मुख्य समाचार
पृथ्वीमा मानवको भूमिका डायनासोरलाई लोप गराउने उल्कापिण्ड समान भयो : एन्टोनियो गुटेरेस
पृथ्वीमा मानवको भूमिका डायनासोरलाई लोप गराउने उल्कापिण्ड समान भयो : एन्टोनियो गुटेरेस

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले पृथ्वीको विनाशकारी तापक्रममा मानव जातिको भूमिका डायनासोरलाई लोप गराउने उल्कापिण्ड समान भएको बताएका छन्।


उनले जीवाश्म इन्धनको विज्ञापनमाथि प्रतिबन्धसहित द्रुत कदम चाल्न आह्वान गरे। 'अर्बौं वर्षमा पृथ्वीमा जीवनको आकार दिने शक्तिहरूमध्ये मानवता राडारमा एउटा सानो झट्का मात्र हो', न्युयोर्कमा अमेरिकन म्युजियम अफ नेचुरल हिस्ट्रीमा उनले भने, 'तर डायनोसरलाई मेटाउन उल्कापिण्डले जस्तै हामीले ठूलो प्रभाव पारिरहेको छौँ।'




'जलवायु मामिलामा हामी डायनोसर होइनौँ, हामी उल्कापिण्ड हौँ, हामी खतरामा मात्र छैनौँ, हामी खतरा हौँ', उनले भने।
महासचिव गुटेरेसले युरोपेली आयोगको कोपरनिकस क्लाइमेट चेन्ज सर्भिसले बुधबार आधिकारिकरूपमा सन् २०२४ मेमा रेकर्ड गरिएको तापक्रम इतिहासमा सबैभन्दा धरै भएको बताए।

'यो अहिलेसम्मको सबैभन्दा तातो महिनामध्येको लगातार १२ महिना हो', उनले भने। यद्यपि उनले आशावादीरूपमा मानव ‘समाधान’ पनि हो भन्दै तापक्रम वृद्धिलाई एक दशमलव पाँच डिग्री सेल्सियससम्म सीमित गर्नका लागि ठोस कारवाही चाल्न पुनः आग्रह गरे।

महासचिव गुटेरेसले करिब एक दशक पुरानो पेरिस सम्झौताको सबैभन्दा महत्त्वाकांक्षी उक्त लक्ष्य ‘धेरै खतरनाक अवस्थामा रहेको’ बताए। विश्वव्यापी वार्षिक औसत तापक्रम आगामी पाँच वर्षमा कम्तीमा एक दशमलव पाँच डिग्री सेल्सियसको सीमा नाघ्ने सम्भावना ८० प्रतिशत रहेको रिपोर्ट दिन राष्ट्रसङ्घीय विश्व मौसम विज्ञान सङ्गठन बुधबार तयार रहेको उनले बताए।

'सन् २०२० को दशकमा एक दशमलव पाँच डिग्रीको लडाइँ जितिने वा हारिने भन्ने आजका नेताहरूको निगरानीमा भर पर्छ, विशेषगरी आगामी १८ महिनामा नेताहरूले लिने निर्णयमा भर पर्छ', उनले भने।

पेरिस सम्झौतामा हस्ताक्षर गर्ने मुलुकहरूले सन् २०२५ को प्रारम्भसम्ममा नयाँ हरितगृह ग्यास उत्सर्जन कटौतीको लक्ष्य प्रस्तुत गर्नुपर्नेछ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। साहित्यतर्फको नोबेल पुरस्कार हङ्गेरीका लेखक लास्लो क्राज्नाहोर्काइले पाउने भएका छन् । ‘प्रलयकारी भयबिच पनि प्रभावशाली र दूरदर्शी रचनाहरूबाट कलाको शक्ति पुनः पुष्टि’ गरेकाले लास्लोलाई यस वर्षको साहित्यतर्फको नोबेल पुरस्कार दिने निर्णय गरिएको स्विडिश एकेडेमीले जनाएको छ । क्राज्नाहोर्काइका कृति हङ्गेरियन, अङ्ग्रेजी, फ्रेन्च, जर्मन र स्विडिस भाषामा प्रकाशित छन् । उनले विभिन्न चलचित्रका लागि कथा पनि लेखेका ...
। छिमेकी मुलुक भारतको मध्य प्रदेशमा कफ सिरप सेवनबाट कम्तीमा पनि २० जना बालबालिकाको मृत्यु भएपछि कफ सिरफ उत्पादन गर्ने एक कम्पनीका मालिकलाई प्रहरीले पक्राउ गरेको छ । मध्य प्रदेश प्रहरीले चेन्नईस्थित स्रेसन फार्माका मालिक एस रंगनाथनलाई पक्राउ गरेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । यो कम्पनी कोल्ड्रिफ नामक दूषित खोकीको सिरप उत्पादन गरेको मध्य प्रदेश प्रहरीको ...
। इजरायलसँग युद्धविराम सहमति भएसँगै हमास लडाकुले मुक्त गराउने २० जना युद्धवन्दीको नामावली सार्वजनिक भएको छ । तर यो नामावलीमा नेपालका विपिन जोशीको नाम भने छैन । इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितले मुक्त हुने भनिएकाको सूचीमा विपिनको नाम नरहेको जानकारी दिएका हुन् । उनका अनुसार सोमबारभित्र छाड्ने भनिएका २० जना जीवित व्यक्तिहरु सबै इजरायली नागरिकहरु ...
। फिलिपिन्सको मिन्दानाओ केन्द्र भएर शक्तिशाली भूकम्प गएको छ । भूकम्पको तीव्रता ७.४ म्याग्निच्युड मापन भएको अमेरिकी भौगर्भिक सर्भेले जनाएको छ । भूकम्पपछि सुनामीको चेतावनी जारी गरिएको छ । यो समाचार तयार पार्दासम्म भूकम्पले क्षति पुर्‍याएको विवरण आइसकेको छैन । यसअघि ३० सेप्टेम्बरमा फिलिपिन्सको सेबु प्रान्तमा ६.९ म्याग्निच्युडको भूकम्प जाँदा ६९ जनाको मृत्यु भएको थियो भने करिब ...
: रसायनशास्त्रतर्फको नोबेल पुरस्कार विजेताको घोषणा गरिएको छ। स्वीडेनको रोयल स्वीडिश एकेडेमी अफ साइन्सेसले बुधबार पुरस्कार तीन जना वैज्ञानिकले संयुक्त रूपमा प्रदान गरिने घोषणा गरेको हो। पुरस्कार सुसुमु कितागावा, रिचर्ड रोबसन र ओमर एम. याघीलाई प्रदान गरिएको छ। धातु जैविक ढाँचाको विकासका लागि यो पुरस्कार दिइएको हो। यसअघि मंगलबार भौतिकशास्त्रको क्षेत्रमा योगदान दिएको भन्दै वैज्ञानिक जोन क्लार्क, ...