर्ने संस्था पेटा एसियामार्फत लियोनीले यस्ता अभ्यासको अन्त्य गर्नुपर्ने बताएकी हुन् । पेटा एसियासँग लामो समयदेखि आबद्ध अभिनेत्रीले भनेकी छिन्, ‘चितवन हात्ती महोत्सव आयोजना हुँदा खुसी हुनुपर्ने कारण केही छैन । किनकी यसैको लागि भनेर हात्तीहरूलाई ...
। बहुप्रतीक्षित हलिउड फिल्म ‘अवतार ३’ लाई विश्व प्रिमियर गरिएको छ । सन् २००९ को यो फिल्मको शीर्षक छ- अवतार : फायर एन्ड एस ! जेम्स क्यामरुन निर्देशित यो फिल्म ४ पुस (१९ डिसेम्बर, २०२६) मा विश्वभर प्रदर्शन तयारीमा छ । ‘अवतार’ का अघिल्ला दुवै श्रृंखला विश्व बक्सअफिसमा सर्वकालिन धेरै कमाउने उत्कृष्ट ५ को सूचीमा छन् । ...
। कान्सको पाम डी’ओर विजेता फिल्म निर्माता जाफर पनाहीलाई इरानमा उनको अनुपस्थितिमा एक वर्षको जेल सजाय सुनाइएको उनका वकिलले बताएका छन् । पनाहीलाई इरानमा एक वर्षको कारावास र यात्रा प्रतिबन्धको सजाय सुनाइएको उनका वकिलले एएफपीलाई बताएका छन् । यसविरुद्ध पुनरावेदन गरिने वकिल मुस्तफा निलीले समाचार संस्था एएफपीलाई बताए । इरानले उक्त सजाय सुनाइरहँदा पनाही चाहिँ अमेरिकाको न्यूयोर्कमा ...