मुख्य समाचार
कंगना रनौत हिमाचलको मण्डीबाट लोकसभा सदस्य निर्वाचित
कंगना रनौत हिमाचलको मण्डीबाट लोकसभा सदस्य निर्वाचित

— बलिउड कलाकार कंगना रनौत भारतीय लोकसभा सदस्यमा निर्वाचित भएकी छिन् । भारतीय जनता पार्टीबाट उम्मेदवार बनेकी कंगनाले कांग्रेस उम्मेदवार विक्रमादित्य सिंहलाई हराउँदै हिमाचल प्रदेशको मण्डी क्षेत्रबाट चुनाव जितेकी हुन् ।

भारतीय निर्वाचन आयोगका अनुसार कंगनाले ७४ हजार ७ सय ५५ मतको अन्तरले सिंहलाई हराएकी हुन् । कंगनाले ५ लाख ३७ हजार २२ मत ल्याउँदा सिंहले ४ लाख ६२ हजार २ सय ६७ मत पाए । यसअघि यस क्षेत्रबाट सन् २०१९ मा भाजपा उम्मेदवार रामस्वरूप शर्माले चुनाव जितेका थिए ।




कंगना केही वर्षदेखि विवाद र चर्चामा रहँदै आएकी छिन् । उनले महाराष्ट्रमा तत्कालीन शिव सेना र तत्कालीन मुख्यमन्त्री उद्धव ठाकरेविरुद्ध विवादित टिप्पणी गरेकी थिइन् । त्यस्तै सुशान्त सिंह राजपूत मृत्यु प्रकरणमा पनि उनले महाराष्ट्र सरकारलाई निशाना साधेकी थिइन् । त्यति मात्र होइन उनले खुलेरै भाजपा नेतृत्वको सरकारको प्रशंसा गर्न थालिन् । केही समयमा उनलाई सरकारले 'वाई प्लस' सुरक्षासमेत दियो । त्यतिबेलै यो अनुमान गरिएको थियो, 'छिट्टै भाजपाले कंगनालाई राज्यसभा वा लोकसभा सांसद बनाउँछ ।'

कंगना कहिले झगडा त कहिले अब्बल अभिनयले बलिउडमा चर्चामा आइरहने कलाकार हुन् । सन् २००६ मा अनुराग बसुनिर्देशित 'ग्यांग्स्टर' चलचित्रमा मुख्य भूमिका निर्वाह गरेकी थिइन् । पहिलो फिल्मको अभिनयले नै उनले प्रशंसा बटुल्न सफल भइन् । उनले यस फिल्मबाट 'फिल्मफेअर बेस्ट डेब्यु अवार्ड'समेत हात पारिन् । सन् २००७ मा 'वो लम्हे' र 'लाइफ इन अ मेट्रो' ले फिल्मी करियरलाई अगाडि बढाए पनि सन् २००८ को 'फेसन' ले कंगनालाई थप उचाइमा पुर्‍यायो ।

फेसन-दुनियाँको कहानी समेटिएको चलचित्रका निर्देशक मधुर भण्डारकर थिए भने प्रमुख भूमिकामा थिइन् प्रियंका चोपडा । कंगनाले उक्त फिल्मबाट सहकलाकारका लागि राष्ट्रिय पुरस्कारसमेत पाइन् । त्यसपछि उनले फिल्मी करियरमा पछाडि फर्केर हेर्नु परेन । सन् २०११ मा आएको 'तन्नु वेड्स मनु' का लागि उनले सर्वोत्कृष्ट अभिनेत्रीको राष्ट्रिय पुरस्कार पाइन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
दिल्ली उच्च अदालतले बलिउड अभिनेता अजय देवगनको व्यक्तित्व अधिकारको रक्षा गर्दै उनीबारेका डीपफेक भिडियो तथा उनको नाममा अनधिकृत प्रयोग भएका सामग्री हटाउन आदेश दिएको छ । यसअघि अदालतले ऐश्वर्या राय बच्चन, अभिषेक बच्चन, करण जोहर र कुमार सानुजस्ता सेलिब्रेटीको मुद्दामा पनि यस्तै आदेश दिएको थियो । देवगनले युट्युबलाई “कुनै पनि एआई-मोडेललाई तालिम दिन’ अपलोड गरिएका भिडियो/सामग्री प्रयोग ...
। कृत्रिम बुद्धिमता (एआई) बाट सिर्जना गरिएका ३ गीतले पछिल्लो साता बिलबोर्ड र स्पोटीफाईको ‘ग्लोबल चार्ट’ को शीर्ष स्थान कब्जा गरेका छन् । ‘ब्रेकिङ रस्ट’ नामक एक समूहले सिर्जना गरेको गीतहरू ‘वाक माई वाक’ र ‘लिभिङ अन बरोड टाइम’ले स्पोटीफाईको अमेरिकाको ५० भाइरल गीतको सूचीमा स्थान बनाएका छन् । नयाँ आश्रय स्थल निर्माणको विरोधमा जेडब्लू ब्रोकन भेटेरानद्वारा ...
। बलिउड अभिनेत्री सन्नी लियोनीले चितवन हात्ती महोत्सवमा हुने क्रुरताको अन्त्य गर्न आग्रह गरेकी छिन् । पशु हितको क्षेत्रमा कार्य गर्ने संस्था पेटा एसियामार्फत लियोनीले यस्ता अभ्यासको अन्त्य गर्नुपर्ने बताएकी हुन् । पेटा एसियासँग लामो समयदेखि आबद्ध अभिनेत्रीले भनेकी छिन्, ‘चितवन हात्ती महोत्सव आयोजना हुँदा खुसी हुनुपर्ने कारण केही छैन । किनकी यसैको लागि भनेर हात्तीहरूलाई ...
। बहुप्रतीक्षित हलिउड फिल्म ‘अवतार ३’ लाई विश्व प्रिमियर गरिएको छ । सन् २००९ को यो फिल्मको शीर्षक छ- अवतार : फायर एन्ड एस ! जेम्स क्यामरुन निर्देशित यो फिल्म ४ पुस (१९ डिसेम्बर, २०२६) मा विश्वभर प्रदर्शन तयारीमा छ । ‘अवतार’ का अघिल्ला दुवै श्रृंखला विश्व बक्सअफिसमा सर्वकालिन धेरै कमाउने उत्कृष्ट ५ को सूचीमा छन् । ...
। कान्सको पाम डी’ओर विजेता फिल्म निर्माता जाफर पनाहीलाई इरानमा उनको अनुपस्थितिमा एक वर्षको जेल सजाय सुनाइएको उनका वकिलले बताएका छन् । पनाहीलाई इरानमा एक वर्षको कारावास र यात्रा प्रतिबन्धको सजाय सुनाइएको उनका वकिलले एएफपीलाई बताएका छन् । यसविरुद्ध पुनरावेदन गरिने वकिल मुस्तफा निलीले समाचार संस्था एएफपीलाई बताए । इरानले उक्त सजाय सुनाइरहँदा पनाही चाहिँ अमेरिकाको न्यूयोर्कमा ...